© २०२३
काठमाडौं,२ कार्तिक । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का काठमाडौंसहित रुपन्देही, धादिङ, गोरखा, चितवन, बनेपामा पनि भएको स्थानीयहरुले बताएका छन् ।
भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमानामा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।