© २०२३
बाँके, ०६ बैशाख ।
बाँकेको नेपालगंज पश्चिम तराईमा अत्याधिक गर्मी हुने ठाँउ हो । तर लोहार व्यवसायीहरू आगोमा फलाम ठटाएर विभिन्न किसिमका फलामका समानहरू बनाएर दैनिक जिविको पार्जन गरिरहेका छन् । उनीहरू भन्छन, फलाम तताएको दशकौँ भयो तर परिवारको घरखर्च चलाउन बाहेक बचत गर्न सकिएन । अत्याधिक गर्मीमा काम गर्ने बानी परिसकेकोले अब आगो नजिक बस्न र फलाम तताएर ठटाउन बध्यता पनि छन् । बैशाख महिना लागे सँगै करिब ४० डिग्री सेल्सियस तापक्रम हुन्छ तर (लोहार) पेसा गर्नेले त्यही गर्मिलाई छिचोल्दै फलाम थताएर जिविकोपार्जन बाध्य भएका छन् । फलाम ठटाएर ४० बर्ष भयो तर घरखर्च बहेक बचत गर्न सकेको छैन । बालबच्चालाई शिक्षादीक्षा सबै दिए तर बचत गर्न नसकेको लोहार व्यवसायी अनरोख अन्सारीले बताए । यो पेशामा अवश्यकता भन्दा बढी मेहिनत गर्नु पर्ने हुन्छ मेहिनत अनुसार आम्दानी छैन । दिनभरी काम गर्दा पनि कुनै दिन रित्तै फर्किनु पर्ने हुन्छ । तर कुनै दिन काम धेरै भयो भने एक हजार देखि १५ सय सम्मको कमाही हुने गरेको व्यवसायी अन्सारीलेब बताए । एकतिर गर्मी आकोतिर आगोको रापले निकै पोल्ने गरेको हुन्छ तर परिवारलाई सम्झेर काम गर्न बाध्य रहेको उनले भने ।
नेपालगगंज बजारको मुख्य चोक धम्बोझी चोकको छेउमा दलोहार व्यवसायी गर्दै आएका मुवरक कबडीया भन्छन, ताँगा चल्दा सम्म तागाँ चलाए ताँगा चल्न बन्द भए पछि लोहारको काम सिखेर लोहारको काम गरिरहेको छु । १८ बर्ष भयो लोहारको व्यवसाय गर्न लागेको तर यो व्यवसायबाट घर खर्च चल्छ बचत भने गर्न सकेको छैन । यो पेशा शरीरमा जब सम्म ताकत अर्थात बल हुन्छ तब सम्म मात्र गर्न सकिने व्यवसायी कबडीयाले बताए । दैनिक काम आए अनुसार कमाही हुन्छ कुनै दिन धेरै आम्दानी हुन्छ त कुनै दिन रित्तै घर फर्किनु पर्छ । त्यसमा पनि नेपालगन्जको गर्मी र आगोमा फलाम थताउनु पर्दा निकै कस्तकार यो पेशा लागेको हुन्छ तर बध्यताले यो पेशा गर्नु पर्ने कबडीयाले बताए । परिवारका सदस्यहरू कुरेर बसेका हुन्छ आज राम्रो कमाही भएको भए राम्रो खाने कुरा खाउला भनेर धेरै कम दिन हुन्छ परिवार खुशी भएको देख्न पाईन्छ । अरू बेला त्यस्तै भएपनि चाडपर्वको बेला निकै गह्रो भएको कबाडियाले बताए ।
हामीले फलामको औजार धेरै किसिमको बनाउने गरेका छौ तर मेहिनत अनुसार पैसा मिल्दैन र यो पेशा गरेर हामीलाई घर परिवार पाल्न गह्रो हुन्छ । एकता नेपालगन्जको गर्मी र आगो र फलामको गर्मीले गर्दा निकै दुख लाग्छ । दैनिक ५ सय कमाइ हुन्छ तर परिवारले खाना पुग्ने चामल किन्ने पैसा पुग्दैन । परिवारले राम्रो खाएको धेरैदिन भयो छोरा छोरीहरूले जिद गरेका हुन्छन तर तिनीहरूको ईच्छा महिना वितिसक्यो पुरा गर्न सकेको छैन । बाबु आमा पनि बुढा भैसकेका छन् उनीहरूलाई पनि राम्रो कपडा र खानेकुरा दिन सकेको छैन । काम दिने मानिसहरूले मिहिनेत हेर्दैनन् आफ्नो पैसा मात्र बचाउन खाज्ने गरेका हुन्छन् यस्तो गर्मीमा आँसिया थताएको दश रूपैँयामा मात्र काम गराउन खोज्नेहरू धेरै आउने गरेका उनले गुणसो गरे ।
घर चलाउने एकतिर तनाव र अर्काेतिर आगो मुनि बसेर फलाम ठटाएर फलामलाई आकार दिने अर्को तनाब छ । तै पनि लोहार व्यवसायीले घर खर्च चलाउनको लागि नेपालगन्जको ४० डिग्री सेल्सियस तापक्रममा काम गरिरहेका हुन्छन । बल भए सम्म गर्ने पेशा किहले सम्म चल्छ ? यो पेशाबाट सरकारी तथा गैरसरकारी संस्थामा काम लाग्ने पेशा हो तर पनि अझै सम्म कुनै निकायले यो पेशाको बारेमा पहल गर्न जरुरी देखिन्छ । लोहार पेशा निम्न आय भएका समुदायले गर्ने पेशा मध्य एक रहेको हो । नेपालगंज उपमहानगरपालिकामा लोहार पेशा गर्ने मानिसहरू धेरै रहेका छन् तर नेपालगञ्ज उपमहानगरपालिकाले कुनै पहल गर्न सकेको छैन ।