ट्रेंडिंग:

>> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा

भैरहवा बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा

७ भाद्र २०७५, बिहीबार
७ भाद्र २०७५, बिहीबार

अन्य विश्व विद्यालयहरूले उपलब्ध गराएको भन्दा गुणस्तरिय शिक्षा अब बिद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराउने भएको छ । भैरहवा बहुमुखी क्याम्पसमा बिभिन्न ब्यवसायिक तथा प्राविधिक बिषयमा स्नातक तहमा भर्ना खुलेको जानकारी गराएको छ . विश्वबजारमा प्रतिस्पर्धी र जिल्ला बाहिर उपलब्ध गुणस्तरीय शिक्षण भैरहवा बहुमुखी क्याम्पसमा उपलब्ध भएको क्याम्पसले दाबी गरेको छ । क्याम्पसले विद्यार्थीले आफ्नो चाहना अनुसार रोजाईका विषयहरू पनि यही पढ्न पाउने जनाएको छ । बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी क्याम्पसले यहाँ सञ्चालित कार्यक्रमबाट उत्पादित शैक्षिक जनशक्ति उत्कृष्ट प्रतिस्पर्धीको रूपमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको माग अनुसार उत्पादन हुने भएकाले पढाइका लागि बहुमुखीलाई नै रोज्न आग्रह गरेको हो ।
भैरहवा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ईन्द्र बहादुर थापाले बहुमुखीमा उपलब्ध शैक्षिक विषयहरूका बारे समाजमा अझै राम्रोसँग सूचना प्रवाह हुन नसक्दा विद्यार्थीहरू बाहिर पढ्न जाने गरेको बताए । ‘स्थानीय ठाउँ विश्वबजारमा प्रतिस्पर्धी विषयहरू सस्तो र सर्वसुलभ रूपमा पढाइ हुन्छ, तर जानकारी नहुँदा अभिभावकले आफ्ना छोराछोरी टाढाटाढा पठाउने गरेका छन्’, उनले भने– ‘रोजाइका विषयहरू अध्ययन गर्ने अवसर स्थानीय तहमै प्राप्त छ, रोजाईका शिक्षाका लागि अभिभावक तथा विद्यार्थीहरूले घर छोड्नु पर्ने तथा बढी आर्थिक लगानी गर्नु पर्ने पुरातन बाध्यता समेत समाप्त भएको छ, यसलाई सबैले बुझ्न जरुरी छ ।’ बहुमुखीमा बि.बि.एम., बि.बि.ए., बि.आइ.एम. बि.सी.ए., बि.एस्सी पढाई हुन्छ । यस्तै विविएस, एमविएस, बि.एड., बि.ए.लगायतका स्नातकोत्तरसम्म पढाइ हुन्छ । राजधानी लगायतका स्थानमा पढाइ हुने यी विषयहरू भैरहवा बहुमुखीमा पढाइ हुने भए पनि प्रचारप्रसार नहुँदा अझै पनि कयौं विद्यार्थी जिल्ला बाहिर जाने गरेको सहायक क्याम्पस प्रमुख थापाले बताए ।
समयको गति र माग बमोजिम त्रिभुवन विश्वविद्यालयले नयाँ नयाँ शैक्षिक कार्यक्रमहरूको अनुमति दिने नीति अख्तियार गरेपछि स्थानीय आवश्यकता र माग बमोजिम विकेन्द्रिकरणको नीति अन्तर्गत रही एम.बि.एस., बि.एड., बि.एस्सी, एम.ए.नेपाली, एम.ए.समाजशास्त्र र एम.एड. अंग्रेजी, नेपाली, स्वास्थ्य तथा शारीरिक शिक्षा, पाठ्यक्रम तथा मूल्यांकनका विषयगत विधाहरूका कार्यक्रमहरू सञ्चालन गर्न शुरुवात गरेको क्याम्पसले नियमित कार्यक्रम अन्तर्गत बि.ए., बि.बि.एस. सञ्चालन गरिरहेको छ भने अन्य शैक्षिक कार्यक्रमहरू (बि.एड., बि.एस्सी., एम.बि.एस.) आन्तरिक स्रोतमा व्यवस्थापन हुने गरी त्रि.वि.संग अनुमित लिइ सञ्चालन गरेकोे छ ।
वि.सं. २०७० सालदेखि व्यवस्थापन संकाय अन्तर्गत आधुनिक र अन्तर्राष्ट्रिय मान्यता प्राप्त ४ वर्षे सेमेष्टर प्रणाली अन्तर्गतको बि.बि.एम. शैक्षिक कार्यक्रम र वि.सं. २०७४ सालदेखि सोही प्रणाली अन्तर्गतको बि.बि.ए. जस्ता शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको क्याम्पसले यसै शैक्षिक सत्रदेखि आन्तरिक स्रोतबाट व्यवस्थापन संकाय अन्तर्गत चार वर्षे सेमेष्टर प्रणालीको बि.आइ.एम., मानविकी संकायमा चार वर्षे सेमेष्टर प्रणालीकै बि.सी.ए. शैक्षिक कार्यक्रमको त्रि.वि. बाट अनुमति प्राप्त गरी सिएमएटीका लागि आवेदन माग समेत गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?