ट्रेंडिंग:

>> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु

निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि

२ बैशाख २०८२, मंगलवार
२ बैशाख २०८२, मंगलवार

काठमाडौं, चैत २८ । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि नेपाल नम्बर दुई गल्फर निरज तामाङले जितेका छन्। ३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका धन बहादुर थापालाई ५/४ ले हराउँदै निरज सिजनको तेस्रो उपाधि जित्न सफल रहे। उनको यो करियरको चौथो उपाधि हो।

रोयल नेपाल गल्फ क्लबमा भएको फाइनल प्रतिस्पर्धामा निरजले धन बहादुर थापालाई पहिलो नौ होलमा २-होलले पछि पारे। यसपछि १८ होल सकिंदा निरजले ६-होलको फराकिलो अग्रता बनाए। एकपक्षीय जितको नजिक निरज पुगेका थिए। तर धनले सहजै हार मानेनन्। २७ होलको समाप्तीमा अग्रता ५-होलमा छोट्याए। यसपछि ३२ औं होलको खेल बराबरीमा सकिएसँगै निरजले ४ होल अगाडि उपाधि जिते।

उपाधिसँगै निरजले नगद ६० हजार प्राप्त गरेका छन्। दोस्रो भएका धनले ४२ हजार प्राप्त गरे। निरजले पहिलो चरणमा सूर्य प्रसाद शर्मा, क्वाटरफाइनलमा रामे मगर र सेमिफाइनलमा दिनेश प्रजापतिलाई हराएका थिए। निरजले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका थिए।

डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतिले तेस्रो स्थान प्राप्त गरे। दिनेशले रवि खड्कालाई १८ होलको प्रतिस्पर्धामा ४र२ ले माथ दिए। दिनेशले ३२ हजार र रविले २४ हजार हात पारे।

क्वाटरफाइनलमा पराजित नेपाल नम्बर एक भुवन नगरकोटी, तोरण विक्रम शाही, रामे मगर र प्रदीप कुमार लामाले ११/११हजार प्राप्त गरे। पहिलो चरणमा पराजित हुने पशुपति शर्मा, भुवन कुमार रोक्का, टंक बहादुर कार्की, सञ्जय लाम, जयराम श्रेष्ठ, रमेश अधिकारी दीपक मगर र सूर्य प्रसाद शर्माले जनही ६/६हजार प्राप्त गरे।

सन् २०२३/२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रहेको थियो। प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जेनरल मेनेजर ९मार्केटिङ० केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?