ट्रेंडिंग:

>> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु

ज्येष्ठ नागरिकलाई माया र सम्मानको खाँचो

११ पुष २०८०, बुधबार
११ पुष २०८०, बुधबार

नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने परम्परा सुरु भएको छ । नेपाल सरकारको निर्णय बमोजिम दुई वर्षदेखि औपचारिक रूपमा ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन लागिएको हो । ज्येष्ठ नागरिक हाम्रा समाजका सम्मानका उपल्लो आदर्श हुन । वृद्धहरू क्रमशः उपेक्षित जीवनयापन गर्नुपर्ने स्थिति देखिँदै छ । नेपाली सामाजिक मूल्य, मान्यता र धार्मिक आस्थामा पनि बृद्धहरूलाई आदर, सम्मान र सेवा गर्नुपर्ने तथ्य प्रचलित छन् तर, आर्थिक र सामाजिक अवस्थाका कारण घर परिवारले चाहेर पनि उचित स्याहार, माया र संरक्षण प्रदान गर्न सकेको पाइएको छैन । परिवार, समाज र राज्यको सेवामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सिंगो जीवन अर्पित गरिसकेका बृद्धहरूको सेवा, हक, हित र अधिकार संरक्षण गरी सुव्यवस्थित जीवनयापन गर्न सक्षम बनाउन नीति नियम, कार्ययोजना बनाई सफल कार्यान्वयन हुन जरुरी छ ।

विश्वमा ज्येष्ठ नागरिकको अवस्था सन्तोषप्रद छैन । झन् नेपालका गाउँ कुनामा घर रुघ्ने र सहाराविहीन भएर बस्ने ज्येष्ठ नागरिकको संख्या दिनप्रतिदिन थपिँदो छ । दोहोरो सुविधा लिन नपाइने नियमको कारण राज्यको सम्मानबाट ज्येष्ठ नागरिक वञ्चित भएको समेत देखिन्छ । ज्येष्ठ नागरिकको सेवा, सुविधा र सम्मानमा राज्य र परिवारबाटै पक्षपात भएको छ । त्यही भएर राज्यले दिएको सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकको सम्मान र मर्यादाको लागि हो । तर पेन्सन प्राप्त गर्नेले दोहोरो सुविधाको कारण देखाएर वृद्धभत्ता नदिनु अन्याय र विभेद हो । निश्चितरूपमा उमेर बुढो हुँदै जाँदा विभिन्न शारीरिक र मानसिक परिवर्तन हुँदै जान्छ । शरीरका अङ्गहरू कमजोर र निर्वल हुँदै जाँदा आफू केही गर्न सक्दिन, मलाई आफ्ना परिवारले हेरचाह गर्लान्, नगर्लान् भन्ने जस्ता हीनताबोध र चिन्ता सुरू हुन थाल्छ । यस्तो चिन्तनले मानसिक समस्यामा बदलिन पुग्छ । यस्तो अवस्थामा पुग्नुअगावै ज्येष्ठ नागरिकमा परिवार हुनेलाई परिवारको र परिवार नहुनेलाई समाज र राज्यको भरपुर आडभरोसाको खाँचो हुने गरेको छ । वृद्ध उमेर संवेदनशील उमेर हो । त्यसैले, सामान्य कुराले पनि ज्येष्ठ नागरिकको मन दुख्न सक्छ ।

यस्तो बेला आफ्ना बा आमा र ज्येष्ठजनप्रति उनका सन्तानले कस्तो व्यवहार गर्ने, सो को जानकारी पनि सन्ततिलाई दिने परामर्श आवश्यक हुन्छ । सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्ने लगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु जेष्ठ नागरिकप्रतिको सम्मान हो । ज्येष्ठ नागरिकलाई घर, परिवार एवं समाजबाट आदर, सम्मान र संरक्षण सुनिश्चित गर्न सके मात्र यो नारा सार्थक हुनसक्ने निश्चित छ । जीवनको उर्बर समय परिवारको लालनपालनका साथै समाज र राष्ट्रको सेवामा समर्पित भई अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र अनुभवका खानीसमेत हुन । जेहोस ढिलै भएपनि ज्येष्ठ नागरिकको सम्मानमा सरकारले दुई बर्ष अघिदेखि ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरेको छ । यो सवै ज्येष्ठ नागरिकप्रतिको सम्मान हो । ज्येष्ठ नागरिकलाई राज्यले मात्र होइन परिवारबाट पनि सम्मान र मायाँको खाँचो छ । उनीहरूमाथि भैरहेको दुव्र्यवहार, विभेद र घृणा अव बन्द गर्नेतर्फ सरकार र परिवारको पहल जरुरी छ । ज्येष्ठ नागरिकमाथि अपहेलना गर्ने जो कोहीमाथि कडा कारवाहीको ब्यवस्था गरिएमा मात्रै उनीहरूप्रतिको साँचो सम्मान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?