ट्रेंडिंग:

>> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन

हाम्रो संस्कृति, हाम्रो पहिचान

२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार

हाम्रो संस्कृति नै हाम्रो पहिचान हो । संस्कृति हाम्रो चलन, व्यवहार, चाडपर्व, मूल्य मान्यता र विचारमा अन्तरघुलित भएको हुन्छ । हामीले कुनै सभा वा समूह बसिरहेको ठाउँबाट उठेर जानुप¥यो भने स्वीकृती मागेर निहुरेर जान्छौं । पश्चिमी मुलुकका मानिसहरू एक्स्क्युज मी भनेर अनुमति माग्छन् । हाम्रो समूहमा भएका बेला एक्लै खाने बानी छैन । अरूलाई पनि खान दिने वा सकिदैन भने आफूले मात्र नखाने गर्नाले अचेल भन्न थालिएको नागरिक सिपको प्रयोग हामीकहाँ पहिलेदेखि नै रहेछ भन्ने बुझिन्छ । पाहुनाको सत्कार गर्नु वा साँझमा आएका पाहुनालाई बास दिनु, खाना खाने समयतिर आएका मानिसलाई खाना सोध्नु र दिनु, मोही पानी दिनु आदि हाम्रो सभ्यता हो । तपाईं कसैको घरमा जानुभयो । घरवालाबाहिर आएर तपाईंसँग मच्चीमच्ची गफ गरिरहेको छ तर तपाईंलाई बसौं भन्दैन, पानी तिर्खा सोध्दैन भने तपाईं त्यो मान्छेलाई के भन्नुहुन्छ ? विभिन्न समुदाय, स्थान, धर्म, कूलवंश अनुसारका परम्परागत रीतिरिवाज, पर्व, संस्कार छन् । यी कार्यहरूमा केही महत्वपूर्ण ऐतिहासिक, पौराणिक, सामाजिक तथ्य वा प्रमाणिक मान्यता रहिआएका हुन्छन् । सबैमा प्रार्थना गर्ने चलन छ । जुनसुकै धर्ममा पनि प्रार्थना महत्वपूर्ण कार्य हो । पुजाआजाका सन्दर्भमा भने विविधता पाइन्छ । विशेषगरी हिन्दु धर्मावलम्बी र बौद्धमार्गीहरूले पुजाआजा गर्दछन् भने क्रिश्चियन र मुस्लिमहरूले प्रार्थना गर्दछन् ।

जन्मदेखि मृत्युसम्मका संस्कारमा पनि विविध स्वरूप पाइन्छ । तथापि मुख्य संस्कारमा समानता पाइन्छ । अर्थात् न्वारन, बिहे, मृत्यु संस्कार सबैमा छ तर तरिका र प्रक्रिया फरकफरक छन् । केहीकार्य कुनै समुदाय वा धर्मका वीचमा समानता पाइने र अन्यसँग नमिल्ने खालका हुन्छन् । उदाहरणका लागि हिन्दु र बौद्ध दुवैले गाईलाई पवित्र जनावर मान्ने र पुज्ने चलन छ भने यो परम्परा क्रिश्चियनसँग मिल्दैन किनभने क्रिश्चियनहरूले गाइगोरुको मासु खान्छन् । केही चलनहरू भने मनाउने विधि वा प्रक्रियामा मात्र फरक छन् । उदाहरणका लागि ब्राह्मण केटाको ब्रतबन्ध र मगरको छेवार प्रक्रियाका हिसाबले मात्र फरक देखिन्छ । विवाहमा ब्राह्मणमा मागी विवाह र मगरमा भागी विवाह प्रमुख रूपमा देखिन्छ । मृत्यु पश्चात् क्रिया बस्ने प्रक्रियामा विविधता भएपनि सबैमा आफन्त जम्मा भै दुःख बाँड्ने चलन छ । सबैले देहको अन्त्य र आत्माको शान्ति वा भगवान कहाँ जाओस् भनी कामना गर्ने चलन छ । चाडपर्वहरू सबैका छन् र ती चाडपर्वमा मानिसहरूका वीचको सम्बन्ध र प्रकृतिको रक्षा वा सम्मान भेटिन्छ ।

हाम्रा संस्कारमा धेरै सकारात्मक पक्ष लुकेका छन् । विशेषगरी परिवार, समाज र विश्वमै शान्तिपूर्ण सहअस्तित्वको सम्बन्ध विकास गर्नका लागि हाम्रा सामाजिक मूल्य मान्यता सहयोगी छन् । उदाहरणका लागि अतिथि सत्कार, मान्यजनप्रति गरिने आदरात्मक बोली ब्यवहार, सामाजिक सम्पतिको रक्षा जस्ता विषयमा हाम्रा चलनले हामीलाई निर्देशित गरेको पाइन्छ । सामाजिक वा सार्वजनिक स्थानमा गरिने ब्यवहार वा कुराकानी सहज र सर्वमान्य हुन्छ । भनिन्छ दुईजना भएको ठाउँमा सोधीसोधी जानु र चारजना भएका ठाउँमा खोजी खोजी जानु । अर्थात् यसले मानिसको गोपनियता र सामूहिक स्वार्थ दुवैको सम्मान गर्न सिकाउँछ । केही कार्यहरू साँकेतिक अर्थ दिन्छन् । पिपल रुखलाई विष्णुको प्रतिक मानिने र बैशाखमा पिपलमा जल चढाउने गर्दा प्रकृति संरक्षणप्रतिको मानव दायित्वबोध गराउँछ ।

