ट्रेंडिंग:

>> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू >> ओलम्पिक खेलमा ट्रान्सजेन्डर खेलाडी माथि प्रतिबन्धको सम्भावना >> प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा >> विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ >> लोकतान्त्रिक सांस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कदै >> कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी >> स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ >> रोट्र्याक्टको नयाँ नेतृत्वको लागि प्रकाश शर्मा निर्वाचित >> रुकुम आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा उद्घाटन >> कपिलवस्तुको कृष्ण नगरबाट १ किलो चरेस सहित एक महिला पक्राउ >> कपिलवस्तुमा आत्महत्या रोक्न दुई हप्ते सचेतना अभियान >> एक सय जना महिलालाई एक हजार सात सय कुखुरा वितरण >> राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ >> ११ बजे मन्त्रीपरिषद बैठक बस्दै >> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता >> नेप्से १०.६१ अंक घटेर २६३३ अंकमा कायम >> अवरुद्ध कर्णाली प्रदेश संसद मंगलबार बस्ने >> सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री >> सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो >> ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार >> घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र >> हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु >> सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

तिनाउ सिग्नेचर ब्रिजमा क्रस खुकुरीको डिजाइन : लेक एक्स्पोको आकर्षण (भिडियो सहित)

'खुकुरीको भरमा अंग्रेज़ फौजलाई हराएको जितगढी किल्लाको छेउमा बन्ने सिग्नेचर पुलको डिजाइनमा विद्यार्थीहरुले विरताको प्रतीक क्रस खुकुरी राखेको डिजाइन राम्रो'
२३ पुष २०८०, सोमबार
२३ पुष २०८०, सोमबार

बुटवल,२३ पुस । बुटवलको तिनाउ नदीमा बन्ने भनिएको सिग्नेचर पुलको नौलो डिजाइन लेक एक्स्पोको मुख्य आकर्षण बनेको छ । ६ लेनको सडक सहितको सिग्नेचर ब्रिजमा क्रस खुकुरी राखेर नौलो डिजाइन दिइएको हुंदा धेरैले यो डिजाइनको प्रशंसा गरेका छन् । सिग्नेचर ब्रिज पुलको आधुनिक प्रकार हो, यो अन्य पुलको तुलनामा निकै आकर्षक हुन्छ । अधिकांश शहर नजिकैका नदीहरूमा सिग्नेचर ब्रिज डिजाइन गरिन्छ । लुम्बिनी इन्जिनियरिङ म्यानेजमेन्ट एण्ड साइन्स कलेज (लेक) भलवारीमा आयोजित एक्स्पोमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरुले सिग्नेचर ब्रिजको नौलो डिजाइन प्रदर्शनमा राखेका हुन् ।

विश्व बैंकको ऋण अनुदानमा बन्ने सिग्नेचर ब्रिजको विदेशी शैलीको डिजाइन यसअघि नेपाली र विदेशी इन्जिनीयरहरूको टोलीले तयार गरेपनि ती डिजाइन भन्दा आफूहरुले बनाएको डिजाइन राम्रो भएको विद्यार्थीको दावी छ ।
बुटवलको पहिचान र चिनारी नेपाली फौजले जितगढीमा अंग्रेज फौजलाई हराएको इतिहास भएकाले नेपाली विरताको चिनो खुकुरीलाई क्रस गराएर डिजाइन गरिएको विद्यार्थी युकेश ज्ञवालीले बताए । जितगढीको ऐतिहासिक विरासतलाई सधै जोगाउन र पर्यटकीय दृष्टिले पनि राम्रो हुने गरी आर्किटेक्ट डिजाइन गरिएको विद्यार्थी युकेशले बताए । पाइल फाउण्डेसनमाथि ६ हजार मेट्रिकटन तौलको स्टिलको स्ट्रक्चरलाई क्रस खुकुरी आकारमा डिजाइन गरी बनाइने हुंदा अन्य डिजाइन भन्दा बलियो र सयौं वर्ष टिकाउ हुने उनले दावी गरे ।

