ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

‘नोटलाई पानीमा नडुबाऔ, रंग नलगाऔ’

२९ श्रावण २०८१, मंगलवार
२९ श्रावण २०८१, मंगलवार

बुटवल, २८ साउन । साउनको सोमबार शिव मन्दिरमा धर्मावलम्बीहरुको भिड लाग्छ । भक्तजनहरु मन्दिरमा पुजाआजा र जलापर्णमा नोटको प्रयोग हुन्छ । यही नोटको सही प्रयोगबारे सचेतना जगाउने गरि नेपाल राष्ट्र बैक भैरहवाको सहयोगमा एम्स कलेज र स्कलर्स होम बोर्डिङ स्कुलले नोट सचेतना कार्यक्रम गरेको छ । रुपन्देहीका मुख्य शिवधामहरु श्री सिद्धबाबा धाम मन्दिर पाल्पा, श्री स्वामीनारायण मुक्तिनाथ धाम नयागाउ, श्रृगेश्वर धाम मन्दिर तिलोत्तमा र श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाम मन्दिरमा लाम लागेका दर्शालुहरुलाई नोट सुरक्षाबारे विद्यार्थीहरुले बुझाए ।

कलेजका बिबिएस र प्लस टु मा अध्ययरत ६५ जना विद्यार्थीहरु चार समुह बनाएर मन्दिरमा खटिए । ‘नोट राष्ट्रको सम्पति, नोटको हिफाजत गरौ । नोटलाई पानीमा नडुवाऔ, अबिर नलगाऔ, मुल्य नघटाऔ, नोटमा केरमेट नगरौ, नोट छपाईमा लाग्ने लागत कम गरौ, नया अथवा सुकिला दुबै किसिमका नोटको मुल्य समान हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गरौ, पुजाआजा गर्दा रंग लागेका हातले नोट नछोऔ, नोटको हिफाजत आफुले पनि गरौ, अरुलाई सिकाऔ ।’ लगायतका नारा लेखिएका प्ले कार्डमार्फत विद्यार्थीहरुले नोट सुरक्षाको सन्देश दिए ।

नया नोट छाप्न ठुलो खर्च लाग्छ र नोटको आयु लम्ब्याउन जरुरी छ भन्ने सचेतना जगाउने गरि सोमबार शिवधामहरुमा कार्यक्रम गरिएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताए । ससाना ज्ञानका कुरा बुझाउन सक्दा यसको सकारात्मक प्रभाव पर्ने भन्दै नोट सुरक्षामा सबै लाग्नुपर्ने उनले बताए । धाम अध्ययनको क्रममा भगवानको मुर्तिमा धेरै रंगरोगन लागेको र भिजेका नोट भेटिएको भन्दै ब्यवस्थापन समितिले यसको बिकल्पमा नजिकै दानपेटिका राख्नुपर्ने सुझाव दिए ।

नेपाल राष्ट्र बैक भैरहवा शाखाका निर्देशक विज्ञान सुवेदीले नोटको हिफाजत हामी सबैको दायित्व भएको बताए । प्रत्येक वर्ष नया नोट छाप्न लाग्ने ठुलो रकम रोक्न पनि आम नागरिकमा सचेतना जगाउन जरुरी रहेको उनले बताए । सक्कली नोट जस्तै नक्कली नोटहरु बजारमा देखिने हुदा नोटको कारोबार गर्दा विशेष ध्यान दिनुपर्ने र सरसामान किनमेल गर्दा क्युआर, मोबाईल बैकिङ जस्ता डिजिटल माध्यमको प्रयोग गरेमा नक्कली नोटको जोखिमबाट बच्न सकिने उनको तर्क छ । मुुलुकी अपराध संहिता, २०७४ को दफा २६३ मा नोटमा लेख्ने, कोर्ने, च्यात्ने, वा जलाउने कसुर गर्ने वा गराउने ब्यक्तिलाई तीन महिनासम्म कैद र पाच हजार रुपैयासम्म जरिवाना हुने प्रावधान रहेको उनले बताए ।

कलेजका प्रमुख दिपक ढकालले ब्यवस्थापन विषय अध्यापनमा आफनो पहिचान बनाएको कलेज निरन्तर किताबी ज्ञानसंगै ब्यवहारिक ज्ञानमा जोड दिदै आएको दाबी गरे । यसैअन्तरगत रहेर सोमबार नोट सुरक्षा सचेतना कार्यक्रम गरिएको भन्दै आगामी दिनमा समेत निरन्तरता दिने उनले बताए ।

राष्ट्र बैंकका अनुसार रु १ हजार भन्दा ५०० दरका नोटको छपाइ महँगो परेको छ । रु १ हजारको नोट छाप्न रु ३.३७ र ५०० रुपैयाँको एउटा नोट छाप्न रु ४.६८ लागत पर्छ । नोट छपाइका लागि हरेक वर्ष औसतमा करिब साढे २ अर्ब खर्च हुने गरेको छ । यो बाध्यताले राज्यलाई वर्षको ५० करोडको नोक्सानी भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?