ट्रेंडिंग:

>> गुँड र खुदो बिक्रीबाट छोराछोरीलाई स्नातकोत्तर सम्मको पढाई >> कक्षा १२ को परीक्षा अनिश्चितः परीक्षाको अन्तिम तयारीमा जुटिरहेका विद्यार्थी अन्योलमा, अभिभावक चिन्तित >> रेडक्रसका पूर्व अध्यक्षले आफैलाई गोलि हाने >> दानव नदीमा ३ जना बालक बेपत्ता >> देशको ढुकुटीले धान्न नसक्ने माग सरकारले पुरा गर्न नसक्नेः प्रधानमन्त्री >> नेप्से परिसूचक २७ सयभन्दा तल, कारोबार रकम भने बढ्यो >> मृतकका परिवारलाई क्षतिपूर्ति माग्दै सुर्खेतको यरिचोकमा सडक अवरोध >> वेष्ट्रनलाई यू– १४ क्रिकेटको उपाधि >> मणिमुकुन्द कप इन्डो–नेपाल भलिवल : नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब बिजयी >> रवि लामिछानेको सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने >> शिक्षकसँगको वार्ता एक-दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर >> गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा >> बुटवलमा लन्च भयो ‘रेड मी ए फाईभ’ >> पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन >> संघीय निजामती कर्मचारीहरूले सम्झौता कार्यान्वयन नगरेको भन्दै कालो पट्टी बाँधेर प्रदर्शन >> संवैधानिक नियुक्तिविरुद्ध दोस्रो दिनको सुनुवाइ जारी >> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा

स्वस्थ नागरिक बनाउन स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना आवश्यक

३१ असार २०८१, सोमबार
३१ असार २०८१, सोमबार

दाङ, ३१ असार।

स्वास्थ्य, शिक्षा र कृषिकाे एकीकृत कार्ययोजना नबन्दासम्म स्वस्थ नागरिक र समृद्ध राष्ट्र निर्माण हुन नसक्ने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले बताएका छन् ।

प्रदेश अन्तरगत स्वास्थ्य क्षेत्रमा वर्षभर भएका काम र उपलब्धि बारे जानकारी गराउन साेमबार स्वास्थ्य मन्त्रालयमा आयाेजित कार्यक्रममा मन्त्री पुनले स्वास्थ्य, शिक्षा र कृषि

एक अर्काका परिपूरक रहेकाले यसकाे एकीकृत कार्ययोजना बन्न आवश्यक रहेकाे बताए ।

प्रदेशमा स्वास्थ्यका सुचक सन्ताेषजनक नरहेको हुँदा समग्र सुधारका लागि स्वास्थ्य सम्बन्धि शिक्षा र कृषि उत्पादनकाे उपभाेगलाई सही रुपमा लैजान ध्यान दिनुपर्ने बताए ।

प्रदेश सरकारले अघि सारेको जनउत्तरदायी स्वास्थ्य प्रणाली र ईमान्दारिताः गुणस्तरिय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता भन्ने नारा साकार पार्न स्वास्थ्य मन्त्रालय र अन्तरगतका निकायहरुबाट प्रदेशका १२ वटै जिल्लामा आयुर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र, स्वास्थ्य कार्यालयहरु र अस्पतालहरुबाट

प्रतिकारात्मक, प्रवर्धनात्मक र उपचारात्मक स्वास्थ्य सेवा प्रदान गर्दै आएकाे जानकारी दिए । उनले प्रदेशका १२ जिल्लाहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भई प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका राष्ट्रिय खोप समन्वय समितिमा प्रमाणीकरणका लागि

पत्राचार भएको जानकारी गराए ।

कोहलपुर शिक्षण अस्पतालको सहकार्यमा रोल्पा अस्पतालमा शिविर ञ्चालन गरी १३७ जना महिलाहरुको पाठेघरको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको बताए ।

प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि १०९ वटै स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग समन्वय एवम् सहकार्य अन्तरक्रिया कार्यक्रम गरिएको बताए ।

२० जना प्रदेशबासीको निःशुल्क कर्निया ट्रान्सप्लाण्ट गरिएको, पृथ्वीचन्द्र अस्पताल, नवलपरासीमा आगलागीबाट नष्ट भएको प्रयोगशाला आवश्यक औजार उपकरण खरिद गरी तत्काल सञ्चालनमा ल्याईएको जानकारी दिए ।

यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ष्ठान, घोराहीलाई अत्याधुनिक थुलियम लेसर मेशिन र हाई ईन्ड युएसजि मेसिन हस्तान्तरण गरिएको बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट आमनागरिकलाई बजार भन्दा अति न्युन मुल्यमा प्रयोगशाला परिक्षण सेवा शुभारम्भ गरिएको, राप्ती गाउँपालिकाको भालुबाङमा भालुबाङ अस्पतालको ३६ जनाको अस्थायी दरबन्दी संरचना स्विकृत गरिएको उहाँले बताउनुभयो ।

राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा १० बेड, बर्दिया अस्पताल, गुलरिया अस्पतालमा ६ बेड, कपिलवस्तु अस्पताल, तौलिहवा अस्पतालमा ५ बेड, गुल्मी अस्पताल, तम्घासमा ५ बेड, प्युठान अस्पताल, प्युठानमा ३ बेड र पृथ्वीचन्द्र अस्पताल, नवलपरासीमा ५ बेड हेमोडाइलाइसिस सेवा स्थापना तथा विस्तार गरिएको बताए ।

प्रदेशका सरकारी अस्पतालहरुबाट प्रदेशबासी बिरामीहरुलाई निशुल्क रगत उपलब्ध गराइएको, स्थानीय स्वास्थ्य संस्थाहरुलाई १३ वटा ग्रामीण पोर्टेबल अल्ट्रासाउण्ड मेसिन वितरण गरी १८ जना नर्सिङ कर्मचारीहरुलाई ग्रामीण अल्ट्रासाउण्ड सम्बन्धी तालिम प्रदान गरि वितरण गरिएको उनले बताए ।

यस्तै, प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वको अस्पतालमा डेण्टल सेवा, फिजियोथेरापी सेवा र अस्पतालकोलआफ्नै फार्मेसी सेवा बिस्तार भएको स्वास्थ्य मन्त्री पुनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा न्युरो सर्जरी सेवाको लागि आवश्यक मेसिन खरिद साथै ईण्डो युरोलोजीलसर्जरी सेट र इएनटि अडियोमिटर, ट्रेडमिल टेष्ट खरिद गरी सेवा बिस्तार गरिएको, ८० वर्ष पुगेका ४६ हजार ७४ जेष्ठ नागरिक र अति अशक्त क र ख वर्गहरुलाई घरमै सेवा प्रदान, ४०

वर्ष माथिका १९ हजार ३३२ जनाको नसर्ने रोग सुगर, प्रेसर र मृगौला रोगको स्क्रिनिङ गरि रोग पहिचान साथै प्रदेशका २७२ वटा विद्यालयका ४२ हजार २७५ जना किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ गरी

११ हजार १९ जना अर्थात २६ प्रतिशत किशोरीहरुमा रक्त अल्पताको अवस्था पहिचान गरी आइरन चक्की वितरण

गरिएको छ।

प्रदेशको १२ वटै जिल्लाको ५ वर्ष मुनिका १लाख ४ हजार ७२३ जना बालबालिकाहरुको उचाई, तौल र पाखुराको नापको आधारमा पोषण अवस्था यकिन गरी कुपोषित बच्चाहरुको खोजपडताल गरि ३ हजार ८४८

जना कुपोषित बच्चा पहिचान तथा व्यवस्थापन गरिएको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयबाट शल्य चिकित्सा बिस्तार तथा ९ वटा आयुर्वेद संस्थाहरुबाट पञ्चकर्म सेवा प्रदान गरिएको, २२१ जना ६० वर्ष उमेर पूरा गरेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई स-सम्मान विदाई गरिएको पनि मन्त्री पुनले बताए । मन्त्री पुनले स्वास्थ्य मन्त्रालयले आगामी वर्षहरुमा प्राथमिकता दिनुपर्ने क्षेत्रहरु पनि तय गरेका छन् ।

उनले स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापनको लागि एकीकृत सुचना प्रणालीको प्रयोग हुनुपर्ने, नवशिशु मृत्युदर, मातृमृत्युदर तथा कुपोषण न्युनिकरण तथा पूर्ण खोप सुनिश्चितता हुनुपर्ने, सिकलसेल, थालसेमिया र हेमोफिलियाको लागि बृहत विशेष कार्यक्रम सञ्चालन हुनुपर्ने, जनसंख्याको आधारमा स्वास्थ्य संस्थाहरुको स्तरोन्नती तथा जनशक्ति व्यवस्थापन र परिचालन गर्नुपर्ने, महिलाहरुको पाठेघर खस्ने आङ खस्ने समस्याको पहिचान, उपचार तथा पाठेघरको क्यान्सर न्युनिकरणमा ध्यान दिनुपर्ने तथा हिमाली तथा पहाडी जिल्लाहरुमा विशेषज्ञ चिकित्सक परिचालन तथा प्रोत्साहन गर्नुपर्ने उनले बताए । सो अबसरमा लुम्बिनी प्रदेश स्वास्थ्य सचीव बासुदेब उपाध्याय, स्वास्थ्य निर्देशक बिनोदकुमार गिरी र तथ्यांक अधिकृत मानबहादुर ओली लगाएतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?