ट्रेंडिंग:

>> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक

किन कृषि क्षेत्र घट्दो क्रममा ?

१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

सबै विदेश जाँदा म चाहिँ नेपाल के गरेर बस्नु ? भन्ने प्रश्न मनमा आउँदा आफ्नो पुस्ताको कर्म मस्तिष्कमा आयो– परापूर्वकालदेखि नै कृषिमा धनी देश भनेर चिनिने मेरो देश आज हामीलाई कृषि गर्न मन नलाग्नु कारण के त ? ८० प्रतिशत कृषि गरी आएका हाम्रा पुर्खाहरु अहिले घट्नुको कारण के त ? कृषिप्रधान राष्ट्र भनेर विश्वव्यापी रूपमा परिचित मेरो देश आज कृषि क्षेत्रमा पतित हुनुको कारण के त ?

हामीले कृषिलाई पैतृक पेशाको रुपमा अपनाएका छौं । नेपालमा पछिल्लो समय कृषि क्षेत्र व्यापक रूपमा घटेर गएको छ । यसमा दुई खालका विचार छन् :

१) पञ्चायत कालमा कृषि क्षेत्रमा उत्पादन पर्याप्त मात्रामा थियो, देशवासीलाई उपभोग गरेर पनि विदेश निर्यात गर्न मज्जाले पुग्थ्यो । त्यतिबेला नेपाल उत्पादन क्षेत्रमा ७÷८ नं. मा थियो । त्यतिबेला सबै मान्छे कृषि क्षेत्रमा जोडिएका थिए ।

२) लागत बढी भएकै कारण कृषिबाट पलायन बढ्यो र उत्पादन घट्यो । प्राचीनकालदेखि नेपालको मुख्य पेशा कृषि थियो । गोपाल वंशको प्रारम्भदेखि नै कृषिको थालनी भयो । प्राचीनकालमा कपिलवस्तु र रामग्रामका बासिन्दाहरू रोहिणी नदीको बाँध बाँधेर आ–आफ्नो खेतीमा सिंचाइ गर्ने गर्दथे । कृषि उत्पादनमा वृद्धि गर्न कुलोको व्यवस्था गरिएको थियो । मध्यकालिन अर्थ व्यवस्थामा कृषि मेरुदण्डको रूपमा थियो । काठमाडौँ उपत्यकामा त्यतिबेला कृषि पेसा निकै फस्टाएको थियो । यहाँको मलिलो माटोमा राम्रो धान, गहुँ, मकै, तोरी आदि उब्जनी हुन्थ्यो । अहिले काठमाडौँमा गत आर्थिक वर्ष २०७९÷८० मा ३३ अर्ब ६४ करोड ३१ लाख ४९ हजार रुपैयाँको धनचामल आयात भएको केन्द्रीय भन्सार विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष सोही अवधिमा ४४ अर्ब ४३ करोड २८ लाख ३८ हजार रुपैयाँको धनचामल आयात भएको थियो । जस अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष ११ अर्ब भन्दा बढीले आयात घटेको देखिन्छ । कृषिजन्य वस्तुको आयात बढ्नुको कारण सोझो सम्बन्ध आन्तरिक उत्पादन घट्नु हो ।

विश्व बैंकका अनुसार अधिकांश खाद्यान्न आम्दानी र रोजगारीको प्रमुख स्रोत कृषि हो । यसले कुल ग्रहस्थ उत्पादन जीडीपीको लगभग ३३ प्रतिशत योगदान गर्दछ । किसान आन्दोलनको इतिहास हेर्ने हो भने वि.सं. १८६१ सालमा गुठी, बिर्ता, किपट जग्गाको विवरण तयार गरी १८६२ सालमा ती जग्गा जफत गरिएको घोषणा गरियो । आफ्नो बिर्ता खोस्दा बिर्तावालहरुले विद्रोह गरेका थिए । यसलाई बासट्ठी हरण भनिन्छ । वि.सं. १९३६÷३७ सालमा साँवा र व्याज तिर्न नसकी किपट जमिन गुमाउनु पर्दा लिम्बुहरूले विरोध गर्नु परेको थियो ।

वि.सं. २००९ सालमा रौतहटमा “तमसुक फट्टा” आन्दोलन सुरु भएको थियो । वि.सं. २०१४ सालमा भूमि सुधार ऐन जारी गरिएको थियो । वि.सं. २०२१ सालमा भूमि सम्बन्धी ऐन जारी गरिएको थियो । वि.सं. २०२३ सालमा नवलपरासीको परासी र कपिलवस्तुको अजिगरामा किसान आन्दोलन भएको थियो ।

कृषिक्षेत्रमा उत्पादन घट्नुको मुख्य कारण ?

