ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

रातीमा मणिमुकुन्द भलिबल

वैशाख ६ देखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत र ईरानका खेलाडीहरूको सहभागिता रहने छ ।
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार

बुटवल,०६ वैशाख  ।
योगीकुटी चोकदेखि २ सय मिटरको दुरीमा छ, मणिमुकुन्द भलिवल क्लबको आफ्नै कोर्ट । जहाँ खेलाडीहरू नियमित अभ्यास गर्छन । बिहान साँझ अभ्यास हुने थलो अहिले भने प्रतियोगिताको तयारीमा सजिएको छ । शनिबारदेखि हुने १० औं मणिमुकुन्द कप पुरुष भलिबल इन्डो–नेपाल क्लव च्याम्पियनसीप–२०८२ को । नजिकैको क्लबको कार्यालय कोठा, भान्सा छ । युवाहरू आफै मैदानमा दिनभर खट्छन, खाना पकाउँछन, खान्छन, रातीमा आराम गर्छन । भलिबल खेल वास्तवमा इन्डोर खेल हो । पूर्वाधार नहुँदा खुला कोर्टमा खेलाउने गरिएको छ ।

नवौ संस्करण सम्पन्न गरेको अनुभवलाई थप परिस्कृत गरि रातीको प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । यसअघि २०७६ सालमा रात्रीकालिन जिल्ला स्तरीय प्रतियोगिता गरेको उनले स्मरण गरे । प्रतियोगिता आयोजनामा केही चुनौतीहरू आएको उनले स्वीकारे । सुरक्षा, प्रकाश व्यवस्था र व्यवस्थापनका विषयमा धेरै मेहनत गरेको उनले दाबी गरे । तराई क्षेत्रमा दिउँसो मौसम बाधक हुने हुँदा पनि बिकल्पको रूपमा राती प्रतियोगिता गर्न लागेको उनले बताए । बैशाख ६ देखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धेरै सहयोगी हातहरूको साथ रहेको उनले बताए । शुरुवातमा उज्यालोको लागि बत्ति जडानमा केही समस्या आएको उनले बताए । प्रतियोगिता साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ । टिकट, पार्किङ, नास्ता लगायतको जिम्मेवारी अनुसार काम भएको उनले बताए । ‘दर्शकको भिडलाई ब्यवस्थापन गर्ने, पार्किङलाई ब्यवस्थित गर्न युवाहरू खटिने छन ।’–उनले भने । खेल पर्यटनमा नयाँ आयाम दिने गरि कार्यक्रम गर्न लागेको उनले बताए । ‘तयारी पुरा भएको छ ।’–उनले भने । ३ हजार दर्शक क्षमताको प्याराफिट तयार भएको छ ।

लोकेन्द्र भण्डारी
अध्यक्ष, मणिमुकुन्द भलिवल क्लब

लुम्बिनी प्रदेश भलिवल संघका अध्यक्ष योगबहादुर गुरुङले रात्रीकालीन भलिबल प्रतियोगिताबाट यस क्षेत्रमा खेलकुदप्रतिको आकर्षण र प्रेरणा जागाउने बताए । ‘सांस्कृतिक माहोल र रात्रिकालीन जीवनशैलीको प्रवद्र्धनमा थप टेवा मिल्ने छ ।’– उनले भने । दिनभर आफ्नो काममा ब्यस्त रहने खेलप्रेमीहरूलाई प्रतियोगिता हेर्न सहजता हुने उनले बताए । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपनि यसको विकासमा भने न्यून लगानी भएको उनले दुखेसो गरे ।
नीजि क्षेत्रबाट खेल क्षेत्रलाई धान्ने काम भएको उनले स्वीकारे । खेलबाट स्थानीय समुदायबीच आपसी मेलमिलाप, सहकार्य र एकताको भावना विकास हुने उनको दाबी छ । पुरुष भलिबल खेलाडी उत्पादन र प्रतियोगिता आयोजना कै कारण क्लब चिनिदै आएको क्लवका बरिष्ठ सल्लाहकार तथा नेपाल भलिवल संघका पूर्व केन्द्रीय सदस्य टुकबहादुर क्षेत्रीको दाबी छ । ‘यो गरिमा बचाउने दायित्व सबैको हो ।’– उनले भने ।

टुक बहादुर क्षेत्री
पूर्व केन्द्रीय सदस्य, नेपाल भलिवल संघ

निरन्तर खेल गतिविधि हुने रूपन्देहीमा रात्रीकालिन प्रतियोगिता नया भएको उनले बताए । यसअघि आयोजना गरिएका प्रतियोगिताहरू अनुभवका रूपमा रहदै आएको उनले बताए ।प्रतियोगितामा उपाधि विजेता टिमले नगद ३ लाख ११ हजार १११ रुपियाका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका संस्थापक अध्यक्ष मिलन रानाले बताए । ‘यो वर्ष पुरस्कार राशी १ लाख रूपैया बढाएका छौ ।’–उनले भने । उपविजेता टिमले नगद २ लाख ११ हजार १११, ट्रफी,मेडल र प्रमाणपत्र तथा तृतीय टिमले नगद १ लाख ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र, सान्त्वना हुने टिमले नगद ६६ हजार ६६६ रुपिया, ट्रफी, मेडल तथा प्रमाणपत्र बाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट प्लेयर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर, उत्कृष्ट कोच र अनुशासित खेलाडीलाई पनि नगद र कपबाट पुरस्कृत गरिने उनले बताए ।

योग गुरुङ्ग
अध्यक्ष, लुम्बिनी प्रदेश भलिबल संघ

भारतको एक र नेपालका ८ टिम सहभागी हुने क्लवका सल्लाहकार सुरेन्द्र गुरुङ्गले बताए । प्रतियोगितामा साग भलिवल एकेडेमी गुजरात भारत, त्रिभुवन आर्मी क्लव काठमाडौं, नेपाल पुलिस क्लव काठमाडौं, नेपाल एपिएफ क्लव काठमाडौं, गण्डकी प्रदेश भलिवल संघ, कोशी प्रदेश भलिवल संघ, गलकोट भलिवल क्लव बाग्लुङ, मणिमुकुन्द भलिवल क्लव तिलोत्तमा र सुदूरपश्चिम खेलकूद परिषद रहेका छन । खेल सम्पन्न गर्नका लागि ६८ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । ९ औं संस्करण राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल आर्मी क्लब विजेता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?