© २०२३
दैनिक रूपमा नेपाली युवाहरू विदेश पलायन भइरहेको अवस्थामा कतिपय युवाहरू स्वदेश मै केही इलम सुरु गरेका छन् । यसै सन्दर्भमा बागलुङ काठेखोला गाउँपालिका–७ रेशका धनबहादुर जिसीले भेंडापालनबाट मनग्ये आम्दानी गर्दै आएका छन् ।५ वर्ष पहिलेदेखि भेडा पाल्न थालेका धनबहादुरको जीवनमा परिवर्तन आउन थालेको छ । सुरुको केहि वर्ष स्थानीय जातका बाख्रा पालेका जिसीले रेशको गलैना लेकमा भेडा पाल्न सकिने सम्भावना देखेपछि भेंडापाल्न थालेका उनले केहि वर्षमै मनग्ये आम्दानी गर्न थालेका छन् ।
दैनिक बेरोजगारकोे समस्या बढीरहेको बेला आफ्नै ठाउँमा जिसीले भेडापालन व्यवसाय गरी पैैसा मात्रै कमाएका छैनन्, लोपोन्मुख भेडा व्यवसायलार्ई संरक्षण समेत गर्दै आएका छन् । बागलुङ जिल्लामा झण्डै लोप हुन लागेको भेडापालन व्यवसाय गर्नेको संख्या कमै मात्रामा देखिन्छ ।
भेडा पाल्नको लागि लगाब र लगानी मात्र भएर नहुने बताउँदैं जिसीले विभिन्न समस्याका बीच पनि भेंडा व्यवसायलाई निरन्तरता दिइरहेको बताउँछन् । जिसीले अहिले ३० वटा भेंडा पालेका छन् । उनले भेडाको साँढे (साँढ)लाई २० देखि २५ हजारसम्म र भेडीलाई १५ हजारसम्म बिक्री गर्दै आएका छन् ।
जिसीले उत्पादन गरेका भेंडा पूजाआजाको लागि घरमा नै लिन आउने हुँदा बजारको समस्या नभएको बताए । उनले भेंडा पालन व्यवसायसँगै कुखुरापालन व्यवसाय, आलु खेती तथा अलैची खेती गर्दै आएका छन् । भेंडा व्यवसायका लागि चिसो हावा पानी तथा चरण क्षेत्र आवश्यक हुने हुँदा भेंडा व्यवसाय लोप हँुदै गएको किसानहरू बताउँछन् ।
भेंडा व्यवसाय भन्दा तुलनात्मक हिसाबले बाख्रा पालन गर्न सजिलो हुने भएकाले किसानहरू अहिले बाख्रा व्यवसाय तर्फ आकर्षित हुँदा भेंडापालन व्यवसाय लोप हुँदै आएको किसानहरूको भनाइ छ । दैनिक हजारौं युवा विदेश पलायन भइरहेको बेला भेडा व्यवसायी बनेका जिसी उदाहरणीय पात्र बनेका छन् । बागलुङको उच्च क्षेत्र भेंडा व्यवसायका लागि उत्कृष्ट मानिँदै आएको छ ।à