ट्रेंडिंग:

>> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान >> बाँकेमा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुभारम्भ

घाम लागेको बेला मात्रै मोबाइलमा टावर

१६ भाद्र २०७५, शनिबार
१६ भाद्र २०७५, शनिबार

विजुलीमा लोडसेडिङको मार खेपिरहेका सल्यानका नागरिकले फोन सेवामा पनि लोडसेडिङ व्यहोर्नुपरेको छ । सल्यान पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारमा टेलीफोनमा समेत लोडसेडिङ हुने गरेको छ । नगरपालिकाको वडा नम्बर चार तारूपारेमा रहेको नेपाल टेलिकमको स्काइ फोन सेवाको टावरमा खराबी आउँदा यस्तो समस्या आएको हो ।
बिगत ९ वर्षदेखि उक्त टावरमा खराबी आउँदा सल्लीबजार सहित बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका केही क्षेत्र, सिद्धकुमाख गाउँपालिकाको केही क्षेत्र र सुर्खेत सिम्ता गाउपालिका सहित अन्य स्थानका बासिन्दा सञ्चार सेवाबाट बञ्चित भएका छन । २०६६ सालमा निर्माण भएको उक्त टावर अहिले सम्म सोलारको भरमा चलिरहेको छ ।
टावर संचालन गर्न ६५ वाटकोसोलार रहेको छ । निर्माण भएको समयमा ६ महिना सम्म २४ घण्टा राम्रोसँग चले पनि त्यस यता सोलारको ब्याट्रीमा आएको समस्याले अहिले दैनिक १० देखि १२ घण्टा सम्म मात्र टावर सन्चालन हुँदै आएको छ । वर्ष भरी नै टावरमा समस्या आउँदा र सोलारका ब्याट्री चार्ज नहुने भएकाले मुस्किलले दैनिक बिहान ८ बजेदेखि साझ ६ बजेसम्म १० घन्टा फोन सेवा सञ्चालन हुने टावरका प्रतिनिधि शेर बहादुर पुनले जानकारी दिए ।
आफूले २४ सै घन्टा सेवा सञ्चालन गर्न र टावर तथा सोलारका पाता संरक्षणका लागि वरिपरिको स्थान सुरक्षित गर्ने काम गरेको जनाउँदै उनले स्तरबृद्धि गर्न पटकपटक नेपाल टेलिकम केन्द्रिय कार्यालय काठमाडौंमा अनुरोध गरे पनि सम्बन्धित निकायले कुनै चासो नदिंदा यस्तो समस्या आएको पुनले बताए । २४ घन्टामा दैनिक १० घन्टा मात्र टावर सन्चालन हुँदा एक ठाउँबाट अर्को ठाउमा सूचना पठाउन सूचना पाउन निकै समस्या हुनुको साथै इन्टरनेट चलाउन निकै अफ्ठ्यारो भएको सेवाग्राहिले गुुुनासो गरेका छन ।
साथै बनगाड कुपिण्डे नगरपालिका वडा न ५ राउचेको लाटुगैरेमा रहेको नमस्ते टावर एक हप्ता देखि अवरुद्ध भएको छ । यो टावर सगै बनगाड कुपिण्डे नगरपालिका ५ लाटुगैरेमा रहेको टावर, बनगाड कुपिण्डे नगरपालिका ११ माझकाडामा रहेको टावर, छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिका गुमिचुलामा रहेको टावर सहित जम्मा ४ वटा टावर छन । यी सबै टावर सोलारबाट संचालन हुँदै आइरहेका छन । जसले गर्दा बनगाड कुपिण्डे नगरपालिका केन्द्र सल्लीबजार र सिम्ता गाउपालिकाको केन्द्र जामुने बजारमा घाम लागेको बेला मात्रै टेलीफोन सुचारु हुने गरेको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%