ट्रेंडिंग:

>> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान >> बाँकेमा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुभारम्भ

कमिसन खाने एम्बुलेन्स निगरानीमा

१८ असार २०७५, सोमबार
१८ असार २०७५, सोमबार

कमल डाँगी/बाँके १७ असार
सुविधा नदिने र सेवाका नाममा बिरामीलाई आफुनुकुलका अस्पतालमा पु¥याएर कमिसन खाने एम्बुलेन्स बिरुद्ध बाँकेमा कारवाही सुरु गरिने भएको छ । बाँकेमा वर्षौदेखि त्यस्ता एम्बुलेन्स सन्चालनमा छन् ।
उनीहरु अन्यत्र सेवा दिने प्रयोजनका लागि खरिद गरेको भएपनि बिरामी अस्पतालमा पु¥याए बापत कमिसन खान पाईन्छ भन्ने लोभले नेपालगन्जमा सन्चालनमा रहेको स्रोतले बतायो । नेपालगन्जबाट भारतमा रिफर गरिएका बिरामीलाई आफ्नुकुलका अस्पतालमा पु¥याएर एम्बुलेन्स चालक र सन्चालक समेतले कमिशन खाने गरेको पाईएको छ ।
अब त्यस्ता एम्बुलेन्सलाई लगाव लगाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अधिकृत रामबहादुर चन्दले बताए । उनले भने,—‘निगरानी गरेर उनीहरुलाई कारवाहीको दायरामा ल्याउछौं ।’ त्यसैक्रममा जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका ११ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ । ती बाहेक अन्य एम्बुलेन्स अब निगरानी गरिने भएको छ ।
समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पटक पटक अनुगमन गरेर तोकिएको मापदण्ड पुरा गरेका १० वटालाई ग श्रेणीको र १ लाई ख श्रेणीको अनुमति दिएको जानकारी दिए । समितिले एम्बुलेन्स सञ्चालन निर्दे्शिका २०७४ अनुसार मापदण्ड पुगे नपुगेको अनुगमन गरेको थियो ।
बाँकेमा सञ्चालनमा रहेका एम्बुलेन्सहरु मध्ये केही ठेक्कामा सञ्चालन गरेको, प्राईभेट टेक्सी झै अस्पताल बाहिर कुरेर बस्ने गरेको जस्ता जनगुनासो आई रहेको बेलामा समितिले कडाई गर्दै अनुगमन गरी मापदण्ड भएका मात्र सञ्चालन गर्न पाउने भएका हुन ।
बाँकेमा सञ्चालनमा रहेका एम्बुलेन्सहरु मापदण्ड पुरा नगरेको र गुणस्तरीए नभएको गुनासो आई रहेको बेलामा समितिले अनुगमन गरी मापदण्ड पुरा भएकालाई सञ्चालनको अनुमति दिएको हो ।
बाँकेमा विभिन्न संस्थाहरुले सञ्चालन गरेका ३९ वटा एम्बुलेन्स र ३ वटा शव वाहन सञ्चालनमा रहेको सबैलाई तोकिएको मापदण्ड पुरा गरेरमात्र सञ्चालनको लागि निर्देशन दिईएको जिल्ला जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
उनले समितिले एम्बुलेन्स सञ्चालनको लागि स्वीकृती लिएर एम्बुलेस राखेका संस्थाहरुले समेत एम्बुलेन्स भाडामा लगाउने गरेको, अस्पताल वा मेडिकल कलेजबाहिर बस्नेहरुलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी गरि रहेको जानकारी दिए ।
उनले बाहिर जिल्लामा सञ्चालन गर्ने उद्देश्यले सञ्चालनमा ल्याईएका एम्बुलेन्सहरुले विरामी बोक्ने भन्दा अन्य सामान र पेसेन्जर बोक्ने गरेको पाईएकोले त्यस्तालाई सचेत पार्दै जाँहा सञ्चालनको लागि स्वीकृती लिएको हो त्यही सेवा दिनको लागि पहिलो पटक आग्रह गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%