युकेश सहित आयुश कक्षपति,आदर्श शर्मा,कृष्ण बन्जाडे,उपेन्द्र भट्टराई र आकाश लगायतले ६ जनाको समूहले सिग्नेचर ब्रिजको डिजाइन गरेका हुन् । यो डिजाइनबारे विद्यार्थीहरुले बुटवल उपमहानगरपालिकालाई पनि जानकारी गराएका छन् । बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका प्रतिनिधिहरु पनि एक्स्पोमा आएर यो डिजाइन हेरेर राम्रोे लागेको प्रतिक्रिया दिएका विद्यार्थी आयुश कक्षपतिले बताए ।
विद्यार्थीको डिजाइनमा नेपाली सेनाले अंग्रेज सेनालाई लखेटेको आकृति झल्किने डिजाइन बनाएमा अझै राम्रो हुने एक्स्पो हेर्न पुगेका दर्शकको सुझाव छ । सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जििनियर महेश्वर लम्सालले खुकुरीको भरमा अंग्रेज़ फौजलाई हराएको जितगढी किल्लाको छेउमा बन्ने सिग्नेचर पुलको डिजाइनमा विद्यार्थीहरुले विरताको प्रतीक क्रस खुकुरी राखेको डिजाइन राम्रो लागेको बताए । ‘यो डिजाइन जितगढीको ऐतिहासिकता र मौलिकताको हिसाबले मात्र नभई पर्यटकीय हिसाबले पनि ठिक हुने देखियो’–लम्सालले भने ।

बुटवलका निर्माण व्यवसायी जविन कक्षपतीले नेपाल –अंग्रेज युद्ध झल्किने गरी सिग्नेचर ब्रिजमा डिजाइन बनाउन सम्बन्धित सरकारी निकायले छलफल गरेर अन्तिमरुप दिनु राम्रो हुने बताए । ‘विद्यार्थीले बनाएको डिजाइन आफैमा मौलिक र नौलो छ, यसमा नेपाल–अंग्रेज युद्ध झल्किने आकृतिको डिजाइन बनाउन इन्जिनियरिङ हिसाबले पनि बलियो र उपयुक्त हुने भए त्यसो गर्दा झनै राम्रो देखिन्छ र पर्यटकलाई पनि आकर्षित गर्न सकिन्छ’–उनले भने ।
विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर ब्रिज डिजाइनका लागि यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री तथा रूपन्देहीका सांसद विष्णुप्रसाद पौडेलले बजेट विनियोजन गरेका थिए ।

सिग्नेचर ब्रिज जस्तै एक्स्पोमा सवारी साधन दुर्घटना भएको ५ सेकेण्डभित्र लोकेसनसहित दुर्घटनाबारे चालकको नजिकको व्यक्तिलाई मोबाइलमा म्यासेज पठाएर जानकारी दिने एप्स, फोहोरबाट मल र विद्युत निकाल्ने प्रविधि, पुराना भवनलाई नभत्काई नयां बनाउने (रेट्रोफिटिङ) प्रविधि, स्मार्ट सिटी , दुर्गम वस्तीलाई सुगम बनाउने प्रविधि, पहिरो गएपछि बाटो अवरुद्ध भएको जानकारी प्रहरीलाई स्वतःगराउने एप्स लगायतका विद्यार्थीका आविष्कारहरु एक्स्पोका आकर्षण बनेका कलेजका निर्देशक तुलसीप्रसाद सापकोटाले बताए ।

दुई दिनसम्म चलेको एक्स्पोमा सिभलतर्फ २४,कम्प्युटरतर्फ १४ र इलेक्ट्रिक र इलेक्ट्रोनिक्स तर्फका १२ गरी ५० परियोजना विद्यार्थीले प्रदर्शन गरेका थिए ।

विद्यार्थीका नयां खोज, अनुसन्धान र आविश्कारलाई रुपन्देहीका २४ वटा कलेजका विज्ञान र प्राविधिक विषयका विद्यार्थी र अभिभावक गरी करिब ९ हजार जनाले अवलोकन गरेका कलेजका सदस्य सचिव केएन पाण्डेले जानकारी दिए । कलेजका विद्यार्थीहरुको क्षमता अभिवृद्धिसहित व्यक्तित्व विकास गर्ने र देशमा नयाँ प्रविधि भित्र्याउनसमेत टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको लेक एक्स्पो सोचे भन्दा सफल भएको पाण्डेले बताए ।


डिप्लोमादेखि मास्टर डिग्रीसम्म पूर्णतः इन्जिनियरिङ्ग पढाइ हुने कलेजमा हाल डिप्लोमा १४९, व्याचलरमा ६७५ र मास्टर डिग्रीमा ६० जना गरी ८८४ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने कलेजले विद्यार्थीहरूको प्रतिभा तथा क्षमता प्रदर्शन गर्न एक्स्पो आयोजना गर्दै आइरहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?