© २०२३
चिसो मौसम शुरु भएसँगैै गुल्मीका कफी किसान चिन्तीत बन्न थालेका छन । त्यसको कारण चिसो मौसमसँगै निम्तिएको तुसारो र गँवारो रोगको समस्या हो । चिसो मौसम शुरु हुन थालेपछि कफीका विरुवा जोगाउन समस्या देखिएपछि किसानमा सोंचे अनुसार कफी खेतीबाट उत्पादन नहुने हो कि भन्ने चिन्ताले छोपेको छ । पछिल्लो पटक कफी खेतीमा कसरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्लाका कफी किसानहरूसँग राय तथा सुझावहरू संकलन गरिएको छ । सुझाव संकलनको क्रममा कफी कृषहरूले आफुले भोगेका दर्जनौ समस्या राखेका छन् । अधिकांंस कृषकहरूले रोग र सरकारको अभिभावकत्व नपाउँदा कफीवाट आफुहरूले सोंचे अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको बताएका छन् । उनीहरूले कफी खेतीको विस्तारका लागि राज्यले कफीका बिरुवामा मात्रै अनुदान उपलब्ध गराएर कफीको उत्पादन र उत्पादकत्व बृद्धि नहुने गुनासो गरेका छन् ।
जिल्लामा कफीको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूको संख्या धेरे देखिएपनि कफी किसानहरू भने सेतो गँवारो र तुसारोको समस्याबाट सधै ग्रसित बन्दै आईरहेका छन । गुल्मीमा पछिल्लो तथ्याङ्क अनुसार कफी खेतीमा आवद्ध बनेका किसानहरूको संख्या करि १८ सयको हाराहारीमा रहेको छ । रुरुक्षेत्र गाउँपालिकाकी एक कफी कृषक मना भट्टराईले चिसो मौसम शुरु भएपछि कफीका बिरुवाहरू मर्ने र फल्ने समयमा सेतो गँवारो, तुसारो, छहारीको समस्या जस्ता कारण कफीकाबोटहरू सुक्दै जाने गरेको बताइन । भट्टराई जस्तै लामो समयदेखि व्यवसायीक रूपमा कफी खेती गर्दै आएका भडकुवा, बलेटक्सार, आँपचौर मुसिकोट लगायतका अधिकांस कफी कृषकहरूको पनि उनको भन्दा फरक थिएन । १९९५ सालमा हीरा गिरीले बर्माबाट ल्याएको कफीको बिउँ गुल्मीको आँपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको मानिन्छ । यसकारण कफिले गुल्मी चिनारी पनि दिएको छ । जिल्लाको मुसिकोट नगरपालिकाको आँपचौर , छत्रकोट, गुल्मी दरवार , धुर्कोट , रुरुक्षेत्र लगायतका ठाउँमा कफी खेती गरिदै आएको छ । कफी उत्पतिको जननी गुल्मीमा अहिले २ सय ४१ हेक्टर क्षेत्रफलमा कफी खेती छ । जिल्लामा यस वर्ष ३० मेट्रीक टन कफी उत्पादन भएको थियो । जस अन्र्तगत आठ टन ग्रिनविन मात्र तेश्रो मुलुकमा निर्यात भएको तथ्यांक छ ।
कफीमा संभावना हँुदाहँुदैपनि सरकारले कफी उत्पादनमा मनलाग्दो लगानी गरिरहेको छैन् । किसानहरूलाई राज्यले कफीका बिरुवामा अनुदान दिएर कफीमा लगानी गरिरहेको बाहना गरिरहेको छ । कफी किसानहरू बिरुवाभन्दा बरु एक जना ज्यामी बराबरको पारिश्रमीक उपलब्ध गराउनु पर्ने माग गर्दै आएका छन् । व्यवसायिक रूपमा कफी खेती गरि एक हजारदेखि १५ सयसम्म कफी लगाउने किसानलाई मासिक एक जना ज्यामी बराबरको रकम उपलब्ध गराउनुपर्ने, उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिनुपर्ने उनीहरूको माग छ । तर संघ, प्रदेश र स्थानीयतह भने एकिकृत रूपमा कफी उत्पादनको योजना किसानसँग सँगै बसेर बनाइरहेका छैनन् । कफी खेती बढाउने र किसानको आम्दानी बढाउने हो भने कफीमा दिने अनुदान नीति परिवर्तन गर्न र कफी खेतीमा राज्यले गर्ने आर्थिक र प्राविधि लगानी बढाउनु जरुरी छ ।