ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

स्मृतिमा पत्रकार कर्णबहादुर कार्की

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

पृष्ठभूमिः

२०५४ सालमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे जानी नजानी लेखिएको एउटा लेख बोकेर म दैनिक लुम्बिनीमा पुगेँ ।

दैनिक लुम्बिनी त्यसबेला बुटवलको नाम चलेको अर्थात चल्तीको अखबार थियो । त्यहाँ कर्णबहादुर कार्की दाई र दिपक ज्ञवालीसँग परिचय भयो । त्यो लेख मसँग सङ्ग्रह त छैन तर राम्रै लागेर होला, प्रकाशित भयो ।

त्यसबेला दिपक ज्ञवाली भर्खर दैनिक लुम्बिनीमा जोडिएको अवस्था थियो जस्तो सम्झना हुन्छ मलाई । यो बामपन्थी, खासगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मसाल समर्थक अखबार थियो ।

दलगत रूपमा समाज निकै बाँडिएको तत्कालिन समयमा प्रजातन्त्रबादी एवं नेपाली काङ्ग्रेस समर्थक व्यक्ति मेरो लेख दैनिक लुम्बिनीमा प्रकाशित हुनु आश्चर्यको कुरा थियो ।

पत्रकार कर्णबहादुर कार्की

त्यसबेला दैनिक लुम्बिनीको कार्यालय अहिलेको भानुपार्क नजिकै कर्णबहादुर कार्कीको घरमा थियो । घरमै छापखाना पनि थियो । लुम्बिनी त्यहीँ छापिन्थ्यो । दिपक ज्ञवालीसँग त्यसपछि निरन्तर भेट भइरह्यो । मित्रता कायम भयो ।

कर्ण बहादुर कार्की दाइसँग भने पातलो भेटघाट हुन्थ्यो । उहाँ अलि व्यस्त हुनुहुन्थ्यो, काममा । हामी जुनियर भाई भएकाले भेटघाटको लागि उति प्राथमिकतामा पर्दैनथ्यौं । तर पनि कर्णदाई प्रति मेरो सम्मान थियो । म सम्मान गर्थेँ, उहाँले माया गर्नुहुन्थ्यो ।

दैनिक लुम्बिनी बामपन्थी आन्दोलनको कट्टर समर्थक अखबार हो भन्ने जान्दा जान्दै म यसमा छाप्नकोलागि लेख, समाचार र फिचर बोकेर जानुको कारण यो अखबार मैले गुल्मी गाउँमै रहँदा समेत सानो उमेरमै पढ्ने गरेको थिएँ ।

गुल्मी धुर्कोटका मसाल समर्थक साथीहरूका घर घरमा पुग्थ्यो, यो पत्रिका । यसको चाँजोपाजो गुल्मी जिल्लामा एक समय चर्चित बामपन्थी नेता विनबहादुर कुँवरले मिलाउनु हुन्थ्यो जस्तो लाग्छ मलाई । त्यसैक्रममा फाट्ट फुट्ट रूपमा पढ्ने अवसर जुरेको हो ।

यसरी सानै उमेरदेखि दैनिक लुम्बिनीसँग परिचित थिएँ म । २०५६ सालमा नेपाल पत्रकार महासङ्घ रूपन्देही शाखाको अधिवेशन सम्पन्न भयो । म पनि केन्द्रिय पार्षदमा लोकप्रिय मत प्राप्त गरी विजयी भएँ । प्रजातन्त्रवादी समर्थक प्यानलतर्फ सर्वाधिक मत मलाइ प्राप्त भएको थियो ।

बामपन्थी आन्दोलन समर्थक पत्रकारहरूको बाहुल्यता थियो, त्यसबेला रूपन्देही पत्रकार महासङ्घमा । कर्णबहादुर कार्की दाईले एक मत मलाई पनि दिनुभएको थियो । दाइको स्नेह मलाई प्राप्त थियो ।

दैनिक लुम्बिनीमा कहिलेकाहीँ समसामयिक राजनीतिक विषयमा लेख लेख्थेँ, मैले । म त्यसबेला राजधानी काठमाडौंबाट प्रकाशित हुने साप्ताहिक जनसत्तामा रूपन्देही जिल्ला एवं साविक लुम्बिनी अञ्चल प्रतिनिधीको रूपमा कार्यरत थिएँ ।

