© २०२३
बुटवल, १४ फागुन । प्रदेश सरकारको करोडौं वजेट खर्च गरेर फागुन २८–२९ गतेसम्म आयोजना हुन लागेको लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनप्रति लुम्बिनी प्रदेश सभाको ठूलो दल प्रमुख विपक्षी नेकपा एमालेले असन्तुष्टी जनाएको छ । मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला करोडौं खर्च गरेर हुने यो सम्मलेनले प्रदेशलाई कुनै ठोस उपलब्धी नदिने एमालेको तर्क छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको जोडबलमा गर्न लागिएकाले एमालेले नीति तथा कार्यक्रम र वजेटमा पनि यो कार्यक्रम आवश्यक नभएको भन्दै विरोध जनाएको थियो । तर वहुमतको बलमा पारित भएको थियो । एमाले प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले प्रमुख विपक्षी दलसंग छलफल संवाद र सहमति नगरी एकलौटी ढंगले आयोजना गरिएको यो कार्यक्रमले प्रदेशलाई कुनै प्रतिफल नदिने बताए । ‘यो आफ्ना मान्छे खुशी बनाउने र आफू निकटका मान्छेलाई वजेट बांडेर राज्यको ढुकुटी सिध्याउने खेलो मात्रै हो, यसले हाम्रो प्रदेशलाई कुनै ठोस उपलब्धी हुने देखेका छैनौं’–चौधरीले भने ।
सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको संयोजनमा शिखर सम्मेलन हुन लागेको हो । सत्यार्थीसंग प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको लामो समयदेखि मित्रता भएकाले उनकै साथ लिएर शिखर सम्मेलन गर्न थालिएको हो । चौधरीले सत्यार्थी र आफू एउटै परिवारका सदस्य जस्तो रहेको बताउने गरेका छन् । यो सम्मेलन सम्पन्न गर्न कानुनी अड्चन समेत देखिएको प्रदेश सरकार मातहतका एक उच्च अधिकारी बताउंछन् । कानुनी अड्चनकै कारण शिखर सम्मेलन शुरुमा हुने कि नहुने भन्ने अन्योल थियो । तीन दिन सम्म चल्ने भनिएको सम्मेलन फेरि एक दिन घटाएर हुने भनिएको छ ।
सरकारका एक कर्मचारीका अनुसार सम्मेलन गरेको जस कसले लिने भन्ने होडबाजीले पनि सम्मलेनलाई असर गरिरहेको छ । बालबालिकाको विकास र शान्तिमा केन्द्रीत भनिएको शिखर सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल पुरस्कार विजेता सहित उच्च पदस्थ विदेशीहरु लुम्बिनी आउने छन् ।
विश्वमा हालसम्म तीनवटा यस्ता शिखर सम्मेलन भएकाले यो चौथो शिखर सम्मेलन हुने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले बताए ।
केसीका अनुसार शिखर सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेता सहित २० जना अति विशिष्ट व्यक्तिहरू बालबालिका र शान्ति क्षेत्रका विज्ञ, विकास साझेदार,प्राज्ञिक सम्मेलनमा सहभागी हुन आउने छन् । ‘अहिलेसम्म नोबेल पुरस्कार विजेता ९ जना र २० जना अति विशिष्ट व्यक्तिहरू, विकास साझेदार तथा नेपालका सरकारी निकाय,नागरिक समाज र निजी क्षेत्रका २ सय जनाको सहभागिता हुने निश्चित भएको छ’–उपाध्यक्ष डा. केसीले भने । ‘हामी तयारीमै केन्द्रीत छौं, एक दुई दिनमै शिखर सम्मेलनबारे विस्तृत विवरण जानकारी गराउने छौं ।’ प्रदेश योजना आयोगको ब्यानरमा शिखर सम्मेलन हुने उपाध्यक्ष केसीले बताए ।
प्रदेश सरकारले शिखर सम्मेलनका लागि चालु आर्थिक वर्षको बजेटमा ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता टिमोर लेस्टेका पूर्व राष्ट्रपति जोजे रामोस ओर्टा, जोडी विलियम्स, २०११ का संयुक्त विजेता लेहम बोबी र टुवाको कम्र्यान, सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता अब्देस सतार वेन मौसा र विदेद बुसामाबुई तथा चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस,रसायन शास्त्रका नोबेल विजेता एरी वार्सल सहभागी हुने तय भएको उपाध्यक्ष डा. केसीले जानकारी दिए ।
सम्मेलनमा जोर्डनका राजकुमार अली विन अल हुसेन, अर्थशास्त्री जेफ्री स्याक्स, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ समेत सहभागि हुने केसीले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी