© २०२३
धार्मिक, ऐतिहासिकएवं पर्यटकीय क्षेत्रको रुपमा परिचितगुल्मीको रेसुंगावन क्षेत्रलाई चरा तथा जैविकविविधताअन्र्तगत महत्वपूर्ण क्षेत्र घोषणासँगै यसको संरक्षण र संवद्र्धनमाध्यानदिनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । दशौ अन्र्तराष्ट्रिय गिद्द सचेतनादिवशको अवशरमाजिल्ला सदरमुकाम तमघासमा आयोजित ‘गिद्द संरक्षणमा गौशालाको भूमिका’विषयक सरोकारवालाहरुसँगको अन्र्तक्रियाकार्यक्रमका सहभागिहरुले उक्त कुरा बताएकाहुन् ।
नेपालपंक्षी संरक्षण संघ, जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रमगुल्मीले आयोजना गरेको अन्र्तक्रियाकार्यक्रममानेपालमापाईने चराहरुको संख्याको आधारमा २३ प्रतिशत चराहरु गुल्मीको रेसुंगावन क्षेत्रमापाईने भएकाकारण यस क्षेत्रलाई चरा पर्यटकीय क्षेत्रको रुपमाविकासगर्नु पर्ने बताएका छन् ।
नेपालमा मात्र पाईने चराहरु मध्यमा काँडे भ्याकुर रेसुंगावनक्षेत्रमा रहेको भन्दै अति संकटापूर्ण चराको वासस्थानलाई जोगाई राख्नवन र जलाधार क्षेत्र संरक्षणमा स्थानीयनिकायको भुमिक ाझनै महत्वपूर्ण रहने औल्याएका छन् ।
अति संकटापूर्ण अवस्थामा रहेका सुन गिद्द, डंङ्गर गिद्द, हिमाली गिद्द, सेतो गिद्द र हाडखोर गिद्द समेत रेसुंगा क्षेत्रमापाईने भएको कारण गिद्द संरक्षणका लागितिनीहरुकोउचितआहारको व्यवस्थापनमा समयमै ध्यान पुराउनु पर्नेमाजोड दिएका छन् । पंक्षी संरक्षण संघले सन २०१५ देखि गुल्मीको रेसुंगा, वलीथुम, पराल्मी र जुभुङ्गमा संभावित महत्वपूर्ण चरा तथा जैविकविविधता क्षेत्रमाकामगर्दै आईरहेको छ ।
उक्त संस्थाले यस वर्षदेखि गुल्मीको मदाने वन क्षेत्रमा समेत तीनीहरुको अवस्थावारेमाअध्यन शुरु गर्न लागेको संस्थाका सहायक परियोजनाअधिकृत भरत पन्थीले बताएका छन् ।
रेसुंगा क्षेत्र जिल्लाकै मुख्यगहनाभएको कारण समयमै यसको जैविकविविधताको संरक्षण गर्न सकिएनभने कालान्तरमायसको अस्तीत्व समेत लोप भएर जाने खतरा रहेको रेसुंगा नरपालीकाकाप्रमुखप्रशासकीयअधिकृत भक्तिराम मरासिनीले बताए । उनले रेसुंगा क्षेत्रलाई रेसुंगानगरपालीकालाई टाँचो लगाएर केहीपनिउम्कननहुने सुझावदिएका छन् ।
कार्यक्रममा जिल्ला वनकार्यालयका प्रमुख कृष्णराज न्यौपानेले लोपन्मुखअवस्थामा रहेकाविभिन्नप्रजातीको मुख्यवासस्थानको रुपमा रहेको रेसुंगावन क्षेत्रको संरक्षणसँगै जिल्लाको अस्तीत्व समेत सँगै गाँसिएको भन्दै स्थानीय जनप्रतिनिधिहरुसँग हातेमालो गरेर यसको दिर्घकालीन विकासमा सबैले दिलो ज्यानदिएरलाग्नु पर्नेमाजोड दिए ।