ट्रेंडिंग:

>> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच

साईबर क्राईमबारे विद्यार्थीलाई सचेतना

१३ भाद्र २०७५, बुधबार
१३ भाद्र २०७५, बुधबार

विद्यालयहरूमा विद्यार्थीहरूलाई साईवर क्राईमको वारेमा जानकारी गराउने उद्देश्यले जिल्लाप्रहरी कार्यालय गुल्मीले मंगलबारदेखि गुल्मीमा विद्यार्थीहरू माझ सचेतना कार्यक्रम शुरु गरेको छ ।
मंगलबार सदरमुकाम तम्घास स्थीत महेन्द्र नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई साईबर क्राईमको वारेमा जानकारी गराउँदै प्रहरी नायव उपरिक्षक रोशन खड्काले उक्त विद्यार्थी सचेतना कार्यक्रम शुरु भएको हो । विद्यालय तथा क्याम्पसहरूमा अध्ययन गर्ने छात्रा–छात्राहरूलाई समयमै साईवर क्राईम के हो ? र यसको प्रयोग र दुरूपयोगबाट उत्पन्न हुनसक्ने परिणाम के के हुन सक्छन् भन्ने वारेमा जानकारी गराउने उद्देश्यले उक्त सचेतना कार्यक्रम संचालनगरिएको प्रहरी नायव उपरिक्षक खड्काले बताए ।
विद्यार्थीहरू माझ संचालन गरिएको उक्त कार्यक्रममा खड्काले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत सामाजिक संजालमा जानेर वा नजानेर गरिने अपराधहरूको वारेमा जानकारी गराएका थिए ।
उनले फेसबुक, म्यासेन्जर, भाईवर, ईमो लगायतका सामाजिक संजालहरूको प्रयोग गर्दा प्रयोग कर्ताले अपनाउनु पर्ने गोपनीयता र साबधानी र प्रयोग गर्ने तरिकाको वारेमा जानकारी गराएका थिए ।
कहिलेकाँही कतिपय अवस्थामा आफ्ना नजिकका आफन्त र साथीहरूले पनि सामाजिक संजालको दुरूपयोग गरिदिँदा त्यसबाट उत्पन्न हुनसक्ने गलत परिणामहरूको बारेमा चर्चा गरेका थिए । प्रहरी नायवउपरिक्षक खड्काले सामाजिक संजालको अपराध, रोगथाम र त्यसवाट बच्न सक्ने उपाय, कानुनी सजायँ लगायतका विषयहरूको वारेमा छात्रछात्राहरूलाई स्पष्ट रूपमा जनाकारी गराउँदै यसबाट समयमै सबैलाई सजक र सचेत बन्नु पर्ने सुझाव दिए । जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लामा विद्यार्थीहरू माझ समयमै यस्ता प्रकारका कार्यक्रमहरू संचालन गरेर विद्यार्थीहरूलाई वेलैमा सचेतना जगाउने काम गरेको भन्दै महेन्द्र नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर बहादुर थापाले जिल्ला प्रहरी कार्यालय गुल्मीलाई धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?