ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

नेपाली साहित्यका अथक साधक देवकोटा : संक्षिप्त चिनारी

१७ मंसिर २०८०, आइतबार
१७ मंसिर २०८०, आइतबार

हातका मैला सुनका थैला के गर्नु धनले,
साग र सिस्नु खाएको बेस आनन्दी मनले।।

इतिहासको कुनै कालखण्डमा यस धर्तीमा केही विलक्षण एवं अद्वितीय महामानवहरुको जन्म हुने गरेको छ, त्यसैमध्येका एक बिर्सनै नसकिने व्यक्तित्व हुन् लक्ष्मीप्रसाद देवकोटा । वि.सं.१९६६ कात्तिक २७ गते शुक्रबार लक्ष्मी पूजाका दिन नेपाली साहित्यका वरिष्ठ प्रतिभा, सरस्वतीका वरदपुत्र लक्ष्मीप्रसाद देवकोटाको जन्म काठमाडौंको धोबीधारा टोलमा भएको थियो । उनका पिताको नाम पण्डित तिलमाधव देवकोटा र माताको नाम अमर राज्यलक्ष्मी देवी देवकोटा हो। उनी आमाबाबुका साइला छोराका रूपमा जन्मिएका हुन् । उनको न्वारनको नाम तीर्थमाधव देवकोटा भएता पनि लक्ष्मी पूजाको दिनमा जन्मिएकाले लक्ष्मीकै प्रसादका स्वरूप उनलाई लक्ष्मीप्रसाद भन्न थालियो । पाँच वर्षको उमेरमा नै उनले आफ्ना पिताबाट अक्षरारम्भ गरेका थिए । हुने बिरुवाको चिल्लो पात भने झैं उनले दश वर्षको उमेरमा नै पिताको प्रेरणाबाट ‘घनघोर दुःख सागर’ शीर्षकको कविता लेखेको पाइन्छ । उनले लेखेको उक्त कविता यस्तो छः

“घनघोर दुःख सागर संसार जान भाइ,
नगरे घमण्ड कहिले मर्नू छ हामीलाई ।”

तर उनको प्रथम प्रकाशित कविता भने पूर्णीमाको जलधी हो । यो कविता १९९१ साल मंसिर १५ गते गोरखापत्रमा छापिएको थियो । उनको ठूलो परिवार भएकाले सीमित आयका कारण उनलाई केही समय अप्ठ्यारो परे पनि बाल्यकालमा उनलाई घर परिवारले ज्यादै माया गरी हुर्काएको पाइन्छ । उतिवेलाको परम्परा अनुसार देवकोटाको व्रतवन्ध ८ वर्षको उमेरमा नै गरिएको थियो । त्यसपछि उनले पिताबाट नै अमरकोष र संस्कृतका श्लोकहरू पढ्ने अवसर पाएका थिए । उनी पिताले पढाएका संस्कृतका श्लोकहरू कण्ठस्थ भन्न सक्दथे । उनी ११ वर्षको उमेरमा काठमाडौंको दरबार स्कूलमा पाँचौं कक्षामा भर्ना भएका थिए । स्कूलमा उनी मेधावी छात्रको रूपमा परिचित भएर आठौं कक्षा पढ्दा पढ्दै नवौं कक्षामा उक्लिने अवसर समेत पाएका थिए । यसैबीचमा १९८१ सालमा १५ वर्षको उमेरमा उनको विवाह काठमाडौंकी मनदेवी चालिसेसँग भएको थियो । विवाह पछि १९८२ सालमा उनले म्याट्रिक पास गरे त्यसपछि १९८२ सालमा नै उनी त्रिचन्द्र कलेजमा आइ.ए.सी.मा भर्ना भएका थिए । त्यहाँबाट आइ.ए.सी. पास गरेपछि उनले १९८६ सालमा भारतमा गएर बि.ए द्वितीय श्रेणीमा उत्तीर्ण गरे । त्यसवर्ष नेपालबाट बि.ए. पास गर्ने उनी एक जनामात्र थिए । त्यसपछि उनले नेपालमा आएर केही साथीहरूसँग मिली सर्वप्रथम काठमाडौंमा पुस्तकालय खोल्न थालेका थिए तर पुस्तकालय खोल्न थाल्दा तत्कालिन प्रधानमन्त्री भीमशम्शेर राणाद्वारा उनी दण्डित हुन पुगे । यसले गर्दा उनलाई राणा शासकप्रति घृणा लाग्न थाल्यो । त्यसपछि उनले विए. पनि पास गरे तर अंग्रेजी साहित्यको एम.ए.को पर्ढाई पूरा गर्न नसकेकोमा उनी ज्यादै चिन्तित बन्न पुगे । त्यसैताका उनकी ममतामयी माता अमरराज्य लक्ष्मीको निधन भयो । यसले गर्दा उनको कोमल मनलाई ज्यादै चोट पुग्यो । जीवन संघर्षपूर्ण छ । यस जीवनमा अनेकौं संग्राम लडेर मानिसले बाँच्नुपर्छ भन्ने कुराको बोध भएका देवकोटाले यो वेदनालाई पनि आत्मसात गरे ।

