ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

एकादशीमा गुल्मी र पाल्पाका पालिकामा बिदा

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

गुल्मी, २७ कार्तिक ।
हरिबोधिनी एकादशी पर्वको अवसर गुल्मीमा स्थानीय पालिकाहरूले एक दिन सार्वजनिक बिदा दिएका छन । जिल्लाको पबित्र धार्मिक सथल रेसुङ्गा पोखरीमा लाग्ने धार्मिक मेलाको अवशरमा रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन ।

रेसुङ्गा नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अमृतादेवी कुँवरले आज सार्वजनिक सूचना प्रकाशन गरि नगरपालिकाको कार्यपालिका बैठकबाट गरिएको निर्णय अनुसार कार्तिक २७ गते नगरपालिका क्षेत्रका सम्पूर्ण कार्यालयहरू, वडा कार्यालयहरू, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्थाहरू र अन्य सार्वजनिक संघं सस्थाहरूमा बिदा दिने निर्णय गरिएको जानकारी दिएकी छन । त्यसैगरि गुल्मीदरबार गाउँपालिकाले पनि गाउँ कार्यपालिकाको नियर्णयानुसार पालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरू, विद्यालय एवं स्वास्थ्य चौकीहरू तथा विभिन्न संघ संस्थाहरूमा मंगलबारका दिन बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले बताए ।

हरिबोधिनी एकादशीको अवशरमा गुल्मीको धार्मिक स्थल रेसुङ्गा पोखरीमा प्रत्यक वर्ष ठूलो धार्मिक मेला लाग्ने गर्दछ । एकादशी मेलाको अशरमा त्यस क्षेत्रमा बिहानैदेखि श्रद्धालुहरूको घुँईचो लाग्ने गर्दछ । एकादशीको दिन रेसुङ्गा पोखरीको पानीले स्नान गरेपछि चारधाम जान नपर्ने र आफुले अञ्जानमा गरेका सम्पूर्ण पापहरू समेत नष्टभई संवृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । त्यही मान्यता र विश्वासका कारण गुल्मी लगायत छिमेकी जिल्लाहरूबाट पोखरीमा स्नान गर्न आउने श्रद्धालुहरूको ठूलो घुँईचो लाग्ने गर्दछ ।

रेसुङ्गा पोखरीमा चारधामवाट ल्याएको जल मिसाईएको हुँदा यहाँको पोखरीमा स्नान गर्नाले चारधाम जान पर्दैन भन्ने मान्यता रहिआएको छ । मानिसहरूले पोखरीमा स्नान गरेपछि नजिकै रहेको यज्ञशाला मन्दिरमा पुगेर पुजाआजा गर्ने र बर माग्ने गर्दछन । ठुलो एकादशीको रूपमा चिनिने हरिबोधनी एकादशीलाई गुल्मीमा विशेष महत्वको रूपमा मनाउने गरिन्छ । रेसुङ्गा पोखरीमा स्नान गर्नका लागि गुल्मी लगायत अर्घाखाँची, पाल्पा, स्याङ्जा, वाग्लुङ्ग, प्यूठान, रूपन्देही लगायत धेरै टाढा टाढावाट पनि श्रद्धालुहरू आउने गर्दछन् । एकादशीको अवशरमा रुद्रवेणी र कालीगण्डकी नदीमा पनि स्नान तथा पुजापाठ गर्नेहरूको घुइँचो लाग्ने गर्दछ ।

रामपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा
हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकाले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो ।हरिबोधिनी एकादशीलाई यस क्षेत्रमा धार्मिक उत्सवको रूपमा मनाउने भएकाले नगर कार्यपालिकाको निर्णय अनुसार विदा दिने निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिए । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले निर्णय गरी विदा दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले सूचना जारी गर्दै नगरपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी र शैक्षिक संस्था लगायतका कार्यालयमा विदा दिईएको जानकारी दिए ।
कालिगण्डकी नदी किनारका विभिन्न स्थानमा हरिबोधिनी एकादशीको अवसरमा मेला लाग्दै आएको छ । नगरपालिकाले विगतका वर्षहरूमा पनि हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक विदा दिएको थियो । ठूलो एकादशीको रूपमा लिईने हरिबोधिनी एकादशीको अवसरमा कालीनदी किनार अन्तर्गत रामपुर नगरपालिकाको केलादी घाट, रामघाट, कोप्चेघाट, तातोपानी, बर्दले, स्याउली बजार लगाएतका विभिन्न स्थानमा मेला भर्न तथा स्नानका लागि भक्तजनहरू पुग्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?