ट्रेंडिंग:

>> कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न >> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’ 

सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत

२१ मंसिर २०८२, आइतबार
२१ मंसिर २०८२, आइतबार

रामेछाप, २१ मंसिर ।

मन्थली नगरपालिका–७ भटौलीका ४० वर्षीय दिलबहादुर अछामीलाई धेरैले ‘सामाजिक विषय पढाउने शिक्षक’ भनेर चिन्छन् ।

तर, उनको वास्तविक पहिचान अब कक्षाकोठामा मात्र सीमित छैन । उनी स्थानीय किसानलाई सम्भावनाको नयाँ बाटो देखाउने प्रेरणाका स्रोत पनि बनेका छन् ।
मन्थली नगरपालिका–९ पुरागाउँस्थित स्थानापति माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका अछामीले विद्यालयबाट बचेको समयलाई कृषिमा खर्च गरेका छन् ।

उनले सुरु गरेको ड्रयागनफ्रुट खेती अहिले नमुना बगैँचा बनेको छ  । कहिल्यै पानी नपुग्ने, चर्को घाम, सधैँ सुक्खा– भटौली गाउँको भूगोल नै त्यस्तो छ । यस्तो ठाउँमा व्यावसायिक फलफूल खेती सम्भव हुन्छ भन्ने कल्पना धेरैको थिएन तर अछामीले एक सय पोलमा चार सय ड्रायगनका बोट रोपे, त्यससँगै आँप, कागती, अनार, कुरिलो, भूइँकटहर, केरा जस्ता बोटबिरुवा थप्दै बारीलाई बिस्तारै ‘हरियाली’ मा बदल्न थाले ।

पहिलो वर्ष उत्पादन मनासिब नभए पनि दोस्रो वर्षले मेहनतको रङ्ग देखायो । करिब ९ सय किलो ड्रायगन फ्रुट प्रतिकिलो तीनसय रूपैयाँमा बिक्री हुँदा २ लाख ७० हजार रूपैयाँभन्दा बढी आम्दानी भयो । अन्य फलफूलबाट आउने आर्थिक लाभ थपिएको छ अलगै ।

‘पानीको अभाव छ, खेती नराम्रो हुन्छ भन्थे तर निरन्तरता र लगन भए खेतीमै भविष्य छ भन्ने मलाई दोस्रो वर्षमै थाहा भयो’, अछामी भन्छन् । गाउँमै बसेर स्वरोजगार बन्ने आफ्नो यात्रा ‘सुख्खा ग्रस्त गाउँ पनि कत्तिको सम्भावनायुक्त रहेछ’ भन्ने कथन बनेको उनी बताउँछन् ।

अछामीको बगैँचा २५ भन्दा बढी जातका आँप, मौरी पालन, फलफूल तथा तरकारीसहित बहु उपयोगी कृषि फार्म जस्तै बनेको छ । यही फार्म अहिले उनको परिवारको मूल आम्दानीको आधार बनेको छ ।

शिक्षक अछामी मात्र होइन, उहाँकी जीवनसाथी सरिता कुमारी रम्तेल पनि बगैँचा बढाउने मुख्य पात्र हुन् । श्रीमानले सिकेका सीपलाई व्यवहारमा उतार्ने दैनिक भूमिकामा सरिता अडिग छिन् । गाउँमा पानीको अभाव, गोठालोको समस्या, फलफूल जोगाउने चुनौती, सबै सामना गर्दै उनले ‘कृषि सम्भव छ’ भन्ने प्रमाण खडा गरिन्  ।

‘राम्रो योजना, निरन्तर मिहिनेत र आवश्यक ज्ञान भए गाउँमै बसेर पनि आत्मनिर्भर हुन सकिन्छ’, सरिता भन्छिन् । भटौलीमा युवादेखि स्थानीय किसानसम्मले अछामी दम्पतीको बगैँचा हेर्न आउने क्रम बढेको छ । कसरी सुक्खा क्षेत्रमै ड्रायगन सफल हुन्छ ? के कति लगानी चाहिन्छ ?

पानी नहुँदा कसरी व्यवस्थापन गर्ने ? यस्ता प्रश्नका उत्तर खोज्दै आउनेहरूको भीड नै उनको प्रेरणादायी यात्राको प्रमाण बनेको छ । शिक्षक भएरपनि कृषि सीपमा समय दिने र व्यावसायिक सफलता हासिल गर्न सफल अछामी भन्छन्, ’गाउँमा बसेर पनि अवसर खोज्न सकिन्छ, मुख्य कुरा जागरूकता, सीप र निरन्तरता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?