ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

कुष्ठरोगी धेरै हुनेमा लुम्बिनी प्रदेश दोस्रो

१४ माघ २०८०, आईतवार
१४ माघ २०८०, आईतवार

बुटवल,१४ माघ । आज विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदै छ।

हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ। कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो।

नेपालमा सन् २०१० मै कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेको सरकारी तथ्यांक छ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने गर्छ। यस रोगले खास गरेर छाला र नसामा असर गर्ने चिकित्सकहरुको भनाइ छ। ​

कुष्ठरोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने र बिस्तारै मांसपेशी कमजोर बनाइदिन्छ। ​

कुष्ठरोगको समयमै उपचार हुननसके रोगीहरू अपांग हुने र ज्यान समेत जाने जोखिम हुन्छ।
नेपालमा कुष्ठरोग पनि जनस्वास्थ्यको एक चुनौतीको रुपमा रहेको छ। नेपाल सरकारले सन् २०१० मै देशबाट कुष्ठरोग निवारण भइसकेको घोषणा गरिएको भए पनि १४ जिल्लामा अझै कुष्ठरोगका बिरामी भेटिएको सरकारकै तथ्यांकले देखाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार अझै पनि देशको १४ वटा जिल्ला लगातार हरेक बर्ष कुष्ठरोगका बिरामी थपिँदै गएका छन्।

झापा, मोरङ,सिराह,धनुषा, महोत्तरी, सल्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, बांके र कैलाली जिल्लाहरु रहेका छन। यी जिल्लामा प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा बढी कृष्ठरोगका बिरामी देखिएको सरकारी तथ्यांकले देखाउँछ।

यस्तै काठमाडौ,ललितपपुर सहितका देशका ५६ वटा जिल्ला कुष्ठरोगको जोखिममा एल्लो एरियामा रहेका छन। हाल सम्म देशभर जम्मा ७ वटा जिल्ला नुवाकोट, खोटाङ,रुकुम पश्चिम,मनाङ,दोलखा,इलाम र ताप्लेजुङ जिल्लामा मात्रै कुष्ठरोगका शून्य बिरामी रहेका छन।

महाशाखाको विवरण हेर्ने हो भने ०७८–७९ मा २२ सय ८५ बिरामी भेटिएको आब ०७९–८० २ हजार ५२२ जना कुष्ठरोगका बिरामी भेटिएका छन्।

यसरी हेर्दा नेपालमा कुष्ठरोगका बिरामी घट्दै जानु भन्दा झन बढ्दै गएको देखिन्छ।महाशाखाको विवरणअनुसार मधेश प्रदेश र लुम्बिनी प्रदेश कुष्ठरोगका बिरामी सबैभन्दा धेरै रहेका छन्। देशभर रहेका कुल सक्रमित मध्ये मधेश प्रदेशमा ९४४ जना ३७प्रतिशत लुम्बिनीमा ५६५ जना २२ प्रतिशत बिरामी रहेका छन। यस्तै अन्य प्रदेशमा कोशीमा १९ प्रतिशत बाग्मतीमा ५ प्रतिशत गण्डकीमा ५ प्रतिशत, कर्णालीमा ३ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ९ प्रतिशत कुष्ठरोगका बिरामी रहेका छन्।

कुल संक्रमित मध्य मकवानपुर,कपिलवस्तु , बाँके सहितका जिल्लामा बालबालिका उमेर समूहमा पनि कुष्ठरोग देखिएको छ।

सरकारले भनेकै समयमा कुष्ठरोग उन्मूलन गर्न भन्दै गत दुई वर्ष अघिनै राष्ट्रिय कुष्ठरोग रणनीति सार्वजनिक गरिसकेको छ।

समयमै उपचार गरे पूर्ण निको हुने यो रोगलाई समयमानै पहिचान गरेर उपचार गरिएन भने अपाङगता हुने गर्दछ। परिक्षण गरेर चिकित्सको निगरानीमा ६ महिना देखी १२ महिना सम्म नियमित औषधी सेवन गरे यो रोग पूर्ण निको हुन्छ। हरेक वर्ष विश्वमा २ लाख कुष्ठरोगका बिरामी भेटिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?