© २०२३
बुटवल । लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने, ब्याडमिन्टन एकेडेमीलाई निरन्तरता दिने, लगायत विभिन्न सामाजिक कार्यमा क्रियाशील हुने र क्लबको भौतिक निर्माणलाई निरन्तरता दिने कार्यक्रम सहित १५ बुँदे संकल्प प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा तिलोत्तमा वडा नम्बर १४ का वडाध्यक्ष आश्विन पौडेलको प्रमुख आतिथ्य रहेको सभामा वडा सदस्य भुपाल छन्त्याल, लिलादेबी छ्न्त्याल र सम्झना परियारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्लबका लेखा समितिका संयोजक कमल थापा मगर लुम्बिनी बौद्ध बिश्वविद्यालयको सहायक प्राध्यापकमा चयन हुनुभएकोमा सम्मान पत्र मार्फत सम्मान गरिएको थियो । त्यसै सह कोषाध्यक्ष खेम पुन अधिवक्ता हुनु भएकोमा प्रशंसा पत्र र खेलाडीहरु सुमित पुन नर्सिङ बुढा नीर राना र बलराम पन्थिलाई स्थानीय प्रादेशिक र राष्ट्रिय प्रतियोगितामा विभिन्न स्थान लिएकोमा कदर पत्रबाट सम्मान गरिएको थियो ।
क्लबको प्रतिबेदन क्लबका सचिब बिस्णु दगामिले बाचन गरेका थिए । भने स्वागत उपाध्यक्ष राजेन्द्र गुरुङ अध्यक्षता क्लबका अध्यक्ष प्रत्तबहादुर पुन र संचालन सचिब बिष्णु दगामिले गरेका थिए ।
यसैगरी क्लबको छैठौ साधारण सभाको अवसरमा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।
जसमा ४५ बर्ष भन्दा माथी समुहमा होम बहादुर छन्त्याल र झम बहादुर दर्मामिको जोडि प्रथम, माधुम पुलामी र छवि रोक्काको जोडि दोस्रो, ४५ बर्ष भन्दा मुनिको समुहमा लेलिन राना र बिबेक क्षेत्रीको जोडि प्रथम, नर्सिङ बुढा र राजेस गुरुङको जोडि दोस्रो भएका छन । जुनियर तर्फ अण्डर १७ तर्फ बिबेक क्षेत्री प्रथम र लेलिन राना दोस्रो अण्डर १३ तर्फ डेनिस थापा प्रथम र सिहाङ पुन दोस्रो, अन्डर ११ तर्फ युनिक थापा प्रथम र प्रणय गुरुङ दोस्रो साथै अन्डर १३ महिला तर्फ मान्यता पुलामी प्रथम र सोनि राना दोस्रो भएका थिए ।
प्रतियोगितामा बिजेता र उपबिजेता समुहलाई खेलाडिहरुलाई तिलोत्तमा नगर खेलकुद बिकास समितिका संयोजक लोक पुनले पुरस्कार बितरण गर्नुभएको थियो ।