ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

लुम्बिनीका धनाढ्य सांसदको लोभः उपचारबापत बुझे २३ लाख, ३ हजार रुपियाँ पनि छोड्दैनन् माननीयहरु

३ श्रावण २०८१, बिहीबार
३ श्रावण २०८१, बिहीबार

बुटवल, ३ साउन ।

लुम्बिनी प्रदेशसभाका सदस्यहरुले उपचार खर्चबापत एक वर्षमा २३ लाख भन्दा बढी रकम राज्य कोषबाट खर्चिएका छन् । राज्यकोषबाट उपचार खर्च बुझ्नेमा निजी गाडी र घर हुनेहरुदेखि लिएर स्वकिय सचिव राख्नेसम्मका छन् । स्वास्थ्य उपचार खर्च लिनेमा बहालवाला र पूर्वमन्त्रीहरु पनि छन् ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेशसभाका सदस्यहरुले आर्थिक वर्ष २०८१÷८१ मा उपचार खर्च बापत २३ लाख ३५ हजार रकम बुझेका हुन् । यसरी उपचार खर्च बुझ्नेमा ३० जना सांसद छन् ।

उपचार खर्चबापत सबैभन्दा बढी रकम पर्यटन, उद्योग तथा सहकारी मन्त्री खड्ग बस्नेत छन् । सुविधासम्पन्न आफ्नै घरमा बस्ने र निजी गाडी चढेर हिंड्ने उनले आर्थिक वर्ष २०८०–०८१ मा प्रदेशसभाबाट उपचार खर्चबापत ४ लाख १४ हजार ८५६ रुपियाँ बुझेका छन् । उनी नेकपा माओवादीबाट विद्रोह गरी स्वतन्त्र चुनाव लडेर विजयी भएका थिए ।

त्यस्तै अर्का प्रदेशसभा सदस्य देवीप्रसाद चौधरीले पनि प्रदेशसभाबाट उपचार खर्चबापत ७७ हजार ४२३ रुपियाँ बुझेका छन् । नेपाली काँग्रेसका समानुपातिक सांसद चौधरी रुपन्देहीको मायादेवी गाउँपालिका–८ निबासी हुन् । उनले माछापालनदेखि लिएर विभिन्न क्षेत्रमा लगानी गरेका छन् भने सम्पन्न परिवारमा छन् ।

त्यस्तै अर्का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले पनि उपचार खर्च बापत ७७ हजार ६०० रुपियाँ बुझेका छन् । एमालेबाट प्रत्यक्ष निर्वाचित धनाढ्य मध्येमै गनिने श्रेष्ठको बुटवलमा आफ्नै घर छ ।

त्यस्तै गैरसरकारी संस्थामा क्रियाशिल रहँदै आएकी लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेलबासेले पनि उपचार खर्च बापत ३० हजार ६८६ रुपियाँ बुझेकी छन् ।  उनले निजी गाडी पनि किनेकी छन् । बेलबासे लोकतान्त्रिक समाजवादी पार्टीबाट समानुपातिक प्रदेशसभा सदस्य बनेकी हुन् ।

कानुन बमोजिम बिल सहित उपचार खर्च माग गरेमा उपलव्ध गराउने गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सम्झना सुवेदीले जानकारी दिइन् । ‘विभिन्न रोगको उपचार गरेको भनेर सांसदहरुले बिल ल्याउनु हुन्छ, हामीले बिलका आधारमा भुक्तानी दिने गरेका छौं”–उनले भनिन् ।

लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य छन् । एकजना प्रदेशसभा सदस्यले उपचार खर्चबापत एक आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म लिन पाउने प्रदेश सभाको कार्यविधिमा व्यवस्था छ । आर्थिक रुपमा सक्षम सांसदले पनि लिएका छन्, आफैँ उपचार गर्न समस्या हुनेले पनि लिएका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार यसरी उपचार खर्च लिने सांसदहरुको सांख्या ३० छ । प्रदेशसभा सदस्यहरु अब्दुल रज्जाक गद्दी ६१ हजार ६ सय, मिनाकुमारी श्रेष्ठले ६२ हजार ३९, गीता गुरुङले ८२ हजार ४८२, रेखाकुमारी शर्माले २१ हजार १७४, गिरीधारीलाल न्यौपानेले १ लाख २२ हजार ५ सय रुपियाँ उपचार खर्चवापत बुझेका छन् । धनलक्ष्मी श्रेष्ठले २ लाख ६ हजार २४०, यामबहादुर नेपालीले ६९ हजार ६ सय, सरिता पुनले ९४ हजार ६४, तुलसीप्रसाद चौधरीले ४० हजार २७६, निर्मलादेवी चौधरीले ३३ हजार ५८७, डिल्लीराज भुसालले २ लाख ६१ हजार ३२०, अम्बिका काफ्लेले ८७ हजार ३८७ रुपियाँ उपचार खर्च बुझेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस्तै, शान्ति लोधले १२ हजार ४११, रामजी प्रसाद घिमिरेले १५ हजार ६५८, जमुना ढकालले १ लाख २४ हजार ८२०, माया पुनले ४३ हजार ३४१, दीपेन्द्र पुन मगरले ४४ हजार ४७, लोककुमारी विकले ७६ हजार ३४४, जानकी न्यौपाने १७ हजार १५०, इन्द्रकुमारी गहतराजले २७ हजार ५६५, राजुप्रसाद श्रेष्ठले १ लाख १८ हजार ५०५ रुपैयाँ उपचारखर्चबापत बुझेको प्रदेशसभाका वरिष्ठ लेखा अधिकृत खिमबहादुर सुवेदीले जानकारी दिए । तारा थापाले १८ हजार ३९९ र मिनाकुमारी बोहराले ३ हजार १५० रुपैयाँ उपचार खर्च बुझेका छन् ।

तलबभत्ता खाने सांसदलाई उपचार खर्च दिन नहुने भन्दै यसको आलोचना हुने गरेको छ । तर वर्सेनि आलोचना हुँदै आएपनि प्रदेश सांसदहले उपचार खर्च लिन छाडेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?