ट्रेंडिंग:

>> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी

लुम्बिनी एक्स्पोमा किसानको माटो निःशुल्क परीक्षण

किसानमा जनचेतना र प्राविधिकको कमी मुख्य समस्या
९ पुष २०८०, सोमबार
९ पुष २०८०, सोमबार

बुटवल,९ पुस ।    बुटवलमा जारी लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय ब्यापार मेला सामान बेच्न स्टल राखेका ब्यापारीका लागि मात्र हैन गाउंघरका किसानका लागि पनि फाइदा लिने थलो बनेको छ । रुपन्देही ब्यापार संघको आयोजनामा पुस ५ देखि जारी लुम्बिनी एक्स्पोमा आयोजकले कृषि र किसानलाई उच्च प्राथमिकता दिएका छन् । यही कारण कृषिजन्य स्टललाई निशुल्क गरेका छन् भने किसानका लागि निकै महत्वपूर्ण पाटो मानिने माटो परीक्षणलाई निःशुल्क गरेका छन् । किसानको खेतमा कुन बाली लगाउन उपयुक्त हुन्छ ?, माटोको उर्वरा शक्ति कस्तो छ ?, माटोको उपचारका लागि कुन मलखाद कति मात्रामा राख्नु पछ ?, माटोको खाद्य तत्व कस्तो छ ? आदि सबै जानकारी लिन माटो परीक्षण गर्नुपर्छ ।
किसानले व्यक्तिगत ढंगले माटो परीक्षण गर्न चाहेमा बांकेको खजुरा पुग्नुपर्ने हुंदा धेरै समय, खर्च र शुल्क पनि तिर्नुपर्ने हुन्छ ।
किसानलाई सहज रुपमा सेवा दिने उद्देश्यले एक्स्पोमै निशुल्क माटो परीक्षण शिविर राखिएको लुम्बिनी एक्स्पोका कृषि तथा प्रविधि उपसमिति संयोजक मेघनाथ पौडेलले बताए ।

एक्स्पोको कृषि पेभिलियनमा सोमबारदेखि निःशुल्क माटो परीक्षण गर्न पाउने व्यवस्था आयोजकले मिलाएका छन् । यसले किसानले एकै दिनमा माटो परीक्षण गर्न र अर्को दिन रिपोर्ट पाउंछन् । माटो परीक्षण गरेर त्यसको रिपोर्ट अनुसार मलखाद राखेमा माटोको उर्बरा शक्तिको संरक्षण पनि हुने र उत्पादन बृद्धि हुने भएकाले माटो परीक्षण निकै महत्वपूर्ण पाटो भएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बांकेका प्राविधिक तिलक केसीले बताए । लुम्बिनी एक्स्पोमा किसानलाई निःशुल्क सेवा दिन ५ जना प्राविधिक एक्स्पोमा खटिएको उनले बताए । माटोको उर्बरा शक्ति संरक्षण गर्न माटो परीक्षण अनिवार्य हुने केसीले बताए ।

किसानमा जनचेतना र प्राविधिकको कमी मुख्य समस्या

एक्स्पोमा माटो परीक्षण शिविर राखिएपनि अधिकांश किसानमा माटो परीक्षण गरेर आउने रिपोर्टका आधारमा उचित मात्रामा खेतमा मलखाद राखेपछि उत्पादन बृद्धि गर्न सकिन्छ अनि माटोको उर्बरा शक्ति दीगो रुपमा संरक्षण गर्न सकिन्छ भन्ने जनचेतनाको अझै पनि कमी रहेको केसीले औंल्याए । ‘हामीले माटो परीक्षण गर्ने बस एक्स्पाृमा ल्यायौं तर अपेक्षाकृत मात्रामा किसानले माटो ल्याएका छैन्,ल्याएकाले पनि सही ढंगले स्याम्पल ल्याउन सकेका छैनन्’–केसीले भने–‘माटो परीक्षणका लागि एउटा बाली लगाएपछि अर्को बाली नलगाउंदै र खेतमा रासायनिक मल नराखेको अवस्थाको स्याम्पल माटो परीक्षण गर्दा मात्रै सही रिपोर्ट आउंछ तर यहां अधिकांश किसानले खेतमा रासायनिक मल राखेको अवस्थाको माटो परीक्षण गर्न ल्याएं’–माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बांकेका प्राविधिक केसीले भने–‘माटोको सुरक्षा र कृषि उत्पादन बढाउन माटो परीक्षण निकै महत्वपूर्ण पक्ष हो भन्ने चेतना अधिकांश किसानमा अझै छैन ।’

प्राविधिक केसीले माटो परीक्षण गर्ने प्राविधिक जनशक्ति बीएस्सी एजी र एमएससी एजी हुनुपर्नेमा माटो समूहमा कर्मचारीको अभाव भएको बताए ।

कृषिसंग सम्बन्धित सरकारी निकायले माटो परीक्षणलाई प्राथमिकतामा राख्नुपर्ने एक्स्पो आयोजक रुपन्देही ब्यापार संघका पुर्व अध्यक्ष कृष्णप्रसाद पोखरेल बताउंछन् ।
‘सबै कुरा सरकारी नीति र कार्यक्रममा निर्भर हुने भएकाले सरकारले नै माटो परीक्षणका फाइदाबारे आम किसानमा जनचेतना फैलाउन जरुी देखियो’–उनले भने ।
माटो परीक्षणका लागि आवश्यक समन्वय र सहजिरकण गरेको कृषि विकास निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेले सरकारले निशुल्क रुपमा उपलब्ध गराएका सेवा किसानले लिन जागरुक पनि हुनुपर्ने बताए । सरकारले दिने सेवालाई महत्व दिन र यसबाट लाभ लिन निर्देशक पाण्डेले किसानलाई आग्रह पनि गरे ।
पुस १८ गतेसम्म चल्ने एक्स्पोमा १० अन्तर्राष्ट्रिय सहित ६ सय स्टल रहेका भएपनि धेरैको चासो कृषि पेभिलियनमा छ । मुलुकले वर्षेनी खर्बौंको कृषिजनय वस्तु विदेशबाट आयात गर्नुपरेकाले मुलुक कृषिमा आत्मनिर्भर हुनका लागि कृषिमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्छ भन्ने उद्देश्यले कृषि प्रविधि र औजारको प्रदर्शनी, निशुल्क परामर्शसहित निशुल्क माटो परीक्षण शिविर पनि राखिएको एक्स्पो आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%