© २०२३
प्रतिनिधी सभा सदस्य तथा पूर्व अर्थराज्य मन्त्रि भरतकुमार शाहले सरकारको ध्यान अब शिक्षा र स्वास्थ्यमा केन्द्रीत हुनु पर्ने बताएका छन्् । सैनामैना नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले प्राबिधिक शिक्षाले स्वदेशमै स्वरोजगार श्रृजना गर्ने मद्दत गर्ने र नेपाली स्वरोजगार भए भने नेपाली जनताको प्रति ब्यत्ति आय बृद्धि हुने हुँदा अब प्रत्येक स्थानिय तहमा प्राबिधिक शिक्षाको कक्षा सञ्चालन गर्नुपर्ने बताए ।
सरकारले कर निर्धारण गर्दा जो गरिब छ उसकै आधारमा कर निर्धारण हुनुपर्ने मा स्थानिय सरकारले आफ्नो मनोमानीमा कर लागू गरेको आरोप लगाएका छन् । सम्बृद्ध राष्ट्र निर्माणका लागी नेपालमा पर्याप्त सो्रत साधन भएको भन्दै यसको उचित ब्यवस्थापन गर्न प्राकृतिक स्रोत साधन तथा बृत्त आयोग गठनका लागी संसदमा पहल भइरहेको शाहले बताए । तिन तहका सरकार बिच प्राकृतिक स्रोत र साधनको सदुपयोगको बारेमा हुने बिबादलाई यो आयोग गठन गरेपछि समस्या समाधान हुने उनको दावि थियोे । नगर भित्रका वडा मध्ये उत्पादनको हिसावले निकै महत्वपुर्ण रहेको हुँदा सैनामैनाको समृद्धिको यात्रा यसै वडाबाट शुरु हुने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्र्कीले बताए । वडा नंं ११ बजेट बिनियोजनमा एक सैनामैनामै १ नं. मा परेको उनको भनाई थियो ।यस वडाले बिकास निमार्णको बजेट जस पाउने हिसावले बिनियोजन गरेको कार्कीले बताए । वडा नम्बर ११ का वडा अध्यक्ष सुनिल मरासीनी, प्रतिनिधि सभाका सदस्य तथा पुर्व अर्थराज्य मन्त्री भरत कुमार शाहको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा सैना नगरपालिका मेयर चित्र बहादुर कार्की, नेपाली कांग्रेस जिल्ला कार्यवहाक सभापति फणिन्द्र प्रसाद शर्मा, नेकपा एमाले पूर्व अञ्चल कमिटि सदस्य भुमिलाल सापकोटा, नगर प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी, मिन प्रसाद घिमिरे, वडा नम्बर १० का वडा अध्यक्ष लोक नारायण थापा, कोटिया छोलबिकास संस्थाका अध्यक्ष लक्षण घिमिरे, रामप्रसाद भुषाल, सन्तकुमार चौधरी लगायतले बोलेका थिए ।