ट्रेंडिंग:

>> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

महिलालाई विशेष छुटसहित लगानी आवश्यक

४ भाद्र २०७५, सोमबार
४ भाद्र २०७५, सोमबार

महिला उद्यमीहरूले उद्योग व्यवसायका क्षेत्रमा महिला सहभागिता बढाउन महिलालाई बिशेष छुटसहित लगानी र बजारको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नम्वर ५ महिला उद्यमी समितिको शनिवार बुटवलमा भएको भेलामा बोल्ने महिला उद्यमीहरूले औद्योगिक क्षेत्रमा महिलाका लागि बिशेष व्यवस्था हुन नसक्दा महिला सहभागिता न्युन भएको उल्लेख गर्दै महिलालाई लगानी, बजार तथा तालिम गोष्ठिको बिशेष व्यवस्था गर्न तिन वटै तहका सरकारसंग आग्रह गरेका हुन ।
कार्यक्रममा बोल्दै समितिका प्रदेश अध्यक्ष शान्ति शर्माले बित्तिय पहुचको अभाव, बजार, प्रचार प्रसारको अभाव, नयाँ पुस्तामा प्रबिधि हस्तान्तरण हुन नसक्दा उद्योगमा लागेका महिलाहरूले समेत लाभ लिन नसकेको बताइन ।
उनले गुणस्तरीयता र क्षमता बिस्तार, व्यवसायिक योजना, पहुँच प्रबिधिको प्रयोगका लागि सरकारले उद्यमी बिकास प्रवद्र्धन कार्यक्रम, सीप उद्यमसिलता बिकास, उद्योग व्यवस्थापन तालिम, औद्योगिक कर्जाको पहुच र सरलीकरण, कच्चापदार्थको उपलब्धता आदी क्षेत्रमा महिलालाई सहयोग आवश्यक भएको बताइन ।
महासंघकी केन्द्रिय सदस्य ज्ञानु पौडेलले सरकारले सामान्य सहुलियतका कार्यक्रमहरू ल्याएपनि व्यापक प्रचार प्रसारको अभावमा महिला उद्यमीहरूले लाभ लिन नसकेको बताइन । उनले मुलुकको समृद्धि र बिकासका लागि ३ वटै तहका सरकारले महिला उद्यमसिलका बिशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेबि आचार्यले घरगृहस्थीमा बस्ने महिलालाई उद्योग व्यवसायमा सहभागि गराउनु चुनौतिपुर्ण रहेपनि उपमहानगरपालिकाले महिलाका समस्याको पहिचान गर्दै अघि बढन महिला उद्यमी सम्वन्धी कार्यक्रमका लागि बजेट व्यवस्था गरेको बताइन । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले प्रदेश नम्वर ५ मा ५२ प्रतिशत महिला र ४८ प्रतिशत पुरुष भएकाले यस प्रदेशको समृद्धि र बिकासका लागि महिलाको आर्थिक स्थितिमा सुधार आउनु पर्ने बताए । उनले भने तिलबाट तेल निकाल्न पनि उद्यम चाहिन्छ बिना उद्यम केही प्रगति हुँदैन त्यसैले आवधिक योजना बनाउँदा महिलालाई बिशेष प्राथमिकता दिने बताए ।
प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि लिला गिरीले पुरुषले भन्दा महिलाले धेरै काम गर्दा पनि महिलाले आर्थिक हैसियत नहुदा परनिर्भर हुनु परेकाले परनिर्भरताको मानसिकता त्याग्न आग्रह गरे । उनले भने सानोमा वुवासंग त्यसपछी श्रीमानसंग र छोरा हुर्किएपछि छोरासंग पैसा माग्ने मानसिकता अब राख्नु हँुदैन जस्तो भएपनि उद्यम गर्छू र आफनो खर्च चलाउँछु भन्ने मान्यता राख्नु पर्छ ।
उनले प्रदेश सरकारले महिला उद्यमीका लागि सीप बिकासका पर्याप्त कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?