ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी

१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार

काठमाडौँ- लुम्बिनी क्षेत्रको पर्यटन पवद्र्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ एनआरएनए र बुद्व परिपथका ४ नगरपालिका बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा.बद्री केसी, एनआरएनएका पर्यटन प्रवद्धर््न समितिका संयोजक सोम सापकोटा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुशलमान, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, देबदह नगरपालिकाका मेयर ध्रुब खरेल र रामग्राम नगरपालिकाका मेयर धनपत यादवले समझ्दारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा गैरआवासीय नेपाली संघले लुम्बिनी र बुद्धपरिपथको विकासको लागि नगरपालिकाहरुसँग एक भएर अघि बढ्ने, गैरआवसीय नेपाली भएका देशमा त्यहाँका नागरिकलाई लुम्बिनी भ्रमणको लागि उत्प्रेरित गर्ने उल्लेख छ ।

त्यस्तै बुद्ध धर्मको बारेमा विभिन्न देशमा प्रचारप्रसार गर्ने, बुद्ध दर्शन बारे अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गर्ने, बुद्ध दर्शन सम्बन्धि संघ संस्था तथा कुटनीतिक नियोगसँग पनि समन्वय गरेर लुम्बिनीलाई संसारसँग जोड्न पुलको रुपमा एनआरएनएले काम गर्ने उल्लेख छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले पर्यटकको वातावरण तयार गर्न तथा नेपालको संस्कृति तथा सम्पदा विश्वमा चिनाउन आफुहरुले बुद्धपरिपथका नगरपालिकाहरुसँग सहकार्य गरेको बताए । ‘हामी ७० लाख नेपाली बाहिर छौं। त्यतीले एक एक जना मान्छे भित्राउन सकेपनि असंख्य पर्यटक भित्राउन सक्छौं भन्ने अवधारणा हो ।’ उनले भने ‘लुम्बिनीमा गएर आधा घण्टामा फर्किने चलन छ ।

बुद्ध परिपथका चार पालिकामा पर्याप्त सम्पदाहरु छन् । तिनिहरुको इतिहास बुझाउन सक्ने हो भने पर्यटकहरु एक हप्ता लुम्बिनी बस्छन् ।’ बुद्ध र शान्तिको सन्देश सँगै आँफूहरुले नेपालको संम्पदा र संस्कृतीको प्रचार प्रसार गर्ने केशीको भनाइ छ ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुशलमानले एनआरएनएसँगको समझ्दारीले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचार प्रसारमा ठूलो सघाउ पुग्ने बताए ।
कपिलबस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले स्थानिय तहबाट बुद्धस्थलको विकासको लागि सक्दो प्रयास गरेको त्यसमा एनआएनएले काँध थापेको उल्लेख गरे । समझ्दारी पत्रमा नभई आफ्नो सपना र विश्वासमा हस्ताक्षर गरेको अनुभव भएको उनले सुनाए ।

रामग्राम नगरपालिकाका मेयर धनपत यादवले विदेशमा बसेका नेपालीहरुले लुम्बिनीसँगै अन्य बुद्धस्थलहरुकोे पर्यटनमा चासो राखेको भन्दै निकै खुशी लागेको बताए ।
देबदह नगरपालिकाका मेयर ध्रुब खरेलले स्थानिय नगरपालिकालाई पनि एकैठाउँमा राखेर सञ्चालन गरिने यो कार्यक्रमले पर्यटन क्षेत्रमा ठूलो फाइदा पुग्ने उल्लेख गरे ।
कार्यक्रममा कोशी प्रदेश सभाकी सांसद मिना श्रेष्ठले बुद्धको प्रचारमा यस अघि धेरै कुरा छुटेको भन्दै समझ्दारी पत्रमा हस्ताक्षर कार्यक्रमले छुटेका कुरा पुरा हुदै जाने बताइन् । उनले कोशीमा पनि यस्ता कार्यक्रम ल्याउन एनआएनएसँग आग्रह गरिन् ।

गैर आवसीय नेपाली संघका उपमहाचिव तथा पर्यटन प्रवद्र्धन समितिका संयोजक सोम सापकाटाले बुद्ध परिपथको संस्थागत रुपमा विकासका लागि आँफुहरुले श्रोत प्रयोग गर्ने उदेश्यले नगरपालिकाहरुसँगको सहकार्यमा अभियान अगाडि बढाएको बताए । हस्ताक्षरपछि अब आफूहरुले पर्यटन प्रवद्र्धनमा व्यवस्थीत रुपमा काम गर्ने उल्लेख गरे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव सरोजकुमार पोखरेल, नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत लक्ष्मण गौतम, एनआएनएका कार्यालयका सिइओ राजेन्द्रकुमार राउत लगायतले बोल्दै गैरआवासीय नेपाली संघले पर्यटन क्षेत्रमा नौलो कार्यको सुरुवात गरेको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?