© २०२३
लुम्बिनी अंचल अस्पतालका विरामीहरूलाई बुधबार फलफूल वितरण गरिएको छ । नगर ईसाई कमिटिको आयोजनामा दृष्टिविहिन युवा आशिष रानाले अस्पतालमा उपचार्थ बिरामीहरूलाई बुधबार फलफूल तथा बिस्कुट वितरण गरेका हुन् । दृष्टिविहिन भएपनि समाजमा केही गरौं भन्ने भावनाका साथ अघि बढेका युवा रानाले सामाजिक हितमा काम गरेका हुन् ।
परिवारबाट ५ वर्षको उमेरमा हेलामा परेर दुःख पाएका रानालाई नगर ईसाई कमिटिको अध्यक्ष मेघराज घिमिरेले धर्मपुत्रका रूपमा पालनपोषण गरि अहिले रोजगार दिलाउन सफल भएका छन् । बुबाले दोस्रो विवाहपछि घाईते अवस्थामा ३ किलो २७ ग्रामका भेटिएका उनलाई लुम्बिनी अञ्चल अस्पतालका डा.रामेश्वर श्रेष्ठले उपचार गरेका थिए । अस्पतालमा १८ दिन उपचार गरेर ठिक भएका उनि दार्जिलिङ्ग १२ पास गरेर अहिले मुम्बईमा अकुपन्चर तालिम लिएर काम सुरु गरेका छन् ।नेपाल बहुजाति र धर्मको फूलबारी भएकाले पनि सामाजिक विकासमा सबैको सहकार्य जरुरी रहेको भन्दै नगर ईसाई कमिटिका अध्यक्ष मेघराज घिमिरेले बताए ।
यसैगरी उनले बुटवल उपमहानगरपालिका वडा नं.११ स्थित युदनगरको मायादेवी आधारभूत प्राबिमा समेत १५ हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको बताए ।कार्यक्रममा पास्टर जेम्सबाट समेत आर्थिक सहयोग भएको छ ।