ट्रेंडिंग:

>> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने

माघ पुर्णिमाको महापरिनिर्वाण घोषणा दिवस

१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

नवलपरासी, १२ फागुन । बौद्धकालिन प्राचिन नन्दन नगर र नन्दन ताललाई प्रवद्र्धन गर्न स्थानीय ‘आनन्द जात्रा’ गठन गरिएको मनाउन स्थानीयबासीले मुल समारोह समितिले माघ पुर्णिमाका दिन महापरिनिर्वाण घोषणा दिवस मनाउने भएका छन् । भगवान गौतम बुद्धले बैशाख पुर्णिमाका दिन कुशिनगरमा महापरिनिर्वाण लिए पनि त्यसको घोषणा बैशालीमा माघ पुर्णिमाको दिन गरेको हुदा त्यो महत्वपुर्ण दिनलाई दिवस मनाउने गरि प्राचीन नन्दन नगरमा फागुन १२ गते शनिवार साझा दिप प्रज्वलन र भजन किर्तनको आयोजना गरि मनाउने भएको हो ।
पाल्हीनन्दन गाउँपालिका वार्ड नं.६ का वार्ड अध्यक्ष समेत रहेका प्रबक्ता कृष्णचन्द्र यादवको अध्यक्षतामा भएको भेलाले पिन्कु सिँह सैथवारको संयोजकत्वमा ३१ सदस्यि मुल समारोह समिति गठन भएको थियो । आनन्द जात्रा हुनु भन्दा पहिला बुद्धको महिमा र ज्ञानलाई समेत स्थानीयलाई जानकारी गराउनुका साथै बुद्ध प्रति श्रद्धा भाव उत्पन्न गर्ने उदेश्यले सो दिवस मनाउन लागिएको वार्ड अध्यक्ष यादवले बताएका थिए । विगत केही महिना देखी नै आनन्द जात्रा मार्फत प्राचीन नन्दन नगर र नन्दन तालको प्रवद्र्धन र प्रचार प्रसार गर्ने गरि जात्राको तयारीमा जुटेका थिए । अहिले जात्राको दिन तोकिएको छैन्,उनले भने,तर बुद्धसँग सम्बन्धित माघ पुर्णिमा एक महत्वपुर्ण दिन हो, सो दिनमा बुद्धलाई सम्झदै प्राचीन नन्दन नगरक्षेत्रमा दिपावली र भजन किर्तनको आयोजना गरिएको छ । त्यसमा सम्पुर्ण गाउँपालिका बासी र जिल्लाबासी सहित बुद्ध प्रति श्रद्धा राख्ने श्रद्धालुहरूलाई सो कार्यक्रममा आह्वान समेत गरिएको हो । यसले प्राचीन नन्दन नगरबारे प्रचार प्रसारमा सहयोगी हुने उनको भनाई थियो ।

माघपुर्णिमा दिन भगवान बुद्धले महापरिनिर्वाणको घोषणा गर्दै आफ्ना अग्र सेवक आनन्दन भिच्छुलाई सुनाउदा आनन्द भिच्छुको कानमा आएर मार बस्यो र उनलाई सुन्न दिएन् । सुन्न नदिएपछि अहिले नै महापरिनिर्वाण नलिइनु भनेर भन्ने अवसर समेत भिच्छु आनन्दले पाएनन् । तर मारले गरेको त्यो छललाई पनि भगवान बुद्धले दिब्य दृष्टिले हेरिरहेका थिए । त्यसकारण महापरिनिर्वाण पश्चात आफुलाई अग्नि अन्येष्टि पश्चात बचेको अस्तिलाई राखेर स्तुपा बनाउनु भनेर पुनः भिच्छु आनन्दलाई सुनाएका थिए । जुन कुरा तिन महिना पछि बैशाख पुर्णिमाका दिन भगवान बुद्धले महापरिनिर्वाण भएर अत्येष्टि भई रहेको बेला सुनाएका थिए ।

सो अस्तिका लागि त्यहा उपस्थित मगधका सम्राट अजात सत्रु सहित आठ राज्यका राजाले आफुले अस्तु लैजाने दाबी गरेका थिए । धातु लैजाने कुरामा विवाद भए पछि त्यहा उपस्थित द्रोण ब्राम्हणले अस्थिका लागि विवाद र युद्ध गर्नु भन्दा आठ भागमा बाडेर धातु लैजान परामर्श दिएपछि सबै राजा सहमत भए र आठ भागमा धातु लिएर अ आफ्नो राज्यमा भगवान गौतम बुद्धको स्तुप निर्माण गराएका थिए । जस्मा प्राचीन कोलिय गणराज्यका राजाहरूले आफ्नो भागमा पाएको अस्तिलाई स्थापना गरि रामग्राम स्तुप बनाएका थिए भन्ने बौद्ध ग्रन्थहरूमा उल्लेख पाईन्छ । यो गाउपालिकाकै लागि गौरवको कार्यक्रम आयोजना गर्न लागिएको गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले बताएका थिए । यो बौद्ध स्थलको प्रचार प्रसारमा यो महापरिनिर्वाण घोषणा दिवसले उल्लेख्निय योगदान पुर्याउने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताएका थिए । महापरिनिर्वाण घोषणा दिवसलाई रामग्राम स्तुपा भएको रामग्राम नगरपालिकाले समेत मनाउनु पर्ने हो,तर जे भए पनि अहिले पाल्हीनन्दन गाउपालिकाले सो दिवस आन्दन मनाउन लागेको कुरा सराहनिय भएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने, यस्तो महत्वपुर्ण घटना र महत्वलाई सबै बौद्ध स्थलमा दिवस मनाई स्थानियलाई बुद्ध प्रति श्रद्धा जगाउनु पुण्य कार्य हुन्छ ।

प्राचीन नन्दननगर नजिकै नन्दन ताल समेत रहेको छ, जहाँ कोलिय राजपरिवारका सदस्यहरू आनन्द लिन जाने गर्थे । ति पोखरी सुरक्षित, रमणिय, शान्त र मनोरम दृष्य थियो । सोही पोखरी (ताल) मा एक पटक सिद्धार्थ गौतम आनन्दन गर्न गएको बेला उनलाई कपिलबस्तुबाट उनको छोरा राहुल जन्मेको खबर सोही तालमा पुगेको थियो । उनीबाट कपिलबस्तु फर्केका थिए । आन्दन गर्ने पोखरी (ताल) मा मंगल सन्देश प्राप्त भएको हुदा मंगल पोखरी(ताल) पनि भन्न थालिएको हो । पछि सोही मंगल पोखरी अर्थात ताल नन्दन ताल भनिए होला । सुरक्षार्थ बस्ने सुरक्षाकर्मीहरूको स्थान पछि नगरको स्वरूप प्राप्त गरेको हो । अहिले ताल नजिकै रहेको पुरातात्विक स्थल प्राचिन नन्दन सिटी (नगर) हो ।नगर नजिकै पडरी गाँउ छ । जुन गाँउ क्षेत्रमा आनन्द गर्न आउने कोलिय राजपरिवार, सैनिक,अन्य नागरिकहरू रात्री बस्ने क्याम्प खडा गर्ने प्रचलन हुने गरेको थियो । जसलाई स्थानिय भाषामा पडाव पनि भन्ने गरिन्छ । सोही पडाव राख्ने स्थान नै पडरी गाउँ भएको समेत अनुमान गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?