ट्रेंडिंग:

>> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य

चीन र भारतलाई मिलाएर नेपालले फाइदा लिनुपर्छ : उपकुलपति बज्राचार्य

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

भैरहवा,२७ माघ । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले दुई छिमेकी मुलुक चीन र भारतबीच विद्यमान अघोषित तिक्ततालाई अन्त्य गर्न नेपाल संवाद सेतु बनेर पर्याप्त लाभ लिनसक्ने बताएका छन् ।

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको अन्तरक्रियामा उपकुलपति बज्राचार्यले विश्वकै शक्तिशाली अर्थतन्त्र र ठूलो जनसंख्या भएका दुई छिमेकीलाई सन्तुलित सम्बन्धले मिलाउने अवसर नेपाललाई भएको औंल्याए । चीन र भारतबीच अघोषित तिक्तता रहेको सबैलाई जगजाहेर छ, त्यसलाई मिलाउने पुलको काम नेपालले गर्न सक्ने बज्राचार्यले बताए । चीन र भारतबीच डायलग पोइन्ट नेपाल नै हो, दुवै देशको विश्वास जित्न सक्ने क्षमता देखाउने हो भने नेपालको आर्थिक विकास र समृद्धि टाढा छैन – उनले भने ।

उपकुलपति सुवर्णलाल बज्राचार्यले नेपाल चीनको दक्षिणी ढोका भएको उल्लेख गर्दै यसलाई सदुपयोग गर्न नेपाल चुकेको औंल्याए ।

चिनियाँहरू भारतमा सहज प्रवेश नपाउने तर नेपालमा सहज प्रवेश पाउने भएकाले नेपालले यो ढोका सधैं खुला राखेर यसको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराए ।

 

चीनविज्ञ डा सागर न्यौपानेले चीनले नेपाललाई धेरै क्षेत्रमा सहयोग गर्न तयार भएपनि नेपालले विश्वास जितेर सहयोग लिन चुकेको औंल्याए । उनले चीनमा छात्रवृत्ति कोटा बढाउन पहल गर्न सुझाव दिए ।

प्राध्यापक कुमार खड्काले चीनमा करोडौं बौद्धमार्गी भएकाले उनीहरुलाई लुम्बिनी भ्रमणमा ल्याउन विशेष प्राथमिकता दिनुपर्ने बताए । भैरहवा र पोखरा विमानस्थलमा चिनियाँ जहाज उडान गर्न सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।

आसन्न लगानी सम्मेलनमा चिनियाँ लगानी र नवीनतम औद्योगिक र कृषि प्रविधि प्रविधि भित्राउने योजना बनाउन सरकारको ध्यानाकर्षण गराए ।

नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले चीनसँगको सम्बन्ध अझ बलियो र जनस्तरमा विस्तार गर्न बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० परियोजना नेपालमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी र बुद्धिजमलाई छिमेकी देश चीनसँगको सम्बन्धको प्राथमिकतामा राखेर चिनियाँ बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा ल्याउन सबैले भूमिका खेल्नुपर्ने उनले बताए ।

अन्तरक्रियामा नेपाल चीन मैत्री समाज लुम्बिनीका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद रेग्मी,उपाध्यक्ष डा। ऋषिराम शर्मा,सचिव जनकराज पन्त, साहित्यकारहरु विजयसागर श्रेष्ठ र डिल्लीराज भट्टराई,अधिवक्ता शिव गौडेल,प्राध्यापक नरेन्द्र श्रेष्ठले चीनको तीब्र आर्थिक विकास, चिनियाँ नागरिकको मेहनत र अनुशासन,नेतृत्वको दुरदर्शिताबाट नेपालले पाठ सिक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?