ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य
विश्व मिगौला दिवस

कसरी बच्ने मिर्गौला रोगबाट ?

नियमित रूपमा हिँडडुल,शारीरिक ब्यायाम तथा सन्तुलित आहार सेवन गर्ने बानी बसाल्दा व्यक्तिको तौल नियन्त्रण हुन्छ । यसबाट उच्च रक्तचाप तथा मधुमेह नियन्त्रणमा मद्दत पुग्छ र मुटु, मिर्गौला तथा अन्य दीर्घकालीन रोगबाट बच्न सकिन्छ ।
१ चैत्र २०८०, बिहीबार
१ चैत्र २०८०, बिहीबार

बुटवल,१ चैत । आज नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ । प्रत्येक अंग्रेजी वर्षको मार्च महिनाको दोस्रो बिहीबार यो दिवस विश्वभर मनाउने गरिन्छ । प्रत्येक १० जनामध्ये एकजनालाई मिर्गौला रोग लाग्ने गरेको तथ्यांक छ । विश्वभर मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाउने गरिन्छ ।

विश्व मिर्गौला दिवसको उद्देश्य मिर्गौलाको महत्व र यससम्बन्धी रोगहरूको रोकथामबारे जनचेतना जोगाउनु रहेको छ । विश्वभरका ८५ करोड बढी मिर्गौला रोगीहरू स्वास्थ्य सेवाबाट प्रभावित भई उनीहरूको रोगको निदान र उपचारमै समस्या आउने गरेको तथ्यांक छ । नसर्ने रोगहरू, जस्तै– मुटुरोग, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, फोक्सोका दीर्घकालीन रोग तथा मिर्गौलासम्बन्धी रोग अहिले संसारमै सबैभन्दा धेरै मृत्युको कारण तथा ठूलो स्वास्थ्य समस्याका रूपमा देखा परेका छन् ।

विशेषगरी यसको असर न्यून तथा मध्यम आय भएका देशमा बढी पर्ने गरेको छ । विशेषगरी मिर्गौलासम्बन्धी रोगजस्ता नसर्ने रोगका कारण सम्पूर्ण समुदायमै धेरै असर परेको देखिन्छ । कतिपय दीर्घकालीन मिर्गौलाका रोगको निश्चित उपचार या निदान हुने र रोकथाममा खासै उपाय नभएका दीर्घकालीन मिर्गौलाका रोगीहरू अन्ततः मिर्गौला फेल भई अत्यन्त महँगो डाइलाइसिस र प्रत्यारोपण सेवामा जान बाध्य हुन्छन् ।
नसर्ने रोगमा आधुनिक जीवनशैलीले अझ चुनौती थपेको छ । राज्यको स्वास्थ्यमा न्यूनतम लगानीका साथै रोकथामभन्दा पनि उपचारमा बढी ध्यान जानु र मिर्गौला रोगभन्दा अन्य केही नसर्ने रोग, जस्तै– मुटुरोग, क्यान्सर आदिको मात्र उपचारमा विश्वले ५५ प्रतिशतभन्दा बढी ध्यान दिने गरेको पाइएको छ । मिर्गौला रोगका कारण यसमा अझ बढी भार थपिएको महसुस भएको छ । मिर्गौला रोगको रोकथामका लागि जनस्वास्थ्यको नीति निर्माणमा बढी महत्व दिनु आवश्यक छ ।

नियमित रूपमा हिँडडुल,शारीरिक ब्यायाम तथा सन्तुलित आहार सेवन गर्ने बानी बसाल्दा व्यक्तिको तौल नियन्त्रण हुन्छ । यसबाट उच्च रक्तचाप तथा मधुमेह नियन्त्रणमा मद्दत पुग्छ र मुटु, मिर्गौला तथा अन्य दीर्घकालीन रोगबाट बच्न सकिन्छ ।

अप्रत्याशित रूपमा आइपर्ने आपत्–विपत्को तयारीमा मिर्गौला रोगीका लागि पनि महत्व दिनुपर्छ । बिरामीले पनि आपत्कालीन अवस्थाका लागि अत्यावश्यक सामग्रीका साथै खाद्य, पानी, औषधि तथा आवश्यक कागजात तयारी अवस्थामा राख्नु जरुरी छ ।

