ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

स्थापना दिवसमा ग्याष्ट्रो सेन्टरद्वारा रक्तदानः इआरसीपी सेवा सञ्चालनको योजना

१६ मंसिर २०८२, मंगलवार
१६ मंसिर २०८२, मंगलवार

बुटवल ।

बुटवल हस्पिटललाईनमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल प्रालिले आफ्नो स्थापनाको तेस्रो वर्ष स्थापनाको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० बढीले रक्तदान गरेको सेन्टरले जनाएको छ ।

दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको ग्याष्ट्रो सेन्टरले रक्तदानसँगै समुदायमा रचनात्मक र सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत गरेको सेन्टरले जानकारी गराएको हो । स्थापनाको यो अवधिमा साढे तीन हजार पेट सम्वन्धि समस्या भएका बिरामीहरुलाई स्वास्थ्य सेवा र परामर्श दिदै आएको सेन्टरले रुपन्देही, अर्घाखाँची, प्युठानलगायतका थुप्रै जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर समेत गरेको जनाएको छ ।

विरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नु भन्ने मुख्य उद्देश्य राखेको प्रालिले पेटका बिरामीहरुको इन्डोस्कोपी, क्लोनोसकोपी, इपीएल, फाइब्रोस्कान, पोलिपेक्टोमीलगायतका परिक्षणहरु पनि गर्दै आएको प्रालिका संचालक तथा बरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याक्क्रियाज रोग विशेषज्ञ डाक्टर मोहन भुसालले जानकारी दिए । उनले राजधानी बाहिर पनि स्वास्थ्यमा गुणस्तरीय सेवा पाइन्छ भन्ने विश्वास विरामीहरुलाई दिलाउन दुई वर्ष पहिले प्रालिको स्थापना गरिएको उल्लेख गर्दै प्रालिमा आउने विरामीको सन्तुष्टिनै आफ्नो सेवा भएको विश्वास ब्यक्त गरे ।

उनले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न जिल्लामा निःशुल्क शिविर समेत गरिएको उल्लेख गर्दै प्रालिमा आउने विपन्न, असहाय, गरिव, आर्थिक अवस्था कमजोर भएका र जेष्ठ नागरिकहरुलाई निःशुल्क सेवा समेत दिएको जानकारी दिए । उनले यो अवधिमा सामाजिक उत्तरदायित्व अन्तरगत प्रालिबाट मात्रै साढे चार लाख रुपैया बढीको ओपिडी, क्लोनोस्कोपी, इन्डोसकोपीलगायतको परिक्षण र चेकजाँचमा निःशुल्क सेवा दिएको जानकारी दिए ।

स्थापनाको यो अवसमा विरामीहरुलाई केही सेवामा छुटको ब्यवस्थासँगै विपन्न, असहाय, गरिव, आर्थिक अवस्था कमजोर भएका र जेष्ठनागरिकहरुलाई निःशुल्क दिइने सेवालाई निरन्तरता दिइने बताए । उनले विरामीको सेवाकालागि पत्तथैलीमा पत्थरीको अप्रेशन (ईआरसीपी) सेवा समेत संचालन गर्ने गरि योजना बनाएको र यो एक वर्षमा (ईआरसीपी) सेवा समेत सुरु गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?