Butwal Today

खोलामा डुबेर बालकको मृत्यु

२ बैशाख २०८२, मंगलवार
अ+
अ-

गुल्मी, २ वैशाख ।

गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका –६ निवासी १५ वर्षीय राजेश कुमालको सोमबार बेलुकी सिस्तुङ स्थित छल्दी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन ।

खोला नुहाउन भनि गएको छोरो पानीमा डुबेको थाहा पाएपछि मृतकका बावुले प्रहरीमा जानकारी गराएका थिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।