मिर्गौला अघोषित मृत्युको कारण हो, जसले तपाईंको जीवनस्तरमै गम्भीर असर पु¥याउन सक्छ । विभिन्न उपाय अवलम्बन गरेर आफ्नो मिर्गौला जोगाउन सकिन्छ ।

मिर्गौला बचाउन सबैभन्दा पहिले आफ्नो तौललाई नियन्त्रणमा राख्नुपर्छ । जसले गर्दा सबैमा दीर्घकालीन मिर्गौला रोगको जोखिम न्यूनीकरण गर्न मद्दत गर्छ । नियमित रूपमा हिँडडुल गर्ने, साइक्लिङ गर्ने तथा सन्तुलित आहार सेवन गर्ने बानी बसाल्दा तपाईंको तौल नियन्त्रण हुन्छ । यसबाट उच्च रक्तचाप तथा मधुमेह नियन्त्रणमा मद्दत पुग्छ र मुटु, मिर्गौला तथा अन्य दीर्घकालीन रोगबाट बच्न सकिन्छ ।

हाम्रो खानामा नुन पर्याप्त हुन्छ । खानामा नुनको मात्रा पाँच–६ ग्रामभन्दा बढी हुनु राम्रो मानिन्न । आवश्यकताभन्दा बढी नुन थप्नु हुँदैन । प्रशोधित खाना अर्थात जंक फुडहरुलाई सीमित गर्नुपर्छ । रेस्टुरेन्टको खाना कम गर्नुपर्छ । विश्वमा करिब आधाभन्दा बढी जनसंख्याले आफूमा चिनी रोगको नियमित चेकजाँच नहुँदासम्म थाहा पाएका हुँदैनन् । त्यसैले, हामीले आफ्नो शरीरको रगतमा चिनीको मात्रा कति छ भनेर जाँच गर्नु जरुरी छ । विशेषगरी ४० वर्ष पार गरेका र बुढापाकाका लागि यो जाँच महत्वपूर्ण छ । मधुमेह भएकामध्ये आधा जसको मिर्गौलामा समस्या हुने गर्छ । यसको रोकथामका लागि मधुमेह नियन्त्रणमा राख्नु जरुरी छ । मिर्गौलाको नियमित जाँचका लागि रगत र पिसाबको जाँच गर्नुपर्ने हुन्छ ।

उच्च रक्तचाप नियन्त्रणमा राख्नु पनि मिर्गौला रोगका लागि धेरै महत्वपूर्ण छ । विशेषगरी मधुमेह, उच्च कोलेस्ट्रोल तथा मुटुका रोगीमा मिर्गौला रोगको जोखिम उच्च हुन्छ । नियमित जाँच गर्दा रक्तचाप उच्च देखिएमा चिकित्सकसँग नियमित परामर्श गर्नु जरुरी छ र आफ्नो दैनिक जीवनशैलीमा परिवर्तन गरी आवश्यकताअनुसार औषधि सेवन गरेर उच्च रक्तचाप नियन्त्रण गर्न आवश्यक छ ।

शरीरलाई आवश्यक मात्रामा पानी पिउनु पनि मिर्गौला जोगाउने अर्को उपाय हो । आफ्नो शरीरको आवश्यकता शरीरिक व्यायाम, मौसम, गर्भावस्था तथा स्तनपान गराइरहेका व्यक्तिमा पानीको मात्रा घटबढ भइरहन्छ । साधारणतया दैनिक करिब दुई लिटर अर्थात् आठ कपजति पानी एउटा साधारण व्यक्तिका लागि जरुरी हुन्छ ।

धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले रगतको नसालाई साँघुरो बनाउँछ, जसले गर्दा विभिन्न अंग र मिर्गौलामा समेत रक्तसञ्चार कम हुने गर्छ । यसले गर्दा मिर्गौलाको कार्य क्षमतामा ह्रास आउने र क्यान्सर हुने सम्भावना पनि ५० प्रतिशतसम्म वृद्धि हुन्छ ।

