© २०२३
बुटवलको नमुना अटोभिलेजमा मदिरा बेचबिखन गर्न पाउनु पर्ने होटल व्यवसायीहरूले माग गरेका छन् । बुटवलको मैनाबगर गेटमा राखेको मदिरा निषेध लेखिएको होर्डिड बोर्ड समेत होटल व्यवसायीले फालिदिएका छन् । अटो क्षेत्र पूर्ण शान्ती र मदिरा मुक्त बनाउने उद्देश्यले बुटबल अटो इन्जिनियर एसोसियसन लागेको अध्यक्ष सन्तोस पान्डेले बताए । उनले भने– हामीले हाम्रो क्षेत्र मदिरा मुक्त बनाउँदा होटल ब्यबसायी सँघलाई के भयो हाम्रो क्षेत्रमा आएर हातपात गर्दै बोर्ड फालेपछि सुरक्षाको माग गर्दै प्रहरीकोमा पुगेका छौ ।’
यता होटल ब्यबसायी सँघ बुटवलका अध्यक्ष समुद्र जिसीले अटोभिलेजमा मदिरा निषेध गर्नु जरुरी नभएको बताए ।
यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले दुबै पक्षलाई छलफल गराईएको बताए । होटल ब्यबसायी र अटोभिलेज ब्यबसायी बिच छलफलगरी बुटबल उपमहानगरपालीका र सम्बधित वडामा छलफल गर्ने गरी आपसी समझदारी भएको उनले बताए ।