© २०२३
बुटवल, २३ कार्तिक । रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का किसान बाबुराम कार्की कुखुरापालक किसान हुन । उनले कुखुरालाई जिउँदो २ सय २५ रूपैयाँमा बिक्री गर्दै आएका छन् । होलसेल व्यापारी उनको फार्ममा नै आएर ब्राईलर कुखुराको खरिद गर्दै लैजाने गरेका छन् । उनले विक्रि गर्ने मूल्य भनेको २ सय २५ रूपैयाँ हो । अहिले बजारमा प्रतिकिलो मासुको मुल्य ४ सय छ ।
यसमा बीचमा करिब १ सय ७५ रूपैयाँ फरक पर्दछ । प्रतिकलो जिउँदो कुखुरा काट्दा केही प्रतिशत मात्रै मासु कम हुन्छ । तर होल सेल व्यापारीको रूपमा रहेका विचौलियाहरूले भने सस्तोको कुखुरा उठाएर मासु काटेर बिक्री गर्न व्यवसायीहरूलाई दिँदै आएका छन् । उनीहरूले बिक्री गर्ने मुल्य भन्दा १ सय २० रूपैयाँदेखि १ सय ४० रूपैयाँ मात्रै अन्तर बनाउने मासु व्यवसायी संघको सम्झौता छ ।
तर होल सेल व्यवसायीहरूले भने विक्रि मुल्य भन्दा १ सय ४० प्रतिकिलोको हिसाब गर्दा बजार मुल्य ४०० मा १ सय ४० घटाउँदा २ सय ८० देखि २ सय ६० रूपैयाँमा जिउँदो कुखुरा मासु काटेर बिक्री गर्ने व्यवसायीहरूलाई दिँदै आएका छन् । किसानबाट २ सय २५ रूपैयाँमा लिएको कुखुरा होलसेल व्यवसायीहरूले प्रतिकीलोमा जिउँदै २ सय ८० देखि २ सय ६० मा बिक्री गर्दै आएका हुन । यसमा किसानबाट ३५ देखि ५५ रूपैयाँ प्रतिकिलोमा नाफा खाँदै आएको पाइएको छ ।
दशैंको बेलामा ४ सय ४० रूपैयाँ सम्म पुगेको कुखुराको मासु अहिले घटेको छ । अहिले ४ सय रूपैयाँ प्रतिकिलोमा मासुको बिक्री वितरण गर्ने गरी मूल्य निर्धारण गरिएको रूपन्देही मासु व्यवसायी संघले जनाएको छ । यद्यपी अझै केही व्यवसायीहरूले भने पुरानै मुल्य ४ सय ४० मा बिक्री गर्दै आएका छन् ।
मासु व्यवसायी संघ रूपन्देहीका अध्यक्ष चुरामणी घिमिरेका अनुसार अहिले मूल्य घटाएर ४ सय निर्धारण गरिएको छ । किसानले पाउने मुल्य भन्दा पनि आफूहरूले होलसेलव्यवसायीबाट कुखुरा लिएर बिक्री गर्ने भएको कारण किसानहरू ले पाउने मूल्य कमी भएको बताउँछन् । उनले होलसेल व्यवसायीहरूबाट प्रति किलोमा १ सय २० देखि १ सय १४० को अन्तरमा बजार मुल्यमा लिन पाउने गरी सम्झौता भएको सोही अनुसार कार्यान्वयन भएको बताउँछन् ।
चार्ड पर्व आएपनि भारतबाट अवैध रूपमा सस्तोमा कुखुरा लुकीछिपी आउने गरेको कारण नेपाली किसानहरू मर्कामा परेको कुखुरापालक किसान बाबुराम कार्कीको भनाइ छ । उनी भन्छन्–‘बजार झनै डामाडोल छ, भारतबा आएका कुखुराको कारण थप मर्कामा परेका छौै । ’
कुखुराको दानाको मुल्य समेत अहिले बढेको कारण किसानले भने अनुसार, लागत अनुसारको भाउ नपाएको उनको भनाई छ ।