जनसत्तामा फाट्ट फुट्ट रूपमा समाचार लेख्थेँ मैले । रङ्गीन अखबार थियो जनसत्ता । त्यसबेला नेपालका चल्तीका अखबार मध्ये पर्दथ्यो, जनसत्ता । गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपाने जनसत्ताका प्रधानसम्पादक हुनुहुन्थ्यो ।

राजनीतिक भन्दा समाजिक, आर्थिक विषयबस्तुमा समाचार प्रकाशित गर्दथ्यो, जनसत्ताले । म सिकारु र अभ्यासरत थिएँ । पत्रकारिताप्रति गहिरो अभिरुची र लगाव भएका कारण म निरन्तर समाचार लेखिरहन्थेँ ।

कृष्णप्रसाद गौतमको एकल स्वामित्वको चण्डेश्वरी प्रकाशन प्रा.लि.बाट प्रकाशित हुन्थ्यो, जनसत्ता । नेपालमा अर्थात काठमाडौंमा चर्चित प्रकाशन गृह थियो, चण्डेश्वरी प्रकाशन त्यसबेला । यसको अर्को सहप्रकाशन सत्य कथा पनि चर्चित थियो, नेपालमा ।

अपराधका घटना सम्बन्धी प्रहरी अनुसन्धानका घटनामा आधारित सामग्री प्रकाशन हुन्थे, सत्य कथामा । म राजधानी केन्द्रित अखबारमा लेख्न बढी रुचाउँथे । दैनिक लुम्बिनी पनि साविक लुम्बिनी अञ्चलमा चल्तीको अखबार भएकाले यसमा पनि लेख्न रुचाउँथे, म ।

म उहिलेदेखि नै स्वतन्त्र पत्रकारिता मन पराउथेँ । एउटै मिडिया हाउस वा एउटै अखबारमा मात्र केन्द्रित भएर वा अनुबन्धीत भएर लेख्न मन पर्दैनथ्यो, मलाई । म त्यसबेला कहिलेकाहीँ फाट्ट फुट्ट रूपमा काठमाडौंको चर्चित कामना प्रकाशन गृहको अनुसन्धानमूलक पत्रकारिताको नमूना प्रकाशन साधना मासिकमा पनि बुटवल–भैरहवाका अपराधका घटनामा आधारित अनुसन्धानमूलक सामग्री लेख्थेँ ।

साधना मासिक नेपालको पत्रकारितामा पहिलो अनुसन्धानमूलक सामग्री प्रकाशित गर्ने लोकप्रिय पत्रिका थियो त्यसबेला । नामको चाहना तिब्र थियो म मा । त्यो पुरा गर्न नाम चलेका अर्थात लोकप्रिय सञ्चार माध्यममा लेख्न मन पराउँथे म ।

तीन दशक लामो यस्तै कर्मपछि त्यो चाहना अहिले मेटिइसकेको छ । पचासको दशकमा नाम चलेका साप्ताहिक पत्रिकाहरू विमर्श, जनसत्ता आदीमा वाइलाइन समाचार प्रकाशित गर्ने पत्रकारहरूका नाम पढेर रोमान्चित हुन्थेँ । यि पत्रकारहरू नायक अर्थात ठूला मान्छे लाग्थ्यो, मलाई ।

साविक लुम्बिनी अञ्चलमा यस्तै नायक अर्थात ठूला मान्छे लाग्थ्यो मलाई–कर्ण बहादुर कार्की । बुटवलबाट प्रकाशित हुने दैनिक लुम्बिनीका सम्पादकका रूपमा र नेपाल पत्रकार महासङ्घको केन्द्रिय समितिमा साविक पश्चिमाञ्चल विकास क्षेत्रबाट उपसभापतिको रूपमा पत्रकारितामा कर्ण बहादुर कार्कीलाई चिने मैले । समाचार, फिचर लेखेको देख्न पढ्न नपाएपनि कहिलेकाहीँ लेख लेख्नुहुथ्यो ।

पत्रिकाको कार्यालयमा नियमित हाजिर भई सम्पादकीय लेखेको देखेँ मैले । खासगरी मिलनचोकमा दैनिक लुम्बिनीको कार्यालय रहँदाको समयमा । बुटवलका मानिसहरू कर्णबहादुर कार्कीलाई हक्की, खरो र लोभलालच कम भएको पत्रकारको रूपमा नाम लिएको सुनेँ, अनुभव गरेँ मैले ।