१) विदेश पलायन ः हरेक वर्ष नेपाली युवाहरु आफ्नो देशमा केही काम गर्ने अवसर छैन भन्दै विदेश पलायन हुने गरेका छन् । शिक्षित मानिसहरु अष्ट्रेलिया, क्यानडा जाने क्रममा छन् भने अशिक्षित मानिस साउदी, कतारलगवायत खाडी मुलुक जाने क्रममा छन् । पछिल्लो २–३ वर्ष देखि कक्षा १२ पढेर विद्यार्थीहरु स्टुडेन्ट भिसामा गएर विदेशमै बसेर पढेर काम गरेका छन् । आफूसँग भएका सिप, कला विदेशमै खर्चेका छन् । देशका युवाहरु नै देशका मेरुदण्ड हुन् तर उनीहरू नै विदेश पलायन गरेको रिपोर्ट हेर्ने हो भने वर्षमा २–३ लाख भन्दा बढी मानिसहरु विदेश पलायन हुने गरेका छन् । युवाहरुले नयाँ सिप खर्च गरेर कृषिमा लगानी गरेको भए कृषिमा वैज्ञानिक विधिको प्रयोग गरेको भए आज हाम्रो देशको कृषि क्षेत्रपनि उत्पादकत्व वृद्धि भएको हुन्थ्यो ।

२) भूमि खण्डीकरण : कृषि अभ्यासहरु गर्दा परिवर्तनले भूमिलाई कमजोर बनाउँछ । भूमि सुधारको परिवर्तनका कारण भूमि खण्डीकरणले कृषि उत्पादकत्वमा नकारात्मक प्रभाव पार्छ ।

३) बजारहरुमा सिमित पहुँच : नेपालको कृषि क्षेत्रको ठूलो समस्याको रूपमा रहेको छ । उत्पादन भएको वस्तु घरेलु र अन्तर्राष्ट्रिय बजारमा पहुंच नहुँदा आफ्नो बाली बेच्न किसानहरु संघर्ष गरिरहेका हुन्छन् । सिमित यातायात, कमजोर पूर्वाधार पनि यसको मुख्य कारण हो । बिचौलिया र कालोबजारीको कारण किसानले समयमा मल, बीउ पाउँदैनन् ।

४) पूर्वाधार अभाव : कमजोर, सडक, बिजुली र सिँचाइमा सिमित पहुँच र अपर्याप्त भण्डारण सुविधा लगायतका पूर्वाधारको अभावले कृषिक्षेत्रमा बाधक बनेको छ । खराब सडकहरूले किसानहरूलाई आफ्नो बाली बजारमा ढुवानी गर्न गाह्रो बनाउँछ, जबकि बिजुली र सिँचाइको अभावले आधुनिक खेती प्रविधिहरूलाई सिमित गर्दछ । अपर्याप्त भण्डारण सुविधाले खाद्यान्नको बर्बादी र किसानहरूको नाफा घटाउँछ ।

५) कीट र रोगहरू : काण्ड बोरर र ब्याक्टेरियल विल्ट जस्ता किरा र रोगहरूको विस्तृत श्रृंखलाले बालीहरूलाई खतरा बनाउँछ । यी कीराहरू र रोगहरूले बालीको उत्पादन र गुणस्तर घटाउन सक्छ, जसले किसानहरूको लागि कम नाफा निम्त्याउँछ ।

