ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

रोकिएनन् महिलामाथिको हिंसा

१० मंसिर २०८०, आइतबार
१० मंसिर २०८०, आइतबार

‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गर्दछ । यो अभियान मनाउन सुरु हुँदै गर्दा नेपालमा एक बर्षमा २१ हजार महिला तथा बालबालिकामाथि हिंसा भएको सार्वजनिक भएको छ । त्यसो त अहिले लैंगिक हिंसा नेपालमा मात्र होइन विश्वभरि नै व्याप्त छ । कतै यौन दुव्र्यवहार, कतै सांस्कृतिक हिंसा, कतै राज्यद्वारा हुने विभेद र हिंसा व्यापक छन् । विशेषगरी नेपाल लगायतका विकासोन्मुख देश, दक्षिण एशियाका देशहरूमा जहाँ अशिक्षा बढी छ, गरिबी छ, सामन्ती अर्थ व्यवस्था छ, महिलाहरू आर्थिक अधिकारबाट वञ्चित छन् त्यहाँ अझ बढी यस्ता हिंसा व्याप्त छन् । महिला विरुद्ध हिंसा गम्भीर मानवअधिकार उल्लंघन हो । यसले व्यक्तिको स्वतन्त्र र सम्मानित भएर बाँच्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित गराउँछ । महिला विरुद्ध हुने हिंसा रोक्न सरकारले विभिन्न पहल गर्दै नआएको होइन । यसका लागि कानूनी तथा नीतिगत व्यवस्था, संरचनात्मक तथा संस्थागत व्यवस्थाका साथै चेतना अभिवृद्धिमा विस्तारका नीतिहरू व्यवस्था गरिएका छन् । तथापि अहिलेपनि महिला हिंसाको अवस्थामा खासै सुधार आउन नसकेकोले सुधारका प्रयासलाई अनुगमन र मूल्यांकनलाई निरन्तरता दिंदै अझ सशक्त प्रभावकारी र सहभागीतामूलक बनाउंदै लैजानु आवश्यक छ । आगामी दिनमा हिंसा नियन्त्रणमा जरैदेखि अभियानमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै सन्दर्भमा महिला, पुरुष तथा अन्य घरेलु हिंसाका घटना सुन्नु परिरहेको छ । एक वर्षमा देशभर लैङ्गिक हिंसाका २० हजार ८८० घटना भएका छन । यी त प्रहरीमा आएका घटना मात्र हुन । प्रहरीसमक्ष नआउने घटना अझै धेरै छन । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसा अपराधमा घरेलु हिंसाको हिस्सा ८० प्रतिशत रहेको छ । हिंसाको परिभाषामा विगतमा महिला हिसालाई मात्र समावेश गरिन्थ्यो तर पछिल्लोसमय पुरुषमाथि हुने हिंसालाई पनि हिंसाकै रूपमा ब्याख्या गर्न लागिएको छ । जनसुकै कारणले भए पनि प्रायः यस्ता घटना महिलासँग सम्बन्धित हुने गर्दछन् । महिला भएकै कारणले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिसाजन्य कार्य नै महिला हिंसा हो । विशेषतः पितृसत्तात्मक मूल्य र मान्यतामा आधारित असन्तुलित सामाजिक संरचना नै महिला हिंसाको प्रथम पुस्ताको कारकको रूपमा देखिएको छ । महिला हिसाको अर्को रूप घरेलु हिंसा पनि हो । पछिल्लो समय लैंगिक हिंसा न्यूनिकरणका लागि धेरै प्रयास भएका छन । अवका दिनमा त्यस प्रकारका हिंसाको न्यूनीकरण गर्नु जरुरी छ । फेरिपनि महिला, पुरुष तथा घरेलु हिंसाका घटना न्यूनिकरण गर्न नेपाल सरकार लगायत सम्वद्ध संघ संस्था एवं नागरिक समाजको सहकार्यवाट मात्रै संभव छ । लैंगिक हिंसा अन्त्यका लागि १६ दिने अभियानको बेलामात्र होइन, ३६५ दिन नै सकृयता र सजगता आवश्यक छ । यो अभियान सहरमा मात्रै होइन, दूर दराजका गाउँ गाउँसम्म पु¥याउन सकेमात्र सार्थक हुनेछ । त्यसतर्फ सरकारको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?