खासगरी कालोबजारी, अन्याय अत्याचार, शोषण र भ्रष्टाचार विरुद्ध बोल्ने र लेख्ने पत्रकारको रूपमा बुटवलबासीले कर्ण बहादुर कार्कीलाई स्मरण गर्ने गर्दछन् । उहाँ आफैले विश्वविद्यालय स्तरको पढाई गरेपछि पत्रकारितामा आएको कुरा बारम्बार गर्नुहुन्थ्यो मसँग ।

उहाँको शैक्षिक योग्यता, दैनिक लुम्बिनी, राजनीतिक संलग्नता र योगदानका बारेमा विस्तृत रूपमा चर्चा गरिएका सामग्रीहरू स्मृती ग्रन्थमा प्रकाशित होलान । यो लेख केवल कर्णबहादुर दाइको स्मरण मात्र गरिएको संक्षिप्त लेख हो ।

खासगरी बुटवलको पत्रकारितामा विशिष्ट पहिचान बनाएको पत्रकार हुनुहुन्थ्यो, कर्णबहादुर कार्की । उहाँको सम्पादकीय नेतृत्वमा प्रकाशित भएको दैनिक लुम्बिनी– अन्याय, अत्याचार, शोषण, बेथिती, कालोबजारी, भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्ने अखबारको रूपमा प्रतिष्ठित रहयो, दैनिक लुम्बिनी ।

अहिले पनि दैनिक लुम्बिनी यही रूपमा प्रतिष्ठित छ । छापाखाना व्यवसायी समेत भएकाले लेख्ने काममा उति फुर्सद पाउनु हुन्नथ्यो कर्णबहादुर कार्कीले । तर बामपन्थी आन्दोलन समर्थक राम्रा राम्रा लेखक, पत्रकारहरू खोजेर दैनिक लुम्बिनीमा आबद्ध गराउनु हुन्थ्यो ।

सम्पादक र संवाददाता बनाउनु हुन्थ्यो । एक समय बामपन्थी लेखक, पत्रकारहरूको उत्पादन गर्ने एकमात्र पाठशाला वा संस्था थियो, दैनिक लुम्बिनी । धेरै संख्यामा राम्रा राम्रा लेखक, पत्रकार, व्यवस्थापक, सेल्स, मार्केटिङ्ग सम्बन्धी जनशक्ति उत्पादन ग¥यो, दैनिक लुम्बिनीले । मेरा पनि दैनिक लुम्बिनीमा प्रशस्त संख्यामा लेख, समाचार र फिचर प्रकाशित भए ।

२०५९ सालमा कान्तिपुर दैनिक छोडेपछि मैले दैनिक लुम्बिनीमा सम्पादक समूहमा आवद्ध भई काम गर्न कर्णबहादुर दाईसँग इच्छा प्रकट गरेको थिएँ । उहाँले यसमा स्वीकृति जनाउनु भएको थियो र त्यो वर्ष दैनिक लुम्बिनीको नविकरण गराउन जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा पठाउनु भएको थियो ।

सो काम मैले फत्ते गरेको थिएँ । लगत्तै म राजधानी काठमाडौंबाट प्रकाशित हुन थालेको ब्रोडसिट रङ्गीन अखबार अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध भएकाले त्यसतर्फ समर्पित भएर लागेँ । त्यसो भएपनि कर्णबहादुर दाई र दैनिक लुम्बिनीप्रति मेरो प्रेम रह्यो । निरन्तर रहिरहने छ ।

कर्णबहादुर कार्की एक निर्भिक, जुझारु, खरो र हक्की स्वभावका पत्रकार हुनुहुन्थ्यो । नेपालको वामपन्थी आन्दोलनको एक योद्धा पनि हुनुहुन्थ्यो । हरेक मानिसका मानवीय कमजोरी हुन्छन । उहाँसंग गहिरो संगत नगरेकोले कमजोरीको पक्षबारे खासै चासो रहेन ।

कमजोरी साविक लुम्बिनी अञ्चलमा वाम विचार धाराको प्रचार प्रसार र सङ्गठन निर्माणमा उहाँको महत्वपूर्ण भूमिका छ । पत्रकारिताबाट जीविका चलाउन गाह्रो भएपछि र पत्रिका छाप्न सहज होस् भनि उहाँले छापखाना व्यवसाय अँगाल्नु भएको होला, सायद ।

पछि उहाँ पाल्पामा पर्यटन व्यवसायीका रूपमा पनि परिचित हुनुभयो । नेपालको लोकतान्त्रीक आन्दोलनको एक योद्धा र साहसी पत्रकारको रूपमा कर्णबहादुर दाईलाई प्रथम बार्षिकीको अवसरमा स्मरण गर्दछु ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?