© २०२३
कपिलवस्तु, ०६ वैशाख ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमल्सिनाले आन्दोलनरत शिक्षकहरूलाई विद्यार्थीको भविष्य प्रति गम्भीर हुन आग्रह गर्दै शिक्षा क्षेत्रको अराजकता नरोकिए शिक्षा प्रणाली नै ध्वस्त हुने बताए । सरकारले शिक्षकका माग सम्वोधन गर्ने प्रतिवद्धता जनाउँदा जनाउँदै पनि शिक्षकहरू विद्यार्थी भर्ना अभियान छोडेर सडकमा आन्दोलित हुनु गैरजिम्मेवारीपूर्ण कार्य भएको उनको भनाइ थियो ।
कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुको सहयोगमा सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशले जिल्लाको चन्द्रौटामा आयोजना गरेको बिद्यालय शिक्षा क्षेत्र योजना कार्यक्रम अन्र्तगतको प्रदेशस्तरका प्रमुख सरोकारवाला सँग बार्षिक प्रगती तथा सिकाई समिक्षा कार्यक्रममा बोल्दै मन्त्री तिमल्सिनाले विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउने बिषय अहिले चुनौतीको बिषय बनेको तिमल्सिनाले बताए । प्रदेशमा शिक्षाको बजेट न्युन भएको गुनासो गर्दै उनले प्रदेशले शिक्षा नितिमा आवश्यक परिमार्जन शूरु गरेको बताए । सामुदायिक विद्यालयको सुधारका लागी सरकार, सरोकारवाला, शिक्षक र अभिभावकको चासो बृद्धि हुनुपर्नेमा उनको जोड् थियो ।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीले लुम्बिनी प्रदेशमा शिक्षाको अवस्थाको बारेमा जानकारी दिदै प्रदेशको शिक्षाको अवस्था सुधार्न सबै सरोकारवाला आ आफ्नो तहमा गम्भीर हुनुपर्ने बताए । कार्यक्रममा युनिसेफ लुम्विनी प्रदेश प्रमुख रिद्दी शर्माले लुम्बिनी प्रदेशमा शिक्षाको अवस्था सुधार गर्न बिद्यालय शिक्षा क्षेत्र योजना कार्यक्रम अन्तर्गतका योजनालाई प्रभावकारी कार्यान्वयनका लागी मन्त्रालयको बार्षिक योजनामा जोड्नु पर्ने बताईन । उनले प्रदेशका १ सय ९ मध्य २७ वटा पालिकामा मात्रै स्थानिय विद्यालय शिक्षा क्षेत्र योजना बन्न थालेकाले अन्यका हकमा समेत मन्त्रालयको अगुवाईमा योजना निर्माण र कार्यान्वयनले प्राथमिकता पाउनु पर्ने उनको सुझाव थियो ।
कालिकाका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले नेपाल सरकारको विद्यालय शिक्षा योजना कार्यक्रम अन्र्तगतको सरकारको १५ बर्षे शिक्षा योजना लाई सहयोग पु¥याउने गरि ७ जिल्लाको २७ पालिकाहरूको स्थानिय बिद्यालय शिक्षा क्षेत्र योजना निमार्ण कार्य अगाडी बढाईएको जानकारी दिए । कार्यक्रममा लुम्बिनी प्रदेशका ७ जिल्लाका २७ पालिकाका शिक्षा शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो । युनिसेफ, युरोपियन युनियन, सावमी फिनल्याण्ड र कालिकाको आर्थिक र प्राबिधिक सहयोगमा १३ पालिकाको विद्यालय शिक्षा क्षेत्र योजना अन्तएगतको स्थानिय तहको योजना स्विकृत भएको, ११ पालिकाको योजनाको मस्यौदा तयार भई छलफलको चरणमा रहेको र बाँकी चार पालिकाले बैशाख महिना भित्र विद्यालय शिक्षा क्षेत्र योजना तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाईएको छ ।
त्यसै गरि युनिसेफकै सहयोगमा कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका र शिवराज नगरपालिकामा कोभिड संक्रमणका कारण विद्यार्थीमा भएको सिकाई क्षति परिपुरणका लागी रियल परियोजना अन्र्तगत चार महिना सम्म अतिरिक्त कक्षा र रूपन्देहीको मर्चवारी तथा कपिलवस्तुको महाराजगंज र शिवराज नगरपालिकामा बहुभाषिक शिक्षाको कार्यक्रम सञ्चालन गरिएको जनाईएको छ । कार्यक्रममा शिवराज नगरपालिकाका शिक्षा शाखाका प्रमुख पुर्ण बिश्वकर्माले नगरले माध्यमिक तह सम्म निशुल्क शिक्षाको घोषणा गरि कार्यक्रम कार्यान्वयनमा लगेको जनाए । योजना निर्माणका क्रममा आफुहरूले श्रोत अनुसारको कार्यान्वयन योग्य योजना निर्माणलाई महत्व दिएको स्पष्ट पारे ।