© २०२३
नवलपरासी, ६ कात्तिक । जिल्लाको पुर्वि क्षेत्रका नेताहरु च्ुनाव जितेर साँसद र प्रदेश साँसद अनि मन्त्रि बने तर सो क्षेत्रको सडक नबनेको गुनासो स्थानियबासीले गरेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं.१ बट साँसद हृदेश त्रिपाठी संघिय मन्त्री बने । क्षेत्र नं.१(ख)का प्रदेश साँसद अजय बहादुर शाही प्रदेश सरकारका मन्त्री भए पनि सोही क्षेत्रको प्रमुख सडक महेशपुर—त्रिवेणी सडक जिर्ण सडक बन्न नसकेको गुनासो गरेका हुन् ।
चुनावको बेला घरदैलोमा पुग्ने र विभिन्न आश्वासन बांड्ने नेताहरु जितेर गए पछि गाँउका घरदैलो बिर्सने र आफ्नै दुनो सोझ्याउनमा ब्यस्त हुने गरेको आरोप स्थानियको छ । यसको प्रत्यक्ष उदाहरण हुन सोही क्षेत्रका दुई साँसद त्रिपाठी र शाही । आफ्नो बलबुतामा जित्न नसक्दा एमालेको बैशाखी लिएर चुनाव जिते । त्यसको आडमा साँसद बने पछि विभिन्न तिगडम गरी दुबै जना मन्त्री पनि भए तर जनताले जनताको आधारभुत आवश्यकता सडक मर्मत हुन नसकेन् । उक्त सडक जिर्ण बन्दै गएको छ । विगत बर्षमा सर्वदलिय प्रतिनिधिहरु हुदा बरु तत्कालिन जिविसबाट निर्णय गराएर परियोजना मार्फत सडकलाई ओटासिल गराएका थिए । जिविस खारेज भएपछि सो सडकको मर्मत सम्भार, पुनःनिर्माण कस्ले गर्ने ? बारे पनि अन्यौलता छ । स्थानिय तहमा नपर्ने उक्त सडक कि संघ सरकार र कि प्रदेश सरकारको स्वतः जिम्मेवारी हो,तर यसै क्षेत्रका दुबै मन्त्रि रमितेमै दिन विताए,सडक प्रति वास्ता नगर्दा अहिले सो सडक वेवारिसे भएको स्थानिय ४१ बर्षिय अंगद कुमार यादवले बताए ।
‘चुनाव आउदा नेता लम्पसार पर्छन् भोट माग्छन्,नानाथरी आश्वासन दिन्छन्,तर चुनाव सकेर गए पछि नाक मुख देखाउदैनन् । जनतालाई पनि बाध्यता छ’–उनले भने, कसलाई विश्वास गर्ने ? कस्लाई नगर्ने ? कसै न कसैलाई भोट हाल्नै पर्छ । जनताको बाध्यता हो,जनताको बाध्यतालाई नेताले अवसरको रुपमा लिने गरेका छन् । मानवियता हराएका नेताहरुको दृष्टिमा जनता त जन्तु नै भए– उनले तीतो पोखे । तत्कालिन जिबिसले एक दशक अगाडि सन २०१२ साल विश्व बैंकको सहयोगमा ग्रामिण पहुँच सुधार तथा विकेन्द्रकरण परियोजना (आए ए आई डिपि) अयोजना मार्फत साढे ८ किलो मिटर सडकमा माटो पुर्ने,सडक ग्राभेल गरि ओटासिल गर्ने काम मात्र गरेको थियो । ओटासिल गरेको उक्त सडक दुई चार बर्ष धुलो मुक्त त बन्योे,तर पछि मर्मत सम्भार गर्ने निकाय नहुदा सडक भत्किएर फेरी ग्राभेलमा परिणत भएको छ । सडकमा आवत जावत गर्न समस्या भएको गुनासो स्थानीयको छ ।
शहरी क्षेत्रमा सडक बनेको बनेका छन्,उनले दुखेसो पोखे,गाँउका बासिन्दालाई कस्ले हेर्ने ? नेता चुनावमा मात्र देखिन्छन्,चुनाव सके पछि शहरीया बनि हाल्छन् । सडकको बेहाल छ । अहिले पनि यो सडक बनाउने आश्वास दिने त गरेका छन् । पहिला पनि आश्वास दिएका थिए । पाँच बर्ष आश्वासमै सिमित रह्यो । सडक बनेन,दुबै साँसद मन्त्रि बने । एमालेको चुनाव चिन्ह लिएर चुनाव जितेका त्रिपाठी संघिय मामिला मन्त्री भए अर्बौको बजेट चलाए,तर त्यसमा अटेन यो सडक । एमालेकै चुनाव चिन्ह लिई लुम्बिनी प्रदेश साँसद बनेका अजय बहादुर शाही अहिले पनि उद्योग मन्त्री नै छन् । दुबै जना अहिले पनि चुनाव लडेका छन् । जनतासँग भोट माग्दै छन् । काम नगरेकोमा ती नेतालाई लज्जाबोध पनि छैन् ।
मधेश केन्द्रित राजनीति गरेर वि.सं.२०४८ साल देखि नै लगातार साँसद हुदै आएका त्रिपाठीलाई २०७० सालमा सो क्षेत्रका जनताले धुलो चटाएका थिए । त्यसैको भयले उनी २०७४ सालमा एमालेको सुर्य चुनाव चिन्ह लिएर स्वतन्त्र राजनीतिक समुह भनेर चुनाव लडेका थिए । अहिले आफ्नै जनता प्रगतिशिल पार्टी दर्ता गराए पनि एमालेकै समर्थनमा फेरी चुनावमा आएका छन् । तर विगत जस्तो अहिले चुनाव उनलाई सहज नभएको स्थानिय बताउछन् । नवलपरासी क्षेत्र नं.१ को प्रतिनिधिसभामा सत्ता गठबन्धन विथोलिएको हुंदा केहीले पुनः त्रिपाठी नै आउने अड्कलबाजी पनि गरिरहेको अवस्था छ । सो क्षेत्रमा नेपाली काँग्रेस एक्लै चुनाव लडेको देखिन्छ । जस्मा प्रतिनिधिसभा सदस्यमा विनोद चौधरी र प्रदेश सभा सदस्यमा (क)बाट विश्वप्रेम पाठक र (ख)बाट देवकरण (सन्तु) कलवार छन् । आर्को तर्फ एमालेको समर्थनमा प्रतिनिधिसभा सदस्य त्रिपाठी र प्रदेश सभा सदस्य(क)मा एमालेका उमेदवार पुण्य प्रसाद पौडेल र (ख)बाट एमालेकै दिपक राज शर्मा उमेदवार छन् ।