ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

रम्भाको सिङ्गो गाउँ जोखिममा

१६ भाद्र २०७५, शनिबार
१६ भाद्र २०७५, शनिबार

वातावरणीय प्रभाव मूल्याङ्कन नगरि असार अन्तिम हप्ता सडकको ट्रयाक खोलियो । अहिले लगातारको वर्षाका कारण रम्भा गाउँपालिका–१, हुँगीका २८ घर जोखिममा परेका छन् । सिगों बस्ती नै बिनास हुने अवस्थामा पुगेको छ । यतिखेर गाउँमा खानेपानीको अभाव छ । रोपेको खेतमा माटो पसेको छ । गाउँपालिकाले बजेट सिध्याउने योजनामा असारको वर्षामा डोजर प्रयोग गरेर सडक निर्माण गरेपछि सिङ्गो सात नम्बर गाउँका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । रम्भा गाउँपालिकाको वडा नं.–१, हुँगी र वडा नं.–२ फोक्सिङ्गकोट जोड्ने ‘सेतीपोखरी–ठूलोथुम्के–फोक्सिङ्गकोट’ मोटरबाटो खनियो । बाटो खनेको स्थान जंगलबाट साउन १८ गते राती पहिरो खस्यो । पुनः साउन २० गते लेदो माटो सहितको भेल रुखहरू सहित गाउँमा पसेपछि २८ घर जोखिममा परेका हुन् । रम्भा गाउँपालिका–१, को सुवेदी टोलका शिवप्रसाद सुवेदीले प्राविधिकको सल्लाह विना जंगलको बीचबाट बाटो खनेपछि जंगलको तल्लो भागमा रहेको बस्ति जोखिममा परेको बताए । उनी भन्छन्, ‘जतामन लाग्यो उतैबाट बाटो खने । खेती गरेर खाने जमीन पनि पुर्न थाल्यो । रातभर जाग्राम बस्न बाध्य छौं । कहिले नजानेको विकास पानी परेपछि सुरु भएको थियो ।’ गाउँपालिकाले असार २२ गतेसम्म खनेको जंगलको बाटोका कारण आफूहरू जोखिमपूर्ण अवस्थामा रहेको उनले बताए । साउन २० गते ठूलो भल र माटो रुखहरू सहित गाउँपसेपछि जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अध्ययन समेत गरेको सुवेदीले बताए । गाउँमा पहिरो पसेपछि सुरक्षा समितिको निर्णयानुसार डोजर ल्याएर केही भल जाने बाटो बनाईएको रम्भा गाउँपालिका–१ का वडा सचिव रामकृष्ण सुवेदीले बताए । ‘गाउँमाथि जथाभावी डोजर चल्यो । रातभर दिनभर पानी पर्छ कतै घरमाथी पहिरो आएर पुरीने हो भन्ने डर छ । यस्तो होला भन्ने जानकारी पाएको भए सडक निर्माण गर्न दिने थिएनौं । बस्ती पुरीने गरी गरीएको बिकासले कुनै अर्थ नराख्ने सुवेदीको भनाई छ ।
अहिले त्यसको असर तलसम्म परेको छ । सबैसँग सल्लाह गरेर इष्टिमेट गरेर बाटो खनेको भए हुन्थ्यो,’ उनले भने, ‘जोखिम भएका कारण घरका कतिपय सामग्रीहरू अन्यत्र सारिएको छ । केहीले गोठ खाली गरेका छन् ।’ स्थानीय बिष्णु पछाई भन्छिन्, ‘साग रोप्ने ठाउँ समेत छैन । खानेपानी योजना समेत अलपत्र पर्न थाल्यो । हामीलाई कसरी सुरक्षित हुने भन्ने चिन्ता छ ।’
उनले स्थानीयको सल्लाह विनै गाउँपालिकामा बचेंको रकम सक्न जथाभावी डोजर प्रयोग गर्दा गाउँ जोखिममा परेको बताइन् ।
गाउँपालिकाले बिकासको नाममा बस्ती नै उठ्ने गरी बिनास गरेको उनले बताइन् । आफ्नो भनेको यहीँ नै हो यो ठाउँ छोडेर कहाँ जाने पनि ठाउँ हुनु प¥यो गरेर खाने ठाउँ पनि उजाड बन्यो । उनले बाढी पसेको बारी देखाउँदै गुनासो पोखिन् ।
सेतीपोखरी–ठूलोथुम्के–फोक्सिङ्गकोट मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणबहादुर पछाईले गाउँपालिकाको निर्देशन अनुसार आफूले प्राविधिक राखेरै मोटरबाटो निर्माण गरेको बताए । ‘पहिला सात लाख ५० हजार रूपैयाँ रकमबाट प्राविधिक इष्टिमेट अनुसार नै मोटरबाटो बनाएका हौं । पछि गाउँपालिकाको सात लाख थप रकममा गाउँको तीन लाख थप रकमबाट थप बाटो निर्माण ग¥र्यौं,’ पछाईले भने, ‘गाउँ जोखिममा भएको मोटरबाटोकै कारण हो । बिचमा ढुंगा भेटिएर एकदुई स्थानमा प्राविधिकले भनेभन्दा अन्यत्र खनेका छौं,’ उनले भने ।
रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले प्राविधिक इञ्जिनियर पठाएर हुँगी र फोक्सिङ्गकोटको भेलाबाटै निर्णय भएर बाटो खनिएको बताए । उनले गाउँपालिकाले विनियोजन गरिएको पहिलेको बजेटबाट दुई वडा जोड्ने मोटरबाटोको ट्राक खुल्न नसकिएपछि म्याचिङ्ग फण्डको रकम समेत खर्च गरिएको बताए ।
अध्यक्ष भण्डारी भन्छन्, ‘प्राकृतिक प्रकोपका कारण २८ घर जोखिममा भएको स्वीकार गरे । खेतबारी समेत असुरक्षित भए । हामी अल्पकालीन र दीर्घकालीन योजना सहित व्यवस्थापनमा अगाडि बढेका छौं ।’ उनले अवस्थालाई ध्यानमा राखि गाउँमाथि खनिएको मोटरबाटो विषयमा सोच्न सकिने बताए ।
मोटरबाटो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष अर्जुनबहादुर पछाईले आफूलाई मोटरबाटो खनिएको विषयमा जानकारी नभएको बताउँछन् । उनी भन्छन्, ‘मेरो खरबारीबाट बाटो खन्न थालेपछि मैले रोकेको हो । स्थानीय बासिन्दालाई भएको छोरो मारी पूर्णीमा व्रत जस्तै भएको कोषाध्यक्ष स्विकार गर्दछन् । सिङ्गो गाउँलाई अन्यत्रै सार्नुपर्ने अवस्था असारमा खनिएको मोटरबाटोकै कारण आएको हो । रम्भा गाउँपालिका वडा नं. १ का रामकृष्ण, तारानाथ, सरोज, दामोदर र जनार्दन सुवेदीको घर जोखिममा परेको हो । यस्तै प्रेमबहादुर, नेत्रबहादुर, डम्बरबहादुर, रामबहादुर, सन्तबहादुर, रामचन्द्र, भरत, अर्जुन, जय, तोल, ओम, कृष्ण, कुल, यम, निर, धन र लक्ष्मण बहादुर पछाईको घरको दुवै तर्फ पहिरो खसेका कारण जोखिममा छ । लिलाम्बर र सुनिता विक, रञ्जु कामी, इमानसिंह जर्घा, मोतिलाल न्यौपाने, कला कार्कीको घर समेत जोखिममा परेको रम्भा वडा नं. को कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?