ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

राष्ट्रिय खेलकुद नीति २०६७ परिमार्जन हुँदै

८ असार २०८१, शनिबार
८ असार २०८१, शनिबार

बुटवल, ८ असार । नीति एउटा संस्थालाई गतिशिल गराउने दस्ताबेज हो । जुन आवश्यकता अनुसार हरेक २ वर्षमा परिमार्जन वा पुनरावलोकन हुने गरेको पाउँछौ । नेपालमा राष्ट्रिय खेलकुद नीति २०६७ जारी भएपछि अहिलेसम्म परिमार्जन वा पुनरावलोकन भएको छैन । यसले गर्दा नेपाली खेल गतिशिल हुन सकेको छैन । केन्द्रीकृत संरचनालाई जोड दिएर निर्माण भएको राष्ट्रिय नीतिलाई तीन तहमा नै कार्यान्वयन हुने गरि नीति प्रतिष्ठानमार्फत सुझाव संकलनको काम प्रदेशस्तरमा सम्पन्न गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीतिको मस्यौदा उपर सुझाव संकलन ६ प्रदेशमा सकेर शुक्रबार बुटवलमा लुम्बिनी प्रदेशमा बिट मारेको हो । बुटवलमा भएको एक दिवसिय कार्यशालामा खेलाडी, प्रशिक्षक र प्राविधिकहरूको ब्यवसायिक सीप र दक्षता वृद्धि भई जिविकोपार्जनको वातावरण बनाउने गरि खेल क्षेत्रको विकास हुने ब्यवहारिक खेलकुद नीति ल्याउन खेल सरोकारवालाहरूले सुझाव दिएका छन ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश समाजिक विकास मन्त्रालयका सचिव बिनोद कुमार खड्काले खेलकुद नीति बनाउन सरोकारवालासंग समेट्ने गरि प्रदेशस्तरमा आयोजना गरिएको कार्यक्रम प्रभावकारी भएको बताए । परम्परागत खेलसंगै विश्वब्यापी रूपमा विकास भएका नया नया खेलहरूलाई समेटेर बहुआयामिक उपलब्धि हुने गरि कार्यक्रम बनाउनुपर्ने उनले सुझाव दिए । पर्यटन प्रवर्द्धनमा खेलकुदको सबैभन्दा ठुलो हात रहेको उनले बताए । नेपालमा खेलिने खेलहरूलाई प्राथमिकीकरण गरेर अघि बढ्नसके सहि ढंगबाट उपलब्धि हासिल हुने उनको तर्क छ । स्वस्थ्य समृद्धि र सम्मानका लागि खेलकुद नारालाई सार्थकता हुने गरि कार्ययोजना बनाउन उनले सुझाव दिए । हरेक देशमा खेल गतिशिल गराउन सकेमात्र आर्थिक समृध्दि भएको उदाहरण दिदै उनले खेल गतिशिल हुने नीति आजको आवश्यकता भएको बताए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव शान्ति बहादुर बस्नेतले नीति गतिशिल दस्ताबेज भएको बताउँदै हरेक २ वर्षमा परिमार्जन वा पुनरावलोकन गर्ने काम गर्न जरुरी रहेको बताए । पछिल्लो एक दशक बढिदेखि परिमार्जन हुन नसकेको भन्दै प्रदेशस्तरमा सुझाव संकलन गरि परिमार्जनको काम थालेको उनले बताए । ‘यो अन्तिम कार्यक्रम हो,’—उनले भने । मन्त्रालयको सात वटै प्रदेशका सरोकारवालाहरू समक्ष पुगेर रायसुझाव लिएको उनले बताए । खेलकुद क्षेत्रसंग सम्बन्धित केन्द्रीकृत संरचना हुदाको राष्ट्रिय नीतिलाई तीन तहमा नै ल्याउने गरि अभियान थालेको उनले बताए । तहगत जिम्मेवारी र अधिकार हुने गरि यो नया नीति आउने उनले बताए । नेपालको खेलकुद क्षेत्रलाई ब्यवसायिककरण गर्न जरुरी छ । आधुनिक, परम्परागत, ऐतिहासिक खेलहरूलाई समेटेर अघि बढाउन जरुरी छ । विश्व खेलकुदमा नयाँ प्रविधि भित्रिरहेको बेला नेपाली खेलकुदमा पनि यसमा समेट्ने गरि अघि बढेको उनले बताए । नया खेलकुद अध्ययन अनुसन्धानमा आधारीत रहेको छ । जसलाई ध्यान दिन जरुरी छ । बि.सं २०२८ सालदेखि बिरेन्द्रशिल्ड प्रतियोगिताबाट हाल राष्ट्रपति कपसम्म आयोजना गरिदा ब्यवस्थापन पाटोमा धेरै त्रुटिहरू भेटिएको उनले बताए ।
कार्यक्रममा मन्त्रालयका सहसचिव रुद्र प्रसाद अधिकारीले न्यून लगानीबाट नै नेपाली खेल र खेलाडीहरू अन्तर्राष्ट्रियस्तरमा आफ्नो र देशको पहिचान दिलाउन सफल भएको दाबी गरे । ‘खेल क्षेत्रमा सरकारबाट लगानी बढाउनुपर्ने देखिन्छ ।’— उनले भने । खेलकुद मन्त्रालय उपेक्षामा पर्दा र एक प्रतिशतभन्दा पनि कम बजेट रहँदा खेलकुद क्षेत्र विकासको गति रोकिएको उनले दुखेसो गरे । १० वर्षे रणनीतिमा खेलकुद र मनोरञ्जनको विषयमा उठान भएको भन्दै उनले मनोरञ्जनात्मक, साहसिक पर्वतीय खेलकुदलाई अघि बढाउने गरि नीतिगत पहल हुनु सकारात्मक भएको बताए ।
कार्यक्रममा पूर्व जिसिअ टेक बहादुर थापाले खेलाडीहरूलाई गास, बास र कपाससँग जोड्न नसकिदा खेल क्षेत्रबाट पलायनको अवस्था आएको दुखेसो गरे । यो अवस्थालाई परिवर्तन गर्ने तर्फ जोडदिने गरि सरकार लाग्नुपर्ने सुझाव दिए । विद्यालयस्तरको खेलकुदबाट नै खेल विकास हुने तर्क दिदै उनले यस्ता कार्यक्रममा सरकारको ध्यान जानुपर्ने उनले बताए ।

भर्खरमात्र लुम्बिनी प्रदेशमा ३ सय बढी प्रशिक्षक आवश्यक रहेको खेलकुद परिषदबाट सरकारलाई जानकारी दिईएको तर्क दिँदै यसलाई कार्यान्वयन गर्न सके खेल विकास हुनेमा दुईमत नरहेको बताए । अब ब्यवस्थापकिय पाटो विश्वब्यापी प्रविधिमैत्री हुनुपर्ने उनले तर्क दिए ।
रूपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव राजेन्द्र श्रेष्ठ, शिक्षा तालिम केन्द्र रूपन्देहीका हिमलाल खनाल, खेलकुद शाखाका अधिकृत प्रमिला खरेल, कार्यक्रममा खेलकुद तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव दिवाकर भण्डारी, शिक्षा विकास तथा समन्वय ईकाई लुम्बिनी प्रदेशका प्रमुख माधव बन्जाडेले तीन तहको सरकारबिच समन्वय अभावलाई हटाउँदै तीन स का आधारमा लक्ष्य, उद्देश्य, नीति, रणनीति र कार्यनीति तयार भएमा अहिलेको खेल क्षेत्रमा देखिएको अन्यौलता हट्ने दाबी गरे ।

कार्यक्रममा नवलपरासी खेलकुद विकास समितिका अध्यक्ष रितमान कामुमगर, रूपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य अर्जुन बहादुर क्षेत्री, प्रदेश खेलकुद परिषदका भैरव अधिकारी, कराँते प्रशिक्षक उमेश मगरले खेलकुदमा योगदान दिन खेलाडी, प्रशिक्षक र प्राविधिकहरूलाई समेत सम्बोधन हुने गरि नीति बनाउन सुझाव दिँदै खेलकुद कार्यालय कोड निर्माणमा जोड दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?