समाज भनेको विभिन्न सामाजिक संरचनाको एकिकृत स्वरूप हो । समाजमा धार्मिक, साँस्कृतिक, शैक्षिक, प्राकृतिक एवम मानवनिर्मित सम्पदाहरू हुन्छन् । यिनीहरूको संरक्षण गर्नु मानिसको दायित्व हो । मानिस मानिसकावीच सहयोग, सहकार्यका साथै मानिसले प्राकृतिक पदार्थको समुचित प्रयोग गर्नका लागि वनस्पतिको महत्व, पानीमूलको संरक्षण, वातावरण सरसफाई जस्ता पक्षमा हाम्रा मान्यताको राम्रो प्रभाव पर्छ । उदाहरणका लागि पानी मूलको वरपर फोहर गर्न नहुने, वरपिपल जस्ता रुख काट्न नहुने, नदी खोला, कूलो आदि पानीका स्रोतमा मलमुत्र विसर्जन गर्न नहुने जस्ता सन्देशमूलक मान्यता र भनाईहरू छन् । यी बानीका कारण पानीको स्वच्छता सुनिश्चित हुन्छ ।
हाम्रा चाडपर्वहरूले धार्मिक तथा ऐतिहासिक महत्व बोक्नुका साथै परिवार, नाता, छिमेकी मान्यवरसँगको सम्बन्धमा पनि ठूलो टेवा दिएका छन् । कतिपय पर्वले हामीलाई सँस्कार सिकाउँछन् । उदाहरणका लागि बाहुनको ब्रतबन्ध, मगरको छेवार, नेवारको गुफा बस्ने जस्ता कार्यले नैतिक मान्यताको विकास गराउँछ । बिहेवारीका रीतिरिवाजमा लोग्ने स्वास्नी र दुई परिवारका वीच सम्बन्ध गाँस्ने धेरै कार्यहरू गरिन्छन् । हरेक जातिका चलन फरक भएतापनि दुई पक्षकावीचमा सम्बन्ध बढाउने सन्देश ती कार्यमा पाइन्छ । बाहुनको सम्धेरो लगाउने, मगरको ढोगभेट, ठकुरीको साइपाटा, गुरुङको मृत्यु संस्कारमा चेलिबेटीको सहयोग, मगर समुदायमा मर्दापर्दा गरिने सहयोग, गुठी बनाई गरिने सहयोग, तीजमा दिदिबहिनीलाई माइतीको माया र तिहारमा दिदी भाई, दाजुबैनीको सम्बन्ध, अचेल रक्षाबन्धनमा बढ्दै गएको राखी बाँध्ने परम्पराले दाजु बहिनीमा बढ्ने माया जस्ता चलनले हामीलाई परिवारको सदस्य भनेर चिनाएको हो ।

यद्यपि परम्परागत मूल्य मान्यता र चालचलनलाई पुरातन भनी खिसिट्युरी गर्ने चलन पनि छ । कतिपय परम्परागत मूल्य मान्यतामा सामयिक परिवर्तन पनि आवश्यक छ । केही जातीय वा लैंगिक विभेदकारी चलनलाई समयसापेक्ष परिवर्तन गर्दै जानु जरुरी छ । जस्तै छाउपडी, कम्लरी, दाइजो, बोक्सी आरोपजस्ता कार्यलाई सामाजिक अपराधमानी दण्डनीय बनाउन सकियो भने हाम्रो संस्कृति परम्परालाई हाम्रो पहिचानका रूपमा विकास गरी अगाडि बढाउन सकिन्छ । तर, आफ्नो चलनलाई पहिचान र अरूको चलनलाई पुरातन भनी प्रचार गर्ने वा विरोध गर्ने कार्यले सामाजिक विखण्डन, भड्काव र द्वन्द्व बढाउने, हाम्रा मौलिक संस्कृति ध्वस्त पार्ने र आयातित संस्कृतिलाई प्रोत्साहित गर्ने मात्र हुन्छ । सिमित ब्यक्तिको राजनीति वा अन्य फाइदाका लागि आम मानिसहरू प्रताडित हुनुपर्ने अवस्था आउनुहुँदैन । तसर्थ अरूमाथि हिलो छ्याप्नेभन्दा आफ्नो अनुहार सफा गर्ने बानी बसाल्नु आवश्यक छ । अर्थात् अरूको संस्कृतिको सम्मान गरौं । आफ्ना संस्कृतिमा भएका गलत पक्षको अन्त्य र राम्रा पक्षको अनुसरण गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?