© २०२३
रूपन्देहीको मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आई.सि.टि हाजिरी जबाफ प्रतियोगिता गरेको छ । कक्षा ६ देखि १० सम्मका विभिन्न १६ समूह बनाई आई.सि.टि हाजिरीजबाफ प्रतियोगिता गरिएको कम्प्युटर विषयका शिक्षक शेखर पौडेलले बताए ।
हाजिरीजवाफ प्रतियोगितामा युवराज भण्डारीको समूह प्रथम, मनिष आचार्यको समूह द्वितिय, पर्याव महर्जन, पृथक राज कँडेल र मोनाल भण्डारीको समूह तृतीय भएका थिए । त्यस्तै विद्यालयका शिक्षक सुमन श्रेष्ठको संयोजकत्वमा भएको बुद्धिचाल प्रतियोगितामा सहभागी १सय ६० जना विद्यार्थीहरू मध्ये कक्षा ९ र १० छात्रा तर्फ कक्षा १० डि चाहाना थापा प्रथम र कक्षा १० ई का विद्यार्थी दिया पाण्डे द्धितीय भएकी छन् । कक्षा ९ र १० छात्रतर्फ कक्षा १० डि का प्रविन ज्ञवाली प्रथम, युवराज भण्डारी द्धितीय र कक्षा १० ई का कल्याण गैरे तृतीय भएका छन् । कक्षा ६ देखि ८ कक्षा सम्मको प्रतियोगितामा कक्षा ७ डि का कृष्ण काफ्ले प्रथम र कक्षा ८ डि का बिराज गौतम द्धितिय भएको शिक्षिका शारदा पाण्डेयले बताइन ।
शिक्षकहरू हरी पौडेल, प्रकाश चापागाई, मञ्जु क्षेत्री, हिमाल पाण्डे र राजु क्षेत्री लगायतले बोल्दै यस्ता प्रतियोगिताहरू छिटो–छिटो आयोजना गर्न सके विद्यार्थीको अध्ययनमा रुची बढाउन सकिने धारणा व्यतm गरेका थिए ।