© २०२३
बुटवल उपमहानगरपालिका -११, बुद्धनगरमा आज बिहान गोली चलेको छ । गोली लागेर एक युवती घाईते भएकी छन् । पाल्पा रैनादेवी छहरा घर भई बुटवल बुद्धनगरमा बस्दै आएकी युवती टिका बिष्ट क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
गोली के कारणले चलेको हो भन्नेबारे थप अनुसंधान भैरहेको प्रहरीले जनाएको छ । घाईते महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । युवतीको ढाडमा गोली लागेको प्रहरीले जनाएको छ।