ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११

सिर्जनशीलता र उत्पादकताको लागि प्रिमियम ट्याबलेट
२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

काठमाडौं ।

सामसङ नेपालले आफ्नो नवीनतम र अत्याधुनिक ट्याबलेट ग्यालेक्सी ट्याब एस ११ नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्यालेक्सी एआई÷वन यूआई प्रणालीमा आधारित यो ट्याबलेटले सिर्जनशीलता र उत्पादकता दुबैमा नयाँ स्तर प्रदान गर्ने दाबी गरिएको छ ।

मूल्य र उपलब्धता

ग्यालेक्सी ट्याब एस ११ को मूल्य रु. १ लाख २९ हजार९९९ (१२ जीवी र्याम र २५६ जीवी स्टोरेज) तोकिएको छ, र यो अहिले देशभरका अधिकृत सामसङ खुद्रा स्टोरहरूमा उपलब्ध छ । साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत सामसङ इन्स्टा फाइनान्स सेवाबाट शुन्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि प्राप्त गर्न सकिन्छ ।

मुख्य विशेषताहरू

यस ट्याबलेटमा ११ इन्चको हाई–डेफिनिशन डायनामिक डिस्प्ले, नवीनतम ३ एनएम प्रोसेसर, र सुधारिएको एस पेन सहितको आकर्षक डिजाइन समावेश गरिएको छ । यसको हल्का तौल, स्लिम बडी, र एर्गोनोमिक टिल्ट–सेन्सिङ क्षमता प्रयोगकर्तालाई काम, अध्ययन र सिर्जनामा सहज बनाउँछ ।

ग्यालेक्सी एआई र र वाल यूआई ८ का स्मार्ट फिचरहरू

ट्याब एस ११ भित्र जीमीनी लाइभ (रियल–टाइम स्क्रिन शेयरिङ), ड्रोइङ असिष्ट, राइटिङ असिष्ट, र सर्किल टु सर्च जस्ता सुविधाहरू समावेश छन् । यी सुविधाहरूले लेख्ने, कोर्ने, विचार आदान–प्रदान गर्ने र मल्टिटास्किङलाई अझ सहज र स्वाभाविक बनाउँछन् ।

प्रोडक्टिभिटीका लागि थप सुधारहरू

ट्याब एस ११ मा सामसङ डेक्स एक्स्टेन्डेड मोड पनि दिइएको छ, जसले ट्याब र बाह्य मोनिटरलाई डुअल–स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्छ । साथै, गुडनोट्स, क्लिप स्टुडिओ पेन्ट, लुमाफ्यूजन, र नोसन जस्ता लोकप्रिय एपहरूसँगको अनुकूलताले यो ट्याबलेटलाई सिर्जनाकर्मी, विद्यार्थी र पेशेवर प्रयोगकर्ताका लागि आदर्श उपकरण बनाएको छ ।

सामसङ नेपालका एमएक्स डिभिजनका निर्देशक प्रणयरत्न स्थापितले भने, “ग्यालेक्सी ट्याब एस ११ मार्फत हामी नेपालका युवाहरू, सिर्जनाकर्मी र पेशेवरहरूलाई आधुनिक सिर्जनशीलता र उत्पादकताका लागि उत्कृष्ट उपकरण प्रदान गर्दैछौं । यो ट्याबलेट तपाईंलाई जहाँ भए पनि स्मार्ट काम र ठूलो सोचको लागि सशक्त बनाउने गरी डिजाइन गरिएको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?