ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

हराउँदै गएको रोटे पिङको संरक्षणमा जुट्यो गाउँपालिका

५ कार्तिक २०८०, आईतवार
५ कार्तिक २०८०, आईतवार

नवलपुर, ५ कात्तिक ।

नवलपरासी पुर्वको बौदीकाली गाउँपालिका १ मचेडीका चोलाकान्त कंडेल रोटे पिङ खेल्न मन भए पनि पिङ नपाएर खेल्न नपाएको १२ बर्ष भयो । लोप हुँदै गएको रोटे पिङ यो दसैँ तिहारमा खेल्ने दश वर्षदेखिको चाहना पूरा हने भएको कंडेल बताउँछन् ।

“विगतमा बाटोघाटोमा रोटे पिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले बिगत दश बर्ष देखि कतै पनि रोटे पिङ देख्न त परै जाओस् खेल्न पनि पाएको छैन”, उनले भने, “अहिले अहिलेका दिनमा युवापुस्ता पिङ भन्दा पनि बढी मनोरञ्जनमा झुम्मिन थालेकाले रोटे पिङको महत्व घट्दै गएको पाईन्छ ।”

नयाँ पुस्ता दशैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने भएकाले रोटे पिङको महत्व हराउँदै गएको स्थानीय हिरण्डय कंडेलले बताए ।

“जिल्लामा विगत दश बर्षदेखि यता कहीँ पनि रोटे पिङ देखिएन, यो एक किसिमले लोप नै हुुँदै गएको तर अहिले भने गाउँपालिकाले नै यस्ता लोप हुुन लागेका रोटे, लिङ्गे पिङको संरक्षणका लागि पाँच लाख बजेट बिनियोजन गरेर संरक्षणमा जुुटेको बौंदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए ।

दशैँको बेलामा आकर्षणका रूपमा खेलिने रोटे पिङ जिल्लामा पछिल्लो दश बर्ष यता हराउँदै जान थालेको छ । १२ बर्ष अघिसम्म दशैँ लागेसँगै चोक–चोक र टोल–टोलमा देखिने यस्ता रोटे पिङ दश बर्षपछि आफुले देख्न पाएको बौंदीकाली १ मिथुकरमका राजु कंडेलले बताए ।

दशैँ आयो भन्ने बित्तिकै रोटे पिङ खेल्ने चाहना हुने गर्दथ्यो तर अहिले चाहेर पनि यस्तो पिङ खेल्न नपाएको स्थानीय चोलाकान्त कंडेलले बताए । दशैँ आगमनको सुरुआतसँगै खेलिने रोटे पिङ यस वर्ष जिल्लाको बौंदीकाली गाउँपालिकामा मात्र देख्न पाईएको बुलिङटार २ का पुर्व वडाध्यक्ष प्रेमबहादुर थापाले बताए ।

“दशैँमा रोटे पिङले दिने रौनक हराउँदै गएको छ”, उनले भने, “विशेषगरी राम्रा काठको प्रयोग गरी बनाईने यो रोटे पिङ बनाउन समेत निक्कै मिहेनत गर्नु परेको र यो पटक गाउँपालिकाले संस्कृति सँरक्षणका लागि बजेट बिनियोजन गरेर रोटे पिङ बनाउन पालिकाले आर्थिक सहयोग गरेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए ।

हिन्दु धर्मको ग्रन्थमा दशैँको बेलामा पिङ खेल्दा धर्ती छोड्नुपर्ने भन्ने मान्यताले पनि यस्ता पिङको सरक्षणमा लागिपरेको गाउँपालिकाले जनाएको छ । बस्ती पातलिदै जानु र अर्कोतर्फ इन्टरनेटको बढ्दो प्रयोगले पनि पिङ खेल्ने पूरानो परम्परा लोप हुँदै जान थालेको हो । दशैँको आगमन झल्किने गरी गाउँ तथा टोलमा हरेक वर्ष खेलिने यस्ता पिङहरु लोप हुँदै जानुले पनि संस्कृतिको जगेर्ना गर्न पछि पर्न नहुने संस्कृतिविद भिम सुवेदी बताउँछन् ।

विशेषगरी रोटे पिङ नै लोप हुन थालेपछि पालिकाले सहयोग गरेर यसको संँरक्षणमा जुटेपछि स्थानीयमा उत्साह छाएको मिथुकरमका टोलनाथ कंडेलले बताए । लोप हुन लागेका रोटे पिङको सरक्षणका लागि आगामी वर्ष पनि यहाँका गाउँपालिका र नगरपालिकाले बजेट नै विनियोजन गरेर अघि बढ्ने बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी मगरले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission