© २०२३
पहिरोले पुरिएर एकै घरका पाँच जनाको ज्यान गएको एक हप्ता बित्न नपाउँदै सल्यानमा फेरि पहिरोले पुरिएर एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार वेलुकी पहिरोले पुरिएपछि उनका २ छोरी र १ छोराको पुरिएर मत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पहिरोमा पुरिनेमा बालाराम डाँगीका १० बर्षिया छोरी ललिता, ७ बर्षीया छोरा ललित र बर्ष चारकी छोरी मेनका रहेको प्रहरीले जनाएको छ । बुवा आमा गोठमा भंैसी दुहुन गएको बेला घरमा बालबालिकाले खाना खाँदै गरेको समयमा घरमाथि बाट पहिरो आएर भान्छा कोठा भत्किएपछि आइतबार बेलुकी–३ बालबालिका पुरिएका थिए । पुरिएर मृत्यु भएका बालबालिकाई झन्डै ११ घण्टापछि निकालिएको ईलाका प्रहरी कार्यलय सिमखोलीका प्रहरी नायब निरीक्षक रतन शर्माले बताएका छन् ।
राती उद्धार गर्न कठिनाई भएकोले सोमबार बिहान मृतक बालबालिकाको शव निकालिएको जनाउँदै उनले गाउँ नै शोकमा डुबेको बताए । आइतबार बेलुकी बाहीर पानी परेका कारण बालबालिका भित्र आगो तापिरहेको अवस्थामा घर माथि बाट पहिरो आएर घरको भित्ता भत्कीएपछि उनीहरूको पुरिएर मृत्यु भएको प्रनानि शर्माले जनाए । यसअघि यही भदौ १२ गते राति सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा पहिरोले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको थियो । जिल्लाका धेरैजसो बस्तीहरू पहिरोको उच्च जोखिममा रहेका छन् ।
विगत झै यस वर्ष पनि विभिन्न गाउँका नागरिक पहिरोको कारण विस्तापित हुनुपरेको छ भने पहिरोकै कारण करोडौँ क्षती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विशेष गरि छत्रेश्वरी, कुमाख वागचौर नगरपालिका लगायतका भित्रका गाउ पहिरोको जोखीममा रहेको कार्यालयले जनाएको छ । प्रहरीको रेकर्डमा बैशाख यता पहिरो, वर्षा, वाढी गरी साढे एक करोड भन्दा वढीको भौतीक क्षती भएको छ । यसैबीच कर्णालि प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री एवम् सल्यान २ का सांसद् प्रकाश ज्वालाले पहिरोले पुरिएर तीन जना बालवालिकाले ज्यान गुमाउनुपरेकोमा स्तव्ध भएको जनाएका छन् । सोमबार विहान एक शोक वक्तव्य जारि गर्दै ज्वालाले बागचौर न पा १२ बाँफुखोला ओख्रेनि निवासि बालाराम डाँगीको घर पहिरोले पुरिँदा अबोध बालवालिकाको दुःखद् मृत्यु भएको भन्दै मृतक बालबालिकाप्रति हार्दिक भावपूर्ण श्रद्धान्जली तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् ।जारि शोक वक्तव्यमा भनिएको छ, ‘यतिबेला पीडÞितको सहयोगका लागी सहयोगी हातहरूको आवश्यकता छ । कर्णाली प्रदेश सरकार र जनप्रतिनिधिको नाताले मेरो तर्फबाट पीडित परिवारलाई सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।’