खासगरी १९९१ साल पछि देवकोटाको कविता यात्रा बेजोडले बगेको पाइन्छ । त्यसपछि उनले फुटकर कविता, गीत, खण्डकाव्य, महाकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास र अनुवाद लेखन गरी आफ्ना विशिष्ट कृतिद्वारा नेपाली साहित्यको भण्डार भरेको पाइन्छ । नेपाली साहित्यमा सर्वप्रथम स्वच्छन्दतावादको प्रवेश गराउने देवकोटाका कवितामा ग्रामीण सभ्यता प्रति आकर्षण, शहरिया सभ्यताप्रति विकर्षण, किसान तथा गरीबप्रति सहानुभूति वर्तमानप्रति आक्रोश अतीतप्रति मोह, देशप्रेम, मानवप्रेम एवं प्रकृत्र्रिेमको भावना व्यक्त भएको पाइन्छ। उनी सरल भन्दा सरल र कठिन भन्दा कठिन भाषामा लेख लेख्न सक्थे । उनको भाषा प्रभावमय एवं जादूमय छ । साँच्चै भन्ने हो भने उनी नदीको पानी बगे जस्तै गरी कतै कहीँ नरोकिकन लेख्न र कवितामा नै पूरा गर्न सक्थे । त्यसैले त उनले एक बसाई र एकै रातमा कुञ्जिनी खण्डकाव्य, दश दिनमा सुलोचना र तीन महिनामा शाकुन्तल महाकाव्य लेख्न सफल भए । उनी करुण, वीर, हास्य, श्रृंगार आदि सबै रसमा कविता लेख्न सक्थे। उनी गद्य र पद्य दुवै क्षेत्रमा सिद्ध हस्त थिए। इश्वर, प्रकृति र मानवतावादका पूजारी देवकोटाले छन्द, लय, अलङ्कार सबैलाई कवितामा नचाएका छन् त्यसैले त भारतका सुप्रसिद्ध विद्वान् सांकृत्यनले उनलाई पन्त–प्रसाद–निराला भनेर भनेको, समालोचक राममणि रिसालले देवकोटालाई किम्बुको हरियो पात चपाएर साहित्यको रेसम ओकल्ने कवि हुन् भनेका छन् । त्यसै गरी एउटा विद्वानले त उनलाई भन्छन्–

“नेपाली साहित्यको कुवेर महाकवि देवकोटाको टाउँको हिमाल जस्तो गिदीले भरिएको थियो। जसबाट गण्डकी, कोशी र कर्णाली जस्ता सुलोचना, शाकुन्तल र प्रमिथस जस्ता काव्य नदी बग्न सके ।”

देवकोटाले २०१४ सालमा आफू शिक्षा मन्त्री हुँदा देश भरी नै नेपाली भाषालाई अनिवार्य विषयका रूपमा पढाउनु पर्ने नीति ल्याएका थिए । सुनेको कुरा एक पटक देवकोटा शिक्षा मन्त्री हुँदा उनले शिक्षा मन्त्रालयको कार्यालयमा काम गर्दा आफ्नो कोट फुकालेर राखेछन् घर र्फकदा कोट लगाउन बिर्सेछन् पछि कार्यालयमा कोट लिन जाँदा उनको कोट कसैले गायव गराएछ त्यतिवेला एक जना धनाढ्य कर्मचारी जो देवकोटा शिक्षा मन्त्री भएकोमा मन पराउँदो रहेनछ। उसले देवकोटालाई खिसी गर्दै मन्त्रीज्यू कोट कति पैसाको हो – बरु म तपाईलाई नयाँ किनिदिन्छु भनेछ देवकोटाले तत्काल उसलाई ठाडो जवाफमा भनेछन् महाशय ! मलाई मेरो कोट हराएको चिन्ता छैन, बरु मानिसमा नैतिकता हराउँदै गएकोमा चिन्ता छ। वास्तवमा देवकोटाले उति वेला भनेको कुरा आज पनि सान्दर्भीक देखिन्छ । साँच्चै आज हामीमा नैतिकता हराउँदै गएको छ । यो ज्यादै चिन्ताको विषय हो । भनिन्छ–देवकोटाले गफ गर्दा पनि हास्यव्यङ्ग्य, उपमा र दृष्टान्तहरू मिसाएर श्रोताहरूलाई मन्त्र मुक्त पार्थे रे । साथै, उनी नेपाली भाषासहित १३ वटा भाषामा बोल्न सक्थे रे ।

धन सम्पत्तिलाई हातको मयल ठान्ने देवकोटाले आफू शिक्षा मन्त्री हुँदा समेत धन जोड्नतिर मन लगाएनन् । नाम लक्ष्मीप्रसाद देवकोटा भए पनि उनलाई लक्ष्मीले भन्दा सरस्वतीले नै माया गरिन् । यति ठूला कविलाई पनि राष्ट्रले उनी जीवित छदा उचित सम्मान गर्न सकेन तर उनी नेपाली भाषा र साहित्यको उन्नयनमा अविरल बगिरहे । कुनै पनि साहित्यकारको मूल्याड्ढन ऊ जीवित छँदै गर्नु उपयुक्त हुन्छ । तर नेपाली साहित्यमा भने यस्तो परम्परा हिजो पनि थिएन र आज पनि हुन सकेको छैन । हिजो सरकारले देवकोटालाई विरामी हुँदा औषधि उपचारको खर्च समेत नदिएर उनको निधनमा गोहीका आँसु खसालेको इतिहास साक्षी छ । मृत्युशैयाबाट पनि देवकोटाले नेपालमा प्रजातन्त्र मर्न नपाओस् फलोस् फुलोस् भनेकाले उनी प्रजातन्त्रका हिमायती थिए भन्न सकिन्छ साथै नेपालीका हृदयमा मानवता, देशप्रेम र स्वतन्त्रका भावना भर्ने आफ्ना युगका महान् कवि भएकाले उनलाई नेपाली साहित्यका महारथी र राष्ट्रिय विभूति मानिन्छ । यस्ता नेपाली साहित्यका महारथी देवकोटाको निधन क्यान्सरका कारण २०१६ साल भाद्र २९ गतेका दिन हुन पुग्यो । आज उनको भौतिक देह यस संसारमा नभए पनि उनका साहित्यिक कृतिहरूले गर्दा अजर र अमर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?