© २०२३
बुटवल रुपन्देहीको फर्साटिकरकी यमुना चापागाई आश लाग्दा सफलताले उज्यालो भविष्य डो–याईरहेकी छिन् । लाउँलाउँ खाउँखाउँ उमेरमा भोगेको तितो यर्थाथ मनमा नै छ । तर पनि अठोटले उनलाई अहिले सफलताको सिढी चढाएको छ । यमुनाका दिनहरु केही पहिला कहाली लाग्दो अवस्थाबाट गुर्जीरिएको थियो । उनी भन्छिन समाजमा मलाई ८ रुपियाँको साबुन पत्याएनन् । जतिबेला म बुटवलको सुख्खानगरमा बस्दथे ।
श्रीमानको कमाई थिएन म पनि केही र्गिर्थन काखमा सानो बच्चा थियो । साबुन नपत्याए पछि भने मलाई जिवनमा केही गर्नु पर्छ जस्तो लाग्यो । मैले केही भए पनि काम गर्नु पर्छ भनेर कामको शिल शिलामा होटलमा भाडा माझने निर्णय गरे तर त्यो त्यति सफल भएन । किन भने मैले काम गर्ने होटलमा मेरी साहुनीले मेरो बच्चालाई कुटिन त्यो मैले सहन नसकेर छाडे । त्यस पछि मैले चामल हेर्ने काम गछु भनी त्यहाँ गए । त्यहाँ पनि सानो बच्चा भए पछि असजिलो हुन्छ भनेर काम गर्न दिएनन । कस्तो गाह्रो जिवन होला भन्ने लाग्दथ्यो तर पनि म भित्र साहस भने मरेको थिएन । म कुनै दिन समाजले हेर्ने खालको काम गर्छु भनेर अठोट लिएकी थिए । जुन अटोट आज सफलता तर्फ उन्मुख छ भन्दा फरक पर्देन ।
कलिलै उमेरमा श्रीमानको मृत्यु । २ ओटा साना छोरीको पुरै जिम्मेवारी काधमा आईलाग्यो । जसरी पनि बाच्नु पर्दोरहेछ त्यहाँबाट अझै संघर्षका दिनहरु शुरु भए । मेरो छोरीको कानमा भएको सानो सुनको मुद्धा बेचेर मैले बुटवलको हाड बजारमा तरकारी व्यवसाय शुरु गरे तर सोच जति आम्दानी लिन सकिन । त्यस पछि मैले मेरो एक जना साथीको सल्लाहमाबुटवलको बसपार्कमामै सुकुटी बनाएर बचे । यसले घरखर्च धान्न सके पनि बचत हुन सकेन ।
पछि मैले गरेको दुख देखेर मेरो बाबाले केही रकम दिनु भयो त्यो पैसाले मैले होटल गरे तर यो पेश पनि खासै राम्रो लागेन ईज्जत विनाको के जिन्दगी हुन्छर भन्ने सोचेर पेशा परिर्वतन गरे । त्यस पछि मैले किराना पसल गर्ने शुरु गरे विहान ४ बजेबाट राती अबेरसम्म काम गर्थे । यसरी काम गर्दा पनि मनमा खासै शन्ति मिलेन मलाई के गरु के गरु भईरहेको थियो । त्यसपछि फेरी मैले कस्मेटिक पसल शुरु गरे अनि आफुले नै केही सीप सिक्न पाए हुन्थ्यो भन्ने लागि रहेको थियो । त्यसैबेलमा मैले बुटवलको देविनगरमा चुरा बनाउने तालिम दिन्छ रे भन्ने थाहा पाए त्यहाँ एक राजेश गुत्ता भन्ने व्यतिmले चुरा बनाउने तालिम दिन्थ्ये मैले त्यहीबाट यो तालिम लिए र मेरो व्यहारिक जिवनमा लागु गरे ।
अहिले त म सोच भन्दा धेरै माथि छु । हिजो सडकमा आई सकेकी मैले आज महल बनाएकी छु । छोरीहरुलाई यहीको तिलोत्तमा बोडिङ्क स्कुलमा पढाएकी छु । चुरा भनेको नारीको सुन्दताको प्रतीक भएर पनि होला मलाई बेच्न असजिलो छैन अनि मैले राम्रा र बलिया चुरा निर्माण गर्छु साहेद त्यही भएर पनि होला मेरोमा चुरा किन्नेको खुब भीड लाग्छ ।
‘कोसिस गर्नेहरु कहिल्यै हार्दैनन् ।’यमुनाको यो मन्त्र नै हो उनी भन्छिन् यही मन्त्रलाई आत्म साथ गरेकै कारण आज सफलता मिलेको बताईन । विगतलाई सम्झदा गहभरी आशु पार्दे भगवानले धेरै परिक्षा लिनु भयो तर म निरन्तर परिक्षा दिई रह्ए । बल्ल अहिले पास भए जस्तो लाग्छ । अहिले रुपन्देहीको शुद्धोधन गााउपालिका फर्साटिकरमा भगवती चुरा उद्योग सचालन गरिरहेकी छन् । करिव ६ लाख बाट शुरु गरिएको उद्योग अहिले करिव ३० लाख बराबरको सम्पति रहेको बताईन ।
उनको उद्योगमा १८ जना महिलाहरुले रोजगारी पाएका छन् । न्यूनतम ६ देखि १५ हजार सम्म काम हेरिकन तलव दिएको यमुनाको भनाई छ । अहिले सम्म आफुले धेरै तालिमहरु समेत सचालन गरेको बताउने उनले करिव दुईहजार महिलालाई तालिम दिई सकेको बताईन ।
यमुनाले सात वर्ष अगाडी व्यवसाय सुरु गरेकी थिईन् । लगानी थियो ८ हजार रुपैयाँ । आफूसँग भएको त्यही थोरै रकम लगानीमा उनले व्यवसाय थालेकी थिईन् ।तर, उनका सुरुआती दिन निकै कष्टकर भयो । बजार खोज्न समस्या पर्यो । उत्पादन गरेको सामग्री बिकाउनै हम्मे भयो उनलाई । भन्छिन्, ‘कहिलेकाही लाग्थ्यो व्यवासय नै छोडिदिउँ ।’ तर, हारिनन् । संघर्षलाई निरन्तरता दिइन् । अन्ततः जीत आफ्नो हातमा छ ।हजार लगानीमा सुरु गरेको आज आई पुग्दा भगवती चुरा उद्योगको पूँजी तीस लाख मूल्य बराबरको पुगेको छ ।यो सफलतालाई आफ्नो अबिचलित व्यवसायिक यात्राको उपज ठान्छिन् यमुना उनी भन्छिन् ‘संघर्षले सफलतासम्म पुर्याउँछ, तर बीच बाटोबाट फर्किनु हुँदैन, मैंले गरेको काम र निरन्तरताले े मलाई यहि पाठ सिकायो ।’
महिलाले गर्न चाहे भने जस्तोसुकै कामलाई पनि सम्पन्न गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दे अझै पनि आफु जस्तै महिलाहरुको जीवनलाई उज्यालो तर्फ डो¥याउने उनको लक्ष्य छ । व्यवसायसँगै सामाजिक सेव ागर्ने सोच पालेकी यमुना अहिले स्थानिय स्तरमा रहेका विभिन्न संघ संस्थामा आवद्ध रहेकी छन् ।
अहिले आफुले उत्पादन गरेका सामानहरु रुपन्देहीमा मात्रै बिक्रि गरे पनि अब छिटै अर्घाखाची,गुल्मी,स्याङ्गजा र पोखरा लैजाने तयारीम रहेकी छन् । यमुना भन्छिन् अहिले सम्म जति मेहनत गरे पनि सरकारी स्तरबाट कुनै सहयोग नपाएके गुनासो गर्दे आफु जस्ता महिलाले गरेको कामलाई राज्यले प्रोत्साहन दिन सके समाजमा महिला माथि हुने हिसांमा समेत कमी आउने बताईन । समाजमा महिलालाई हेर्न दृष्टिकोणलाई पनि फराकिलो बनाउनु पर्छ अनि महिला दिदी बहिनी पनि आर्थिक संमृद्धि तर्फ अग्रसर हुन पर्छ । त्यसले महिलालाई आत्मसन्तुष्टि मिल्छ । उनी भन्छिन समाजमा अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने गरिएको छ । महिलाले गरेका कामलाई नपत्याउने स्थिति छ ।’ अन्धविश्वास, परम्पराको नाममा, बोक्सी, छाउपडी र विभिन्न संस्कारको नाममा महिलाहरू उत्पीडन र अमानवीय व्यवहार सहन बाध्य भएको बताइन् । उनले अहिले पनि समाजमा महिलाहरूलाई सम्मानजनक ढंगले हेर्न नसकेको अवस्थालाई चिर्दे अगाढी बढ्नु पर्ने बताईन । पछिल्लो केहि समय यतो राजनीतिक परिवर्तन भए पनि हिजोदेखिको सामाजिक सोच र पितृसतात्मक सोचलाई परिर्वतन गर्न सकिएको छैन । समाजका अवरोधहरुलाई महिलले आर्थिक संघर्ष गरेर मात्रै सुर्धान सकिने यमुनाको बुझाई छ ।
उनको उद्योगमा १८ जना महिलाहरुले रोजगारी पाएका छन् । न्यूनतम ६ देखि १५ हजार सम्म काम हेरिकन तलव दिएको यमुनाको भनाई छ । अहिले सम्म आफुले धेरै तालिमहरु समेत सचालन गरेको बताउने उनले करिव दुईहजार महिलालाई तालिम दिई सकेको बताईन ।