ट्रेंडिंग:

>> बुटबलको बुदनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु

नारामा अल्झिएको गठबन्धन सरकार

२६ मंसिर २०८०, मंगलवार
२६ मंसिर २०८०, मंगलवार

पाँचदलीय गठबन्धन सरकारले सुशासन, विकास र सम्मृद्धिको नारा चलाएको एक बर्ष भएको छ । प्रधानमन्त्री प्रचण्डले हरेक कार्यक्रममा भ्रष्टाचार नियन्त्रणमा सरकार एक कदम अघि बढेको र जनताले सुशासन र सम्मृद्धि प्राप्त गरेको दावी गर्दै आएका छन तर सरकार कछुवा तालमा अघि बढेको उसको विकास खर्चले छर्लङ्ग देखाएको छ । चालू आर्थिक बर्षको ५ महिनामा पुँजीगत खर्च १० प्रतिशत छ । यो भन्दा बिजोग के हुन सक्छ ? यही तालले देशमा सम्मृद्धि आउला ? विकास बजेट नै खर्च नहुँदा चलायमान हुनुपर्ने आर्थिक गतिविधि अहिले शून्य छ । देश आर्थिक मन्दीको आहालमा छ । युवाहरू विदेश पलायन भैरहेका छन । नेपालमै उनीहरूलाई रोक्ने योजना सरकारसंग छैन । गठबन्धनलाई जनताले शान्ति, स्थीरता र विकासका लागि भन्दै मत दिएका थिए तर अहिले सरकार भुमरीमा फसेको छ । सरकार आफैले गरेको बाचा विर्सिएको छ । सरकार केवल सत्ता कसरी जोगाउने भन्ने खेलमा लागेको छ । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड जनताको लागि भन्दा पनि आफ्नो कुर्सी जोगाउन सकृय छन । चुनावका बेला जनतासंग गरेको बाचा विर्सिएका छन । यो अवस्था आउनुमा हाम्रो राजनीतिसँग सत्य र निष्ठाको तागत बाँकी रहेन भन्ने प्रमाण काफी छ । नेताहरूमा जिम्मेवारीबोध देखिएन । राजनीति अनेकौँ भ्रमहरूको खेतीपातीमा फस्यो । नेताहरू सधैँ कुर्सीको लागि लड्नु नेपाली राजनीतिको साझा चरित्र भएको छ ।

सरकारको खोक्रो आश्वासन र नारामा अव नेपाली जनता दिग्भ्रमित हुने अवस्था छैन । नेपाली मध्यम वर्गले शक्ति र सम्पत्ति नेताहरूको कमजोरी हो भन्न थालेको छ । तीव्र विकास चाहनेहरू राजनीतिको गति, सिर्जनशीलता र शुद्धतामाथि शंका गर्न थालेका छन । युवा वर्ग पछिल्लो राजनीतिसँग विश्वस्त छैन । कुरा मात्र गर्ने राजनीति अव युवाहरूले मन पार्नै छाडेका छन । सामाजिक न्यायको अपेक्षा गर्नेहरूलाई लाग्छ, यो विषयमा हाम्रा नेताहरू संवेदनशील छैनन् । नेपालको राजनीतिप्रति जनतामा अविश्वास बढ्दै गएको छ । वास्तवमा जनता र नेता नै विकासका सहयात्री हुन् तर दुर्भाग्य सहयात्रीबीच जब आशंका रहन्छन्, यात्रा सुखद हुँदैन । देशको विकास गर्नुपर्नेमा जनप्रतिनिधीहरू बिलासितामा केन्द्रित भैरहेका छन । यी र यस्तैगरी विसंगति फैलिदैछ । जनतामा निरासा बढ्दै गएको छ । हरेक बेथितिका पछाडि साना–ठूला नेताको आडभरोसा छ । चुनावका वाचाहरू वास्तवमा भ्रममात्र थिए भन्ने कुरा अहिले छर्लङ्ग भएको छ । प्रधानमन्त्री र मन्त्रीहरूको काम प्रभावकारी हुनुपर्नेमा त्यसो नभैरहेको गुनासो बढ्दो छ । यसतर्फ सरकारको ध्यान कहिले जान्छ ? मुलुकमा वास्तविक सुशासन र सम्मृद्धि कहिले आउँछ ? सरकारप्रति जनताको विश्वास टुटिसकेको अवस्था अहिलेसम्म भैसकेको छैन तर त्यो अवस्था नआओस् भन्नेतर्फ सरकार गंभीर हुनु जरुरी छ । अझैपनि समय छ– गठबन्धन सरकारले नारामात्रै होइन, काम गरेर देखाओस् । सुशासन र सम्मृद्धिको नारा जनताका लागि केवल सपना मात्रै नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?