जथाभावी औषधिको सेवन विशेष गरेर नदुख्ने औषधिहरू ९आइभोप्रोफिन समुदायका० औषधिले मिर्गौलालाई हानि पु¥याउँछन् । त्यसैले, चिकित्सकको सल्लाहविना यस्ता औषधि सेवन गर्नु हुँदैन । परिवारका कुनै सदस्यमा मिर्गौला रोगको इतिहास छ भने आफ्नो रक्तचाप, मधुमेह, मोटोपन आदिबाट टाढै रहनु बेस हुन्छ । साथै, प्रत्येक ६ महिनामा एकपटक मिर्गौला जाँच गरी स्वस्थ राख्ने बानी बसाल्नुपर्छ । अन्यले कम्तीमा वर्षको एकचोटि मिर्गौला जाँच गर्नु उपयुक्त हुन्छ ।

नेपालमा बर्सेनि करिब तीन हजारजनाको मिर्गौला फेल हुने गरेको छ । हाल देशमा करिब पाँच हजारजनाको निःशुल्क तथा एक हजारजनाको सशुल्क हेमोडाइलाइसिस र तीन सयजनाको पेरिटोनियल डाइलाइसिस भइरहेको छ । देशमा भएको करिब दुई हजार मिर्गौला प्रत्यारोपितमध्ये एक हजारभन्दा बढीको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा बाँकी एक हजारको देशका अन्य केन्द्र तथा छिमेकी मुलुकबाट प्रत्यारोपण भएको अनुमान छ । विपन्न नागरिकको औषधि उपचारअन्तर्गत राज्यले खर्च गर्ने तीन अर्ब रुपैयाँमध्ये झन्डै २० प्रतिशत रकम मिर्गौला रोगीका लागि मात्र खर्च हुने गरेको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष अवधिमै एक हजारजनाको मिर्गौला प्रत्यारोपण गरिसकिएको छ । तीमध्ये पनि ९९ प्रतिशत प्रत्यारोपणमा सफलता हासिल भएको छ । स्वास्थ्य सेवाको कुनै पनि विधामा सबैभन्दा जटिल, गहन, महँगो तथा चुनौतीपूर्ण कार्य भनेको अंग प्रत्यारोपणलाई मानिन्छ ।

यस अर्थमा यति छोटो अवधिमा एक हजारभन्दा बढी मिर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपणको सुरुवात, मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण, निःशुल्क डाइलाइसिस तथा मिर्गौला प्रत्यारोपणजस्ता कार्यका निम्ति नियम, कानुन, नीति योजना बनाउन नेपाल सरकारलाई सघाएकोबाट दीर्घकालीन फल प्राप्त हुँदै जानेमा दुई मत छैन ।

सन् २००८ तिर विश्व स्वास्थ्य संगठनको अध्ययनबाट नेपालजस्ता अल्पविकशित देशमा मिर्गौला फेल भएको व्यक्तिमध्ये ९० प्रतिशतभन्दा बढीले केही महिनामै मृत्यु वरण गर्छन् भन्ने प्रतिवेदनका बाबजुद आज केन्द्रमा भएको सेवाबाट मिर्गौला प्रत्यारोपण गरेकामध्ये ९८ प्रतिशत तथा डाइलाइसिसमा भएकामध्ये ९० भन्दा बढी बाँच्न सक्नु गौरवको विषय हो ।
निःशुल्क मिर्गौला प्रत्यारोपण र डाइलाइसिस सेवा उपलब्ध हुँदा गरिब निमुखा दाजुभाइ तथा दिदीबहिनीको पहुँचभित्र यो सेवा पुग्न थालेको अनुभव हुन्छ । साथै, विदेशी नागरिकसमेत प्रत्यारोपण सेवाबाट लाभान्वित भइरहेको हुँदा संस्थाको विश्वसनीयतामा अभिवृद्धि हुँदै गएको आभास हुन्छ ।

देशमा मिर्गौला प्रत्यारोपणको आवश्यकता वार्षिक करिब तीन हजार भएको तथा केन्द्रले त्यसकोे करिब दुईतिहाइ अर्थात् दुई हजार जनाजतिको मात्र प्रत्यारोपण गर्न सक्ने क्षमता भएको हुँदा यसलाई तत्काल विस्तार गर्न तथा सातै प्रदेशमा प्रत्यारोपण सेवा सञ्चालन गर्न नेपाल सरकारले केन्द्रलाई जिम्मेवारी दिएको छ ।

(डा. श्रेष्ठ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक हुन्) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?