© २०२३
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमिस्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ भने सुरक्षा व्यवस्था मजबुद बनाइएको गृहमन्त्रालयले जनाएको छ । चार वर्षदेखि नेपालले नेतृत्व गरिरहेको बिमिस्टेकको शिखर सम्मेलनमा सहभागि हुन सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुख नेपाल आउनेक्रम शुरु भएको छ । यो क्रम पर्सीसम्म चल्ने परराष्ट्रमन्त्रालयका सचिव शंकरदास बैरागीले बताए ।
विमिस्टेकको तयारीका लागि मगंलबार उच्च अधिकारीहरुबीच छलफल भएको र बुधबार मन्त्रिस्तरीय बैठक हुने परराष्ट्र मन्त्रालयका सचिव बैरागीले जानकारी दिदै यो बैठकको मुख्य उद्देश्य चौथो बिमिस्टेक शिखर सम्मेलनलाई सफल बनाउनु रहेको बताए ।
सम्मेलनमा सहभागी हुन बिमिस्टेक सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको नेपाल आउने क्रम शुरु भएको छ । आज म्यान्मारका राष्ट्रपति विन मिन्त काठमाडौं आइ पुगेका छन छ भने भोलि र पर्सी गरेर सबै राष्ट्रका सरकार र राष्ट्रप्रमुख काठमाडौं आइसक्ने सचिव वैरागीले जानकारी दिए।
उनले भने ,सम्मेलनको अवसरमा नेपालका भेला भएका सातै राष्ट्रका सरकार र राष्ट्र प्रमुखले दुईपक्षीय र बहुपक्षीय छलफल गर्ने तथा रिट्रिटमा जाने व्यवस्था पनि मिलाइएको छ ।
साथै बिमिस्टेक शिखर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षाको पनि सम्पूर्ण व्यवस्था पूरा भएको ,सुरक्षा निकाय चुस्त दुरुस्त सुरक्षा व्यवस्था मिलाउन प्रतिबद्ध रहेको बताए ।
यसैबीच सरकारले बिमिस्टेक शिखर सम्मेलनलाई व्यवस्थित बनाउन सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयको सुरक्षा महाशाखामा मगंलबार बसेको सम्बन्धित निकायको बैठकले बिम्स्टेक सम्मेलनलाई सहजरुपमा सम्पन्न गर्न शिक्षा मन्त्रालयको सिफारिशको आधारमा भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।
बैठकले अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधनलाई भने जोर–बिजोर प्रणाली लागू नगर्ने निर्णयसमेत गरेको छ । त्यसैगरी बेलुका १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने महाशाखाले बताएको छ।