६) सीमित सरकारी समर्थन : नेपाल सरकारले कृषि क्षेत्रलाई अनुसन्धान, विस्तार र ऋण सेवालगायत सिमित सहयोग उपलब्ध गराउँछ । यो समर्थनको अभावले क्षेत्रको विकासमा बाधा पु¥याउँछ र किसानहरूलाई उनीहरूको कृषि अभ्यासहरू सुधार गर्न र उत्पादकत्व बढाउन आवश्यक स्रोत र ज्ञानको पहुँच गर्न गाह्रो बनाउँछ ।

७) भूमिको असमान वितरणः नेपालले भूमिको अवैज्ञानिक (अनियोजित) वितरणलाई पछ्याउँछ किनभने कृषि भूमि धेरै टुक्रा वा धेरै सानो टुक्राहरूमा टुक्रिएको छ । कम उत्पादन दिने जमिनमा खेती गर्न गाह्रो छ । यसबाहेक, वास्तविक जोत्नेहरूसँग पूर्ण–समय कामको लागि खेतीयोग्य जमिन छैन किनभने यो धेरै कम छ ।

८) अनुसन्धान र सर्वेक्षणको अभावः एक विशेष माटो र हावापानी एक विशेष बालीको लागि मात्र उपयुक्त छ । नेपालको माटोको प्रकार र जलवायुको पक्षलाई न सरकार र न किसानले नै प्रमाणित गरेका छन् । सरकारले कृषकका समस्याबारे सर्वेक्षण र तालिम विरलै गर्छ । यसले बजारको मागमा अनुसन्धान गर्ने प्रयास पनि गर्दैन । यदि केही प्रयासहरू गरिएका छन् भने ती अवैज्ञानिक, अपर्याप्त र औपचारिकताका लागि मात्र हुन् ।

यसबाहेक पनि अन्य समस्याहरू छन् जस्तै विस्तार सेवाहरूको अभाव, मौसम परिवर्तन, आधुनिक उपकरणको अभाव, गुणस्तरीय कृषि शिक्षाको कमी, आधुनिक मेसिनरीको कमीले गर्दा किसानले भएको जमिनको कुशल प्रयोग गर्न नसकेर उत्पादन घटेको छ । खेतीमा श्रम बढी लाग्ने, समयमा सिँचाइ नहुने जस्ता समस्याले किसान पलायन हुन पुगेका छन् । राज्यले ठोस नीति नियम ल्याउनु पर्ने हो तर किसानलाई सामान्य कुरा पनि दिन सकेको छैन ।

कृषि क्षेत्रमा उत्पादन कसरी बढाउन सकिन्छ ?

कृषि उत्पादनको लागि सबैभन्दा प्रमुख कुरा जमिन हो । जमिनलाई न त फराकिलो पार्न सकिन्छ न खुम्च्याउन नै सकिन्छ । कृषि कार्य एउटा उत्पादन कार्य भएकाले उत्पादनका साधनहरू जमिन, श्रम, पुँजी र सङ्गठनको पर्याप्त उपलब्धता हुनु अपरिहार्य छ ।

१) स्वदेशमै बसेर काम गर्ने : विदेश गएर आफ्नो सिप, कला आफ्नो जोश जागर खर्चिनु भन्दा राम्रो आफ्नै देशमा बसेर आफूसँग भएको ज्ञान, सिपलाई प्रयोग गरेर कृषि क्षेत्रमा जोडिनु पर्छ । कृषि क्षेत्रमा वैज्ञानिक विधिको प्रयोग गरेर यस क्षेत्रमा उत्पादकत्व बढाउन सकिन्छ ।

२) बजारमा पूर्ण पहुच : हाम्रो देशमा पहाडतिर हुने कृषि तराई भन्दा फरक हुन्छ । किसानले उत्पादन गरेको वस्तु बजारमा पहुंच नहुनु कारण धेरै छन् । किसान आफै हरेक ठाउँमा पुग्न सक्दैन अनि वस्तु ओसार पोसार गर्दा यातायातको कमीले, पूर्वाधारको कमीले उत्पादन भएको वस्तु बजारमा सीमित रूपमा पुग्छ । सरकारले यातायातलगायत पूर्वाधारको व्यवस्था गर्नुपर्छ । किसानको भावना विपरित मौलाएको विचौलिया पद्धति बन्द गरी संस्थागत बजार संयन्त्र कायम गर्नुपर्छ । कृषिमा दिने अनुदानमा राजनीतिक दल्हरुले हस्तक्षेप गर्नु हुँदैन ।

३) कृषि सम्बन्धी कानुन बनाउने : हाम्रो देशको मूल कानुन संविधानको धारा ३४ मा लेबर सम्बन्धी हक राखिएको छ । पूर्वकालमा हेर्ने हो भने राम शाहको २६ थितिमा बाटोवरीको रुख काट्न नपाउने, कुलो र कोल सम्बन्धी थिति थियो । नेपाल कृषि अनुसन्धान परिषद ऐन २००४ बनाईएको थियो । अहिले हेर्ने हो भने कृषि सम्बन्धी पर्याप्त कानुन छैनन् । कृषि व्यवसाय प्रवद्र्धन ऐन, राष्ट्रिय कृषि नीति २०६१ आदि कानुनहरु छन् । नेपालको संविधानको भाग ३ मौलिक हक र कर्तव्य अन्तरगत धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था गरिनु र धारा ५१ (ङ) कृषि र भूमि सुधार सम्बन्धी नीतिको व्यवस्था छ तर पनि कृषि क्षेत्र नियमन भएको छैन ।

उचित नीति नियम हुने हो भने कृषक लगानी गर्न तैयार छन् । केवल राम्रो र ठूलो योजना देशले निगरानी गर्नु आवश्यक छ । राज्यले ठूला कुरा भन्दा पनि किसानका साना साना कुरामा ध्यान दिनु आवश्यक छ ।

४) किसानको भावना विपरित मौलाएको विचौलिया पद्धति बन्द गरी संस्थागत वजार संयन्त्र कायम गर्नुपर्छ ।

५) विदेशी उत्पादन भन्दा बढी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । यस अन्तर्गत साना र मझौला स्तरका मेशिनरीहरुलाई नेपालमै एसेम्वल गर्ने, पोषण औषधि र विषादिजन्य उत्पादन समेत संगसंगै शुरुवात गर्न सकिन्छ ।

६) बेरोजगार शिक्षित युवायुवतीहरू र सेवा निवृत्त भएका कर्मचारीहरू, विदेशबाट स्वदेश फर्केका युवायुवतीहरूको मुख्य रोजाईको पेशाको रूपमा कृषि हुनुको लागि सरकारलाई कृषि व्यवसायले औद्योगीकरण गरी रोजगारीको सुनिश्चितता हुने गर्नुपर्छ ।

७) कृषि क्षेत्रलाई वैज्ञानिक विधिको प्रयोग गरेर राम्रो उत्पादकत्व बढाउन सकिन्छ । नेपाल स्वनिर्भर अर्थतन्त्रमा आधारित देश हो भन्ने कुरामा विवाद गर्न सकिन्न । स्वनिर्भर अर्थतन्त्रको लागि उत्पादन हुनु महत्वपुर्ण छ । उत्पादनको जग कृषि को अधुनिकीकरण हो ।

८) किसानहरूलाई सजिलो ऋणको व्यवस्था गर्नुपर्छ (छोटो अवधि र दीर्घकालीन दुवै) ।

९) किसानहरुलाई कृषिसम्बन्धी समय समयमा तालिम गराउने ।

१०) सिँचाइ सुविधाको विकास

११)किसानहरूको लागि माध्यमिक÷पक्षीय पेशाको प्रवद्र्धन

नेपाल सरकारले लिएको नारा “समृद्ध नेपाल, सुखी नेपाली” हुने मार्गमा हामी सबै नेपालीको कल्याण छ । कृषि उत्पादन, कृषि व्यवसाय र कृषिको लागि आवश्यक पर्ने पूर्वाधार विकासको लागि नयाँ सोच र नयाँ आयामलाई कृषिसँग जोड्न सकेमा कृषिलाई व्यवस्थापन गर्न सकिन्छ ।

(लेखक, काठमाडौं स्कुल अफ ल मा बिएएलएलबी अध्ययनरत विद्